माओवादीद्वारा काठमाडौंलाई लक्ष्य गरी हमला
काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमूख नाका थानकोट र भक्तपुरको दधिकोटमा माओवादी विद्रोहीहरुले शनिवार साँझ लगभग एउटै समयमा आक्रमण गर्दा झण्डै एक दर्जन सुरक्षाकर्मीहरुको ज्यान गएको बताइएको छ। उपत्यकाका अन्य कतिपय ठाउँहरूबाट पनि हिंसाका खबरहरु आएका छन् तर तिनबारे स्पष्ट जानकारीहरु आइसकेको छैन।

माओवादी विद्रोहीहरुले उनीहरुको अबको मूख्य निशाना काठमाडौं उपत्यका हुने बताएका छन्
थानकोट र दधिकोटमा चाहीँ माओवादीहरुले पहिले विष्फोटन गराएको र पछि अन्धाधुन्ध गोली चलाएको अधिकारीहरूले बताएका छन्। माओवादीहरुले ति स्थानहरूबाट केही हतियारहरू पनि लुटेको बताएका छन्। विद्रोहीहरूले आक्रमण गरेका ठाउँहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिसकेको अधिकारीहरूले बताएका छन्।चार महिने एकतर्फी युद्धविराम भंग गरेको करिब दुई हप्तापछि माओवादीहरुले यि आक्रमणहरु गरेका छन्। उनीहरुले काठमाडौं उपत्यकालाई निशाना बनाई यति ठूलो आक्रमण गरेको यो पहिलो घटना हो।
केही समयअघि माओवादीहरूले “ढाडमा टेकी टाउकोमा प्रहार गर्ने” आफ्नो नयाँ रणनीति अन्तर्गत काठमाडौं उपत्यकालाई आक्रमणको निशाना बनाउने बताएका थिए।
etuucme
uoej
Trackback by etuoaeopx — March 6, 2006 @ 6:37 am