January 8, 2006

श्री ५ लाई बिदेश बाट

Filed under: News

श्री ५ ज्ञानेन्द्र सरकार
करोडौ नेपाली जनताको मार्गदर्शक, पथप्रदर्शक श्री ५ माहाराज धिराज सरकारलाई बिदेशवाट स्वदेशमा देखिने शाषन प्रणालिको बारेमा म लगायत सम्पूर्ण विदेसि नेपालीहरु २ शब्द सल्लाह दिन चाहान्छौं।
सरकार, अहिले हजुर नेपालको कुनै पार्टिको अध्यक्ष जस्तो देखियो । हजुरले राजा जस्तोनै होईवक्सीनुपर्ने विश्वकाअरुहरु देशहरु माझ नेपालको इज्जत रहने छ।
नेपालका एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी राष्ट्रीय प्रजातान्त्र पाटी राजा बादी पाटी अहिले बिश्वले देख्ने गरेका छन् र हामी उनीहरुलाई भनीरहेका छौं कि ए यो राजाबादी पाटी चाही नेपालमा छैन है भनेर संझाइ बुझाइ गर्दा उनीहरु मान्दैनन् यो पार्टि पनि छ नै भन्छन् उनीहरुलाई संझाउने के उपाय होला सरकार —
अहिले श्री ५ को सरकारमा सामेल मन्त्रीहरु बिभीन्न अदुरदर्सि पाटीले पनि अविश्वास गरि निश्काशन गरेका व्यक्तीहरु व्यापारीहरु र पुराना बिचार धाराका व्यक्तीहरु लाई नियुक्ति दिइ बक्सेको छ। यिनीहरुबाट देशले के अपेक्षा गर्ने,- समय इलेक्ट्रीकल युगमा पुग्यो सरकार, पुरानो बिचार अब परिवर्तन गर्नु पर्छ। जनता युग संग सगैं परिवर्तन भैसके यसलाई छेक्न र रोक्न सकीन्न सरकार
सरकारले ३ वर्षो लागि सत्ता आपनो हातमा लियी बक्स्यो, को बाट भन्दा यिनै १४ वर्षो प्रजातन्त्रका नाममा भ्रष्टाचारी, घुस खोरी, जाली फटाह नेताहरुको हातबाट। यस कार्यलाई हामी सरानीय र उल्लेख्य ठान्दैछौ जस्ले निर्वाचीत संसदलाई पटक पटक बिघटन गर्दै दरवारमा साइन गराउदैं गए, यो कुरा र्छलड्गै छ तर नेता तथा पाटीहरु गद्दार गरे भन्दै सरकारले आपनो हातमा लियी बक्सेको शासनप्रणालीमा फेरी तिनै गन्हाएकालाई भेला गर्राई मन्त्री बनाउदै उही नया बोतलमा पुरानै पानी हाली बक्स्यो- सरकार नहाल्नु पर्ने थियो।४,४ पल्ट सरकारले फेरेको मन्त्रीमन्डलका सबै मन्त्रीलाई थाहाछ शरद राजा रिर्साईसेको बेला मन्त्रीपद चट्, त्यसैले उनिहरु प्नि उत्तरदाई हुदैहुंदैनन् देशप्रति,यो सत्य हो सरकार,यदि असत्य भए माफि पाउँ सरकार ।
सरकारलाई त इतिहास थाहै छ ,१४ जुलाई १७८१ मा फ्रान्सको क्रान्ति, १९४१ अक्टोबर क्रान्ती चीनमा ,१७ अक्टोबर १९१७ को बाल्सेभिक क्रान्तिमा, १९७० मा पोलपोटको भ्रष्टाचार निर्मुल क्रान्त कम्बोडियामा,सरकार हजुर ले केहि गर्नु पर्दैन जनताले आफै गर्छन् जव उनिहरुले वास्तविकता बुझ्छन्, अहिले त बुझेका छैनन् र त नेताको मानबसागरको जुलुसमा नखाइ नखाइ नेपाल आमाको झन्डा हैन पाटी भन्डाबोकेर पछि लागेका छन्, भ्रष्टचारी नेता र पाटी सगं राष्ट्रबाद छैन भनेर उनीहरुलेमारेको, उही मरेको संसद ब्युतांउन जिन्दाबाद र मुर्दाबाद भन्दै सडकमा मानव सागर ओराली रहेका छन। त्यस भीत्र हसिया, हथौडा, चार तारे झण्डा बाहेक चन्द्र सूर्य अंकीत राष्टीय झन्डा कही कतै देखाइदैन जुलुस भरी,के राजाकै मात्रै राष्टीय झन्डा हो र सरकार रु होईन त सरकार- के तिनीहरुलाई संसद फेरी बोलाएर फिर्तादिने- र फेरी भ्रष्टचार गर्न, गराउन यो पनि अवस्य समाधान होइन सरकार ।
अब नजिकै आउंदै गरेको निर्वाचन अगाडीनै गोलमेच प्रधानमन्त्री नियुक्त गरी अख्तीयारलाई बलियो जग बनाई देश संञ्चालन गर्न दिइ बक्सेमा हजुरलाई पनि आराम र जनतालाई पनि आराम। तर त्यो गोलमेच प्रधनमन्त्रीमा तिनै सांसद बिघटन गर्ने र संसद पुग्न प्रयास गर्नेहरुकै समुह बाट साझा प्रधानमन्त्री बनाइ बक्सेला । अब जनताले उनीहरुका बिगतका चर्तिकला कर्तुतहरु बुझीसके सरकार यसमा हजुर निश्चिन्त भई राजगद्धिमा संवैधानीक भएर विराजमान होईबसीबक्सेमा दरबारको ठुलो इज्जत बढ्ने थियो र हामी नेपालीको सिर अरु प्रजातान्त्रीक देशहरुका सामु नेपालको बारेमा दुइ शब्द धक फुकाएर बोल्ने थिंयौ सरकार ।
सरकारले ३ वर्षसम्म गोलमेच प्रधानमन्त्रीको सरकारमा छांया भई विपक्षको स्थान लियीबक्सेमा -राजा त परम्परादेखी छंदै होईबक्सीन्छ, देशले मुहार फेर्ने थियो,सरकार सत्तापक्ष भएमा पार्टिहरु बिपक्ष हुने नै भएनी सरकार, प्रतिपक्षले सत्ता पक्षलाई के गाली गर्न बाकी राख्छन् र सरकार - हो अहिले हजुरलाई त्यही प्रतिपक्षले तथानाम गाली गरीहरेका छन् जो गाली हामी प्रवाशीहरु सुन्न चाहांदैनौ सरकार बिन्ती छ सुझावलाई महत्वकांक्षी नवनी सुनीदियीवक्स्योस र लागु गरिबक्स्योस पनि। २ देखी ४ वर्षसम्ममानै देशले कायापलट फेर्ने छ अझ मील्छ भने सरकार प्रचण्ड वा बाबुराम भटराईलाई प्रधानमन्त्री बनाइ ७ दललाई संविधान सभाको तयारी समीती बनाइ बक्स्योस राजतन्त्र जुगौजुग अमर रहिहने छ सरकार
जो निगाह सरकार,
सभक्तिपूर्वक
जय नेपाल, लाल सलाम, नमस्कार
हरि शिवाकोटी
निर्देशक,सम्पादक,
क्यानेभीजन न्युज एण्ड भ्युज, क्यानाडा

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/08/175/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.