January 7, 2006

भन्सार नाकामा माओवादी हमला दुईको मृत्यु

Filed under: News

माओवादी विद्रोहीहरूले रुपन्देही जिल्लास्थित नेपाल भारत सिमाक्षेत्र बेलीया भन्सारनाकामा खटिएका प्रहरीमाथि गरेका आक्रमणमा दुईजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। मोटरसाइकलमा आएका माओवादी विद्रोहीहरूले शुक्रबार सांझ त्यस्तो आक्रमण गरेका थिए। सुरक्षा स्रोतले आक्रमणमा घाइते भएका अन्य दुईजना प्रहरीको अवस्था पनि गम्भिर रहेको बताएको छ। नेपाल भारत सिमाक्षेत्र दशगजा नजिकै गरिएको उक्त आक्रमणका कारण नेपालका अलावा भारतको सुनौली बजार पनि साँझदेखि नै बन्द भएको छ।सँधै व्यस्त रहने ठाउँमा आक्रमण गरिएको भएपनि सर्वसाधारणले भने कुनै नोक्सानी व्यहोर्नु परेन।आक्रमणपछि केहि समयसम्म गोली हानाहान भएको प्रहरीले जनाएको छ।माओवादीले उक्त घटनाको जिम्मेवारी लिंदै केहि हातहतियार समेत कब्जामा लिएको दाबी गरेपनि सुरक्षा स्रोतले त्यसको पुष्टि गरेको छैन।आक्रमणपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ।युद्धविराम भंग गरेपछि त्यस क्षेत्रमा विद्रोहीहरूले गरेको यो सबभन्दा ठूलो आक्रमण हो।यसअघि युद्धविराम भंग गरेकै दिन गत सोमबार रुपन्देही जिल्लाको शिक्षा कार्यालय, बुटवल नगरपालिकाको वडा कार्यालय लगायतका स्थानहरूमा बम विष्फोट गराएका थिए।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/07/169/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.