January 8, 2006

सगरमाथाको फेदमा विगत छ दिनदेखि आगो

Filed under: News

विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदमा विगत छ दिनदेखि लागेको आगो अनियन्त्रित बन्दै गएपछि त्यसको नियन्त्रणका लागि चीनले १ हजार ३ सय अग्निनियन्त्रक त्यसतफ पठाएको छ। चीनको सरकारी समाचार समिति सिन्हवाले जनाएअनुसार आगलागी भएको तिब्बतको तिङरीस्थित दुर्गम क्षेत्र प्रकृति संरक्षण स्थलमा पने अत्यन्तै महवपूर्ण निर्जन जंगलबाट चार किलोमिटरको दूरीमा पर्दछ। तीव्र वेगको हुरीबतास, खतरनाक पहाडी बनोट र पानी नभएको त्यस दुइ किलोमिटर अर्धव्यासको क्षेत्रमा अग्निनियन्त्रण कार्य अत्यन्तै कठिन हुने समितिले जनाएको छ। हुरीबतासका कारण कुनै पनि बेला नया ठाउमा आगो फैलिन सक्ने ठूलो खतरा रहेको सिन्हवाले जनाएको छ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/08/177/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.