साउदी अरवको मक्कामा ३४५ हजयात्रीको निधन, सयौं घाइते
साउदी अरवको मक्कामा भएको भागदौडमा ४४ भारतीय र ३५ जना पाकिस्तानीहरुको घटनास्थलमा मृत्यु भएको थियो । गत विहीवार भएको उक्त घटनामा जम्मा ३४५ जनाको मृत्यु भएको थियो भने सयौंलाई चोटपटक लागेको छ र हराउँनेको संख्या पनि निकै भएको अनुमान गरिएको छ ।
केहि दृश्यहरु
साउदी अरवको अधिकारीहरुको अनुसार त्यहाँ शैतानलाई ढुंगा हान्ने रितिरिवाजको कार्यक्रममा त्यो घटना घटेको थियो ।

अधिकारीहरुले भने - हज यात्रीहरुको लापरहावीका कारण त्यो घटना हुन गएको हो हज यात्रीहरुले आफ्ना सामानहरु समेत बोकेर हज गर्न गएकाले भागदौडमा धेरै मान्छेहरु तिनै सामानहरुमा अल्भिmएर लड्न गई भीडबाट किचिएर मृत्यु हुन पुगेको थियो ।

विभिन्न मिडियाहरुले भने त्यहाँको प्रशासन व्यवस्थामाथि औला ठड्याए । यसको प्रतिक्रिया स्वरुप साउदी गृहमन्त्रालयका एक प्रवक्ताले भने कि यदि भीडमाथि नियन्त्रण गर्ने कोसिस गरिएको भए अझ वढी ज्यान जाने संभावना थियो ।

यस बर्ष को यो घटना १६ बर्षदेखिको अवधिमा सवैभन्दा ठूलो घटना थियो । सन् २००४ मा यस्तै घटनामा २०० जना मरेका थिए भने यो वर्ष हज यात्राको शुरुमै मक्कामा एक होटलको छत खस्नाले ७० जनाको मृत्यु भएको थियो ।

अनुमान गरिए अनुसार यो वर्षकरिव २० लाख हजयात्री रहेका छन् । ती मध्ये मर्ने हजयात्रीहरुमा धेरैजसो दक्षिण तथा दक्षिण पूर्व एरियाका रहेका छन् ।
