January 8, 2006

मुलुक रणमैदानमा

Filed under: News

अब मुलुक रणमैदानमा परिणत हुने पक्का छ । लर्डाईं सुरक्षाफौज र माओवादी जनसेनाबीच नै छेडिने छ। मुलुक रक्तपातको आहालतर्फधकेलिएकै बेलामा सेनाले युद्धलाई आफू अनुकूल बनाउन ‘ब्याक अप सपोर्ट’ का लागि दुइवटा हेलिकोप्टर ल्याउन लागेको छ । माओवादीको एकतर्फी युद्धविरामको मिति सकिएकै दिन पुस १७ गतेको ठीक एक महिनापछि माघ १७ गते ती हेलिकोप्टरहरु मुलुकमा भित्रनेछन् । कजाखस्तानबाट ल्याउन लागिएका सैनिक र युद्धसामग्री ओर्सार्न प्रयोग गरिने यी हेलिकोप्टरलाई एन्तोनोभ नामक कार्गो जहाजले काठमाडौंमा ओराल्ने छ । कजान प्लान्ट जेएससी ४२००५ मोडलका दुइ जहाजको मूल्य भने छयासी लाख डलर पक्का भइसकेको छ । एमआई १७ भी फाइभ मोडलका एकदम नया हेलिकोप्टर सामान ओसार-पसारका लागि बनाईएको हो ।
सेनाको लागि खरिद गरिने यी हेलिकोप्टरको प्रतितपत्र खोल्न रक्षा मन्त्रालयले गत हप्ता नै नेपाल राष्ट्रबैंकसमक्ष पठाइसकेको छ । सेनाको हौसला उच्च राख्न तत्कालै ल्याउन लागिएका हेलिकोप्टरका बारेमा नेपाली पक्षसंग कुराकानी अघि बढाउन कजाकका बाहिर देखिने दलालहरु तासी शर्ेपा र फुर्वा हुन् । सैनिक प्रयोजनकै लागि अरु थप दुइवटा हेलिकोप्टर पनि ल्याउने तयारी भइसकेको स्रोतले उल्लेख गरेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/08/178/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.