January 7, 2006

साउदीमा फस्टाएको रक्सी

Filed under: News

जहाँ गए पनि जता रहेपनि मन त हाम्रो नेपाली नै हो यस्लाई धित्कार्न सकिदैन यस्मा पनि लक्का जवान पठ्ठोको भावनाको आबेग रोक्नु त खहरेको उर्लदो भेल भन्दा पनि कठिन हुन्छ नै । हामी नेपालीहरु पूर्पूरोमाथी थामी नसक्नु साहुबाको भारी बोकेर केहि कमाएर सुनिश्चित भविश्यको सुत्राधार गर्न परदेशिएका नेपालीहरु जत्र तत्र पाउनु कुनै नौलो मान्नु पर्दैन त्यस माथी पनि मध्य पूर्व एशिया । धेरै त नभनौ सालाखाला ८० प्रतिशत युवाहरुको ढुक ढुकी ठम्याउने हो भने त्यहाँ अमेरीका अनी विश्वमा धनि कहलीएका युरोपका देशमा राम्रो काम र दाम कमाउने सपमा देख्नु नौलो कुरा रहेन भन्दा अर्घलो नहोला । के गर्ने सबैको सपना पुरा गर्न इश्वरले पनि त नसक्दो रहेछ अन्त्यगोत्वा मध्य पूर्व तथा मलेसिया जस्ता देशहरुमा आफ्नो सपनाको महलहरु ठड्याउन आईपुग्दछन ।

यसै मध्येको एक देश एक हो साउदी अरेविया । हावाको झोका संगै मितेरी लगउदै उडेको रेतमाथी कति सपनाका कसिहरु कसिन्छन अनि कति कसिहरु फुस्कन्छन त्यो त समय, परिस्थिती तथा स्वयंमा निर्भर हुन्छ नै । यी नै रेतमाथी महलको सपना सजाउनेहरुको केहि उद्धेग लाग्दा अन्तरकथाहरु पश्कने जमर्को गर्दै छु ।

साउदी विश्वमानै एक कडाकानुनको हिमायती जो २१औ शताब्दिमा पनि टेसको मेस डेग न चलेको एव इस्लामहरुको पबित्रभुमीका रुपमा हामी परिचित छौ यहाँ जाडरक्सी, जुवातास तथा सिनेमा बर्जित छ । कसैले बर्जित गरिएका क्रियाकलाप गरेमा वा गरेको भेटीएमा यहाँको कानुन बमोजीम मृत्यु दण्ड सम्मको सजाय यहाँ मान्य रहेको छ ।

भनिन्छ जस्ले कानुन जान्दछ उसैले कानुन मिच्छ यहाँ पनि यहि सर्न्दर्भ दोहोरिन्छ यस्कै उदाहरण हो नेपालीहरुमा ख्यातीकमाएको तास र रक्सिको नशा । सपनाको महल र सुरक्षीत भविश्यिको सोच यहाँ फिका परेका हरेक क्षण अनि हरेक पल देख्न अनि महसुश गर्न सकिन्छ । हरेक नशामा डुब्नेहरुसंग यहि बनावटी जवाफ पाईन्छ । नेपालमा खाई आएको बानि बिर्सन नसकेर, समस्याको निकास नपाएर जब कि एक नेपलीको सालाखाला ८,००० देखि २०,००० सम्मको जागीर रहेको पाईन्छ । यसैबाट दैनि उपभोग्य साधन, लत्ता कपडा तथा विवीध यावत कुराहरु लाई थाती राख्दै रक्सिमा पैसा फसाउनु । हुन त जस्ले पिउने हो उसैले नै व्योहोर्छ यि जवाफ पनि सुन्नमा नआएका भने हैनन् । किन र नेपालीको पहिचान नै कतै रक्सिमा सिमीत त हुदै छैन रु केहि समय पहिला कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेखित थियो भारतको मन्त्रि स्तरिय क्याविनेट मिटिङ्गमा रक्सि नेपालको राष्ट्रिय झोल हो भनिएको कथन । कतै यो रक्सिले नेपालीहरुको पहिचान वीर, शान्तिप्रिय नेपालीको सट्टा रक्सियाको उपाधि त पाउने हैन ?
श्रोतः साउदीवाट

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/07/168/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.