चन्द्रनिगाहपुरमा माओवादी आक्रमण, कमान्डर मारिए
रौतहटको व्यस्त चन्द्रनिगाहपुर बजारमा आज बिहान माओवादी र प्रहरीबीच भिडन्त हुदा एक माओवादी कमान्डर मारिएका छन्। भिडन्तका कारण बजारमा र्सवसाधारणको भागदौड मच्चिएको थियो ।महानगरले जनाएअनुसार, आज बिहान बजारको ड्युटीमा खटिएको प्रहरी टोलीमाथि माओवादीले आक्रमण गरेपछि १५ मिनेटसम्म दुवैतर्फ ja6 गोली हानाहान भएको थियो । प्रहरीको गोली लागेर कमान्डर ढलेपछि माओवादी टोली भागेको बताइन्छ ।
१५/२० जनाको प्लाटुन नै आक्रमण गर्न बजारमा आए पनि गोली लागि कमान्डर ढलेपछि माओवादीले उनको हतियार लिएर भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । करिब १५ मिनेटसम्म भएको भिडन्तमा प्रहरीतर्फभने कुनै क्षति भएको छैन । बिहान बाक्लो हुस्सु लागेकाले माओवादी सकुशल भाग्न सफल भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक वीरबहादुर पुलामीले बताउनुभयो । साथै, पुलामीले मृत्यु व्यक्ति सो टोलीकै कमान्डर भएको आशङ्का गरिएको बताउदै घटनास्थलबाट २४ राउन्ड गोली र ५० राउन्ड खोका बरामद गरिएको जानकारी दिनुभयो । भिडन्तका कारण चन्द्रनिगाहपुर बजारमा भागदौड मच्चिएको र २ घण्टासम्म बजार र यातायात ठप्प बनेको थियो । सो घटनापछि सेना र प्रहरीले बजारवरपर व्यापक र्सच अप्रेसन सुरु गरिरहेको बताइएको छ ।