अमेरिकामा चार नेपालीको मृत्यु
७ जनवरी/ अमेरिकाको टेक्सास राज्यमा सडक दुर्घटनामा परी ४ जना नेपालीको मृत्यु भएको छ । यस अघि गत साता मात्रै अमेरिकामा सडक दुर्घटनामा ३ जना नेपालीको मृत्यू भएको थियो ।
शुक्रवार अपरान्ह भएको सडक दुर्घटनामा अमृति धिताल, पुकार आचार्य, सुबास गुरुङ र प्रलाद गुरुङको मृत्यु भएको हो । उनीहरु सवार गाडी टेक्सास राज्यको लियोन काउन्टीमा दुर्घटनामा परेको थियो । सो गाडीलाई अर्को गाडीले ठक्कर दिंदा दुर्घटना भएको अमेरिकाबाट शनिवार प्रकाशित पत्रिकाहरुले जनाएका छन् ।