साउदी अरेवियामा ५ दिन लामो विदा
साउदी अरेविया एक मुस्लिम देश हो । यहाँका सतप्रतिशत नागरिकहरु मुस्लिम धर्ममा विश्वास राख्दछन् भन्दा अनौठौ लाग्नसक्छ तर यही वास्तविकता हो । अहिले मुस्लिमहरुको महान् चाड इद अल अदा आजैबाट शुरु भएको छ । आजैवाट यहाँको सरकारले लगातार ५ दिन साउदी अरवमा सम्पूर्ण कामदारहरुलाई छुटी दिने दिइसकेको छ । त्यस्तै साउदी आरामकोमा कार्यरत कामदाहरुको लागि भने विशेष कार्यक्रमहरु पनि राखिएको कुरा तलको निमन्त्रणाबाट स्पष्ट वुझ्न सकिन्छ

चाहे त्यो मुस्लिम होस् वा अन्य देशका अरु कुनै धर्म र जातका मानिसहरु भएपनि उनीहरुलाई र्सार्वजनिक विदा दिने गरेको पाइएको छ । कार्यालयहरुमा कार्य व्यस्ततामा हुने कर्मचारीहरुको लागि भने विशेष भत्ता तथा ओभरटाइमको सुविधा पनि यस अवधिमा दिइन्छ । हुन त रमादानको समयमा झैं लामो समय रोजा राख्नुपर्ने (पानी समेत नखाइ दिनभरी रहने एक प्रकारको व्रत) चाड भने यो होइन । आजैबाट साउदी आरामकोमा काम गर्ने सवै विदेशी कर्मचारीहरुलाई पनि छुटी भइसकेको छ । सवैजना छुटी मनाउन टाढा टाढा लागि सकेका छन् । प्रोजेक्ट एरियाका कन्ट्रयाक्टरहरुले भने कम्पनीहरुको सुविधा तथा यातायातको व्यवस्था अनुसार मार्केटिङ गर्न यी विदाका दिनहरुलाई सदुपयोग गर्ने छन् ।