January 7, 2006

एक्स बारमा छापा, नांगै नाचेको आरोपमा सत्ताइस गिरफ्तार

Filed under: News

नग्न नृत्य गरिरहेको आरोपमा प्रहरीले सुन्धारास्थित एक्सबारमा बुधबार छापा मारी २७ जना युवायुवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त बारका एक सञ्चालक स्टालिन शेरचनसहित २४ नृत्यांगना र दुइ केटा रहेका छन् । वडा प्रहरी कार्यालय, जनसेवाबाट खटिएको प्रहरी टोलीले छापा हानी उनीहरुलाई पक्राउ गरेको बताइएको छ । सो बारले जनवरी एक तारिखको रात एक बजेसम्म बार खोलेको थियो । उक्त बारमा अश्लील नृत्य देखाइने गरेको यसअघि नै प्रचारमा आएको थियो भने यसअघि पनि पटकपटक पक्राउ पर्दै धरौटी र आइन्दा त्यस्तो नृत्य नदेखाउने नाममा माफि माग्दै छुटेका थिए । यद्यपी, उक्त बारले पटक पटक निर्देशनको उलंघन गरेको आरोप प्रहरीको छ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/07/172/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.