नेपाल भ्रमण नगर्न क्यानडा र थाइल्यान्डको आग्रह
क्यानडा र थाइल्यान्डले आपना नागरिकहरूलाई नेपाल भ्रमण नगर्न बिहीबार चेतावनी दिएका छन्। ती राष्ट्रका विदेश मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा सो निर्देशन दिइएको छ। क्यानडेली विदेश मन्त्रालयले जानै पर्ने काममा समेत उच्च र्सतर्कता अपनाउन आग्रह गरेको छ भने थाई विदेश मन्त्रालयले काठमाडौंबाहिर कारमा यात्रा गर्दा उच्च र्सतर्कता अपनाउन भनेको छ। दुवै देशले माओवादीद्वारा युद्धविराम भंग गरेपछि नेपालमा हिंसा भड्किनन थालिसकेको प्रसड्डलाई नेपाल भ्रमण नगर्ने सर्न्दर्भमा जोडेको पाइएको छ।