बम विस्फोट, नगरपालिका ध्वस्त नेपालगन्जमा अघोषित कर्फ्यू
बिहान करिव पौने पाँच बजे आएका माओवादीको समुहले नगरपालिकाको सुरक्षार्थ खटिएका ग्रुप फोरका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर बम विस्फोट गराएको बताइएको छ । बम विस्फोटबाट नगरपालिकाका प्रायः कोठा ध्वस्त हुनुका साथै लाखौंको सम्पत्ती नष्ट भएको छ । माओवादीले आसन्न नगर निर्वाचनलाई विथोल्न यो विस्फोट गराएको बताइन्छ । नगरपालिकाभित्र छाडिएको एउटा बम सुरक्षाकर्मीले निस्क्रिय पार्ने क्रममा बिहान साढे दश बजे चर्को आवाजका साथ विस्फोट भएको थियो । अहिले पूरै नेपालगन्ज बजार सुरक्षा निकायको घेरामा रहेको हुँदा नेपालगन्जमा अघोषित कर्फ्यू लागेको छ ।