January 15, 2006

म बुद्ध होइन……… भिडियो डकुमेन्टरी सहित एक चर्चा

Filed under: News

विज्ञानले मानिसलाई भौतिक, मानसिक तथा संचार माध्यमबाट निकै फड्को मारिसकेको आजको वैज्ञानिक युगमा फेरि लगभग २५ सय वर्ष पछि एउटा बुद्धत्वको जन्म हुन लागेको भन्ने सूचना र खवरले संसारलाई एक पटक फेरि हल्लाएको छ ।

वास्तवमा यो के हो त ? भन्ने जिञासालाई पूरा गर्न तलको भिडियो डकुमेन्टरीले सहयोग गर्नेछ भन्ने लागेको छ । म बुद्ध होइन…………. टाइटलमा डकुमेन्टरी वनाइ सहयोग गर्नु हुने यस टिमका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु ।

साथै यस विषयमा कस कसले के के लेखे त्यो मैले विभिन्न साइटहरु तथा पत्रपत्रिकाहरुबाट संकलन गरेर भिडियो क्लीपको मुनि तिर राखेको छु । आशा छ यस व्लगको माध्यमबाट जानकारीहरु सम्पूर्ण जनमानसमा पुग्नेछ ।
चिज कुमार श्रेष्ठ
प्रवासवाट



Part-I



Part-II



Part-III



Part-IV

कसले के लेखे ?
Wrote tamangs.com
अनौठो तपस्वी ओं नमो गुरू बुद्ध ज्ञानी (राम बम्जन)तामाङ
२०६२ जेष्ठ २ गतेदेखि पानी समेत नखाइ ध्यान समाधिमा ओं नमो गुरू बुद्ध ज्ञानी
नोभेम्बर ४, २००५ भाइ टिकाको दिन तामाङग्स् डट कम का विषेश सम्बाददाता ओं नमो गुरू बुद्ध ज्ञानीको तपस्या स्थल पर्सा जील्ला स्थित रतनपुर तर्फ काठमाण्डौ देखि फर्पिङको बाटो हुँदै त्यस तर्फ लागे । फर्पिङ भएर हेटौडा जाने बाटो हाल कच्चा भए पनि साना मोटर गुडाउन लायक छ । यो बाटो अधिकांश तामाङ बस्तिहरू भएर गुज्रन्छ । यो बाटो भएर करिब चार घण्टामा काठमाण्डौबाट हेटौडा पुग्न सकिन्छ । बाटोमा पर्ने कुलेखानी जलबिद्युत परियोजनाको बाँधबाट निर्मित कृतिम तालको दृष्यावलोकन पनि गर्न सकिन्छ । तामाङहरूले मोटर गाडि बोकेर ल्याएको एतिहासिक भिमफेदी पनि यहि बाटोमा पर्छ ।

हेटौडाबाट पथलैया ३५ किलोमिटर पर्छ भने पथलैयाबाट तपस्या स्थल महेन्द्र राजमार्गमा लगभग १५ कि‌‌ मि गएपछि त्यहाँबाट लगभग १० कि‌ मि‌ उत्तर तर्फ जंगलै जंगल कच्चा बाटो जानु पर्छ । तपस्या स्थल पुग्नको लागि निजगढ पुग्नुभन्दा लगभग ५ किलोमिटर वरैबाट उत्तरतर्फ लाग्नु पर्छ जसलाई रतनपुर भनिन्छ र यो ललितपुरको आस्रङ गा‌बिसबाट बसाईं झरेका तामाङहरूको पुरानो बस्ति हो । त्यहाँ जाँदा एशियाकै सबै भन्दा बढी पशुबली चढाउने गढीमाईको मेला लाग्ने ठाउँ जाने स्थललाई पनि कटेर जानु पर्छ ।

यस संवाददाता तपस्या स्थलमा पुग्दा महेन्द्र राजमार्गमा तपस्था स्थलतर्फ जाने साइबोर्ड राख्ने व्यवस्था हुँदै थियो । भाई टिकाको दिन परेकोले दर्शनार्थीहरूको भिडभाड कम थियो । व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थिङका अनुसार तिहार अघि एक दिनमा एकलाख भन्दा बढि मानिसहरूले तपस्वीको दर्शन गरेका थिए ।

बेद बहादुर थिङको अध्यक्ष्यतामा बनेको व्यवस्थापन समितिले रातदिन तपस्या स्थल र तपस्वीको सुरक्षा र दर्शन गर्न आउनेहरूको व्यवस्थापन गरिरहेका छन् । दर्शन गर्ने स्थल काँडेतारले घेरेर व्यवस्थित गरिएको छ र प्रवेश गर्ने र निस्किनै दुइवटा गेटहरू छन् । उहाँको दर्शन गरिसकेपछि उहाँलाई परिक्रमा गर्दै बाहिर निस्कने व्यवस्था गरिएको छ । दर्शन गर्नको लागि गेटमा नै जुत्ता खोल्नु पर्छ भने छालाका सामानहरू भित्र लैजान निषेध गरिएको छ । तपस्या स्थलमा हल्ला नहोस भनेर स्वयंसेवकहरू दिनरात खटिइरहेका छन् । तपस्वीका जेठा दाइ भाइटिकाको दिन कम दर्शनार्थिहरू आएकोले तपस्वीको मुहार अझ उज्यालो भएको कारण तपस्वीलाई भिडभाड मन पर्दैन भनेर लख काट्छन् । दर्शनका लागि जाने बस, ट्राक्टर आदि सवारी साधनहरू तपस्या स्थल भन्दा करिब एक कि‌मि वर नै राख्ने व्यवस्था गरिएको छ । चारकोसे झाडी भनेर प्रख्यात रहेको जंगल विचको कच्चा सडक वरपर साना पसलहरूको लाम लागेको छ । तपस्या स्थलमा एउटा स्वागत द्वार पनि बनाइएको छ ।

तपस्वीका जेठा दाइ गंगा जीत लामाका अनुसार २०६२ जेठ २ गतेको रातको १२ बजेदेखि घरबाट हराउनुभएका घरमा बोलाउने नाम राम भएका तपस्वीलाई अघिल्लो दिन घर नजिकैको खोल्सामा एकजना बालकले फेला पार्यो । उहाँले नजिकैको आँपको रूखबाट दुइवटा आपहरू टिपेर बुद्धको तस्वीर अघाडी चढाउनुभएको थियो । त्यसपछि उहाँलाई उहाँको घरबाट करिव ३ कि‌ मि‌ दक्षिणमा हाल तपस्यारत रहको स्थानमा फेला पारियो । त्यसबेला उहाँले आफू त्रिरत्नको शरणमा गएको कुरा बताउनु भएको थियो । तपस्यामा बसेको ३ महिना सम्म कुनै किसिमको प्रचार भएन तर एक कान दुइ कान हुँदै यो कुरा चारै तर्फ फैलन थाल्यो । तपस्वीका गाउँकै केहि उरन्ठेउला मानिसहरूले नाटक वा ढोंग गरेको भन्दै तपस्वीलाई कुटपिट गरे तर हाल ती मानिसहरू कहाँ छन भनेर गाउँमा कसैलाई पनि थाहा छैन । तपस्वी देहरादुनको साक्या परम्पराको गुम्बामा अध्ययनरत हुनुहुन्थ्यो र विदामा घर आउनुभएको थियो । स्मरण रहोस साक्या परम्पराको शाक्यमुनि बुद्धको परम्परासँग सम्बन्धित छैन । तिब्बती भाषामा ुसाु भनेको माटो र ुक्याु भनेको खैरो हो । यो खैरो माटो भएको स्थानमा रहेको गुम्बाको परम्परा हो । गुम्बामा उहाँको नाम दोर्जे छिरिङ राखिएको थियो ।

यस सम्बाददाता तपस्या स्थलमा पुग्दा उहाँ गहिरो समाधिमा हुनुहुन्थ्यो जुन गत जेठ २ गतेदेखि शुरूवात भएको थियो । ५ महिनादेखि उहाँको मुखमा पानीको थोपा समेत परेको छैन । करिब एक सय फिट टाढाबाट हेर्दा उहाँको रुप सामान्य मानिसहरूको भन्दा केही फरक किसिमको देखिन्छ उहाँको छालाको रङ चमकदार गुलाबी जस्तो देखिन्छ । सामान्य मानिसहरू यसरी बस्न असंभव छ भन्ने गर्छन भने गहिरो समाधिमा लिन भएपछि खाना पानीको आवस्यकता नपर्ने कुरा जानकारहरू बताउँछन् । नेपालको डोल्पा क्षेत्रमा त्यस्ता तपस्वीहरू हाल पनि रहेको बताइन्छ । नङ र कपाल नियमित रूपले बढनु र श्वास प्रवासको निरन्तरताबाहेक उहाँहरू जीवीत रहेको संकेत पाइंदैन । तै पनि उहाँहरू जीवीतै रहनुहुन्छ । रातमा तपस्वी ओं नमो गुरू बुद्ध ज्ञानीको शरीर उज्जवल हुन्छ र रातको अँध्यारोमा पनि देखिन्छ भनिन्छ ।
उहाँ बस्नुभएको पिपलको बोटका फराकिला जराहरू निरन्तर बढदो रूपमा छ र उहाँलाई क्रमश बढ्दो रूपमा सुरक्षा घेराभित्र राख्दैछ भनेर शुरूदेखि देख्ने मानिसहरू भन्छन् ।

तपस्वीका पिता वीर बहादुर बम्जन र माता माया स्याङतान एउटा समान्य गाउँले परिवार हुन। तपस्वीबारे कुनै संकेत वा सपना पाउनु भएको थियो कि भनेर सोधिदा तपस्वीका माता त्यसबारे सोच्दाखेरि शरीरका रौं हरू ठाडो हुने र आङ सिरिङ्ग हुने भएकाले त्यो अरूलाई भन्नु हुँदैन भन्नुहुन्छ ।
तपस्या स्थलबाट रतनपुर गाउँ पुग्नलाई लगभग ३ कि‌ मि‌ उत्तरतर्फ एउटा खहरे तरेर पुग्नु पर्छ जुन चुरे पर्वत सँगै टाँसीए जत्तिकै छ ।

व्यवस्थापन समितिले जंगल मा जथाभावी रूख काटनमा नियन्त्रण गर्छ तर केही मानिसहरू रूख काटनका लागि व्यवस्थापन समितिसँग झगडा गर्दै हात हालाहाल गर्न पनि पाखुरा सुर्किदै अघि आउँछन् । दिनरात खटेको पुरानो व्यवस्थापन समितिलाई आफूखुशी भङ्ग गरेर दाउन्नेका कर्म

ज्ञान सागरले आफ्नै संयोजकत्वमा अर्को समिति गठन गरेर आफूलाई सदस्यमा बस भनेर सही गर भनेर कर गर्न आएका मानिसहरूदेखि अध्यक्ष्य बेदबहादुर थिङ दिकदार भएको कुरा बताउँछन् । यस्तो कुरालाई राजनितिबाट टाढा राख्नुपर्छ भन्ने उहाँको भनाइ छ ।

महेन्द्र राजमार्गमा यतिखेर रतनपुर जानेहरूले खचाखच भरिएको ट्याक्टर,मिनीबस, टेम्पो, माइक्रो दर्शनार्थीहरूले टनाटन भरिएको देखिन्छ । तराइका गाउँहरूमा सवारी साधन रिजर्व गरेर तपस्वीलाई दर्शन गर्नजाने लहर नै चलेको छ । तपस्विको दर्शन नगरेको मानिस नभएको गाउँ भेट्टाउन गाह्रो छ ।

मानिसहरूले विभिन्न लख काट्ने गरेको भए पनि यस संवाददाताको विचारमा उहाँ एक वास्तविक तपस्वी हुनुहुन्छ । उहाँको बारेमा शंका र मिथ्याविचार राख्नु मनासिब ठहर्दैन । मानवलाई जीवीत रहनका लागि केही न केही आहारा चाहिन्छ भन्ने आधुनिक जीवविज्ञानले राखेको मान्यतालाई तपस्वीले चुनौती दिनुभएको छ ।

गौतम बुद्धले समेत लगातार छ बर्षसम्म त्यस्तो कठोर तपस्या गरेको भए ता पनि त्यसरी शरिरलाई कष्ट दिएर बुद्धत्व प्राप्त गर्न संभव छैन भन्ने कुरा पत्ता लगाएर सुजाताले दिएको खिर खाएपछि शरिरमा उर्जा उत्पन्न भएपछि नै बुद्धत्व प्राप्त गर्नुभएको थियो ।

तामाङहरू रिक्साचालक, ठेलागाडा तान्ने, भारी बोक्ने मात्र होइन तपस्या पनि गर्छन भन्ने कुरालाई उहाँले चरितार्थ गर्नुभएको छ उहाँको सफलताको लागि यस सम्बाददाता शुभकामना व्यक्त गर्दछ ।
भर्खरै प्राप्त समाचार अनुसार उहाँलाई गत शनिवार सर्पले डसेर उपचार पश्चात उहाँ पुन समामान्य हुनुभएको छ । यस अघि तपस्या शुरू गरेको तीन महिनापछि पनि उहाँलाई सर्पले डसेको थियो भनिन्छ ।

-साभार कान्तिपुर दैनिक
रतनपुरी, बारा २५ कार्तिक(Nov.11,2005), लामो समयदेखि चारकोसे झाडीमाझ तपस्या गर्दै आएका किशोरले आफू बुद्ध नभएकाले बुद्ध भनेर नामाकारण नगरिदिन आफ्ना दाजुमार्फत आग्रह गरेका छन् ।
सर्पले टोकेको कारण ५ दिनसम्म सार्वजनिक नभएका यी किशोरले शुक्रबार आफ्ना दाजु गंगाजीत लामा, पुजारी र स्थानीय समितिका मानिससामु आफ्ना विभिन्न कुरा राखेको नमोबुद्ध तपोवन समितिले जनाएको छ ।
‘म बुद्ध होइन तपस्वी हुँ’ बाराको रतनपुरी स्थित चारकोसे झाडीबीचको जंगलमा ६ महिनादेखि अन्न पानी नखाएर तपस्या गर्दै आएका १६वर्षिय आफ्ना भाइको भनाइ उदृत गर्दै तपस्वीका दाजु गंगाजीत बोमजनले भने - “मानव र प्राणीको उद्धारको लागि अझै ६ वर्ष तपस्या गर्ने उनले बताए”
‘शुक्रबार विहान १० बजे तपस्वीले आफूलाई सर्पले टोकेको तर उपचार जरूरी नभएको बताए’ तपस्वीकै भनाइ भन्दै पुजारी प्रेम लामाले बताए ।

तपस्वी किशोरबारे गृहमा पत्राचार
-साभार कान्तिपुर दैनिक

वारा १ मंसिर, (Nov.16) जिल्ला प्रशासनले चारकोसे झाडीमा बुद्धत्व प्राप्त गर्न बसेका तपस्वी राम बहादुर बम्जनबारे वास्तविकता पत्ता लगाउन गृह मंत्रालयमा पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी शान्तराज सुवेदीका अनुसार तपस्या स्थल व्यवस्थापन समितिले आध्यात्मिक, धार्मिक र बैज्ञानिक अनुसन्धानद्वारा तपस्वीलाई कुनै अवरोध नगर्ने गरी जाँच गराइ सत्य पुस्टि गरिदिन आग्रह गरेकाले गृह मन्त्रालयमा पत्राचार गरेको बताए ।
रतनपुर-५ का १६ वर्षीय तपस्वी बोम्जनको बारेमा वास्तविकता पत्ता लगाउन बुधबार जिल्ला प्रशासनले गृह मन्त्रालयसँग लिखित अनुरोध गरेको हो ।
प्रशासनले गृह मन्त्रालयसँग गरेको अनुरोधको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, क्षेत्रिय प्रशासन कार्यलय, अन्चल प्रशासन कार्यालय, पुरातत्व विभाग, रोनास्ट र लुम्बिनी विकाश कोष रूपन्देहीमा समेत पठाएको छ । बोम्जन गत जेठ ३ गते देखि चारकोशे झाडीमा निराहार तपस्यारत छन् ।

(तपस्वि स्वयंले “म बुद्ध होइन” भनिसकेको अवस्थामा विभिन्न संघ, संस्था र व्यक्तिहरूले विभिन्न स्वार्थ पुरा गर्नका लागि उहाँलाई बुद्ध घोषणा गरिरहेका छन् । बुद्धत्व प्राप्त गर्नका लागि शरीरलाई कठोर यातना दिएर कठोर तपस्या गर्न आवश्यक छैन भनेर बुद्ध स्वयंले भन्नुभएको छ । स्मरण रहोस, सुजाताले दिएको खिर खाएर आफ्नो छ बर्षसम्मको कठोर तपस्यालाई अन्त्य गरे पछि नै बुद्धलाई बुद्धत्व प्राप्त भएको थियो जसलाई मध्यम मार्ग भनिन्छ । जंगलमा गएर ६ बर्ष, १२ बर्ष वा बिसौं बर्ष तपस्या बस्दैमा बुद्धत्प प्राप्त हुने भए भारतका त्यसरी नै तपस्या गरेर बसेका कैयन जोगीहरूले धेरै पहिले नै बुद्धत्व प्राप्त गरिसक्ने थिए । उहाँ एकजना तपस्वी हुनुहुन्छ उहाँलाई सिद्धि प्राप्त होस् भनेर हामीले कामना गर्न सक्छौं । अनावस्यक भिडले अवरोध पुर्‍याउँदा उहाँलाई सिद्धि प्राप्त नहुन सक्छ । उहाँले मानिसले बाधा नपुर्‍याउने अर्कै स्थानमा गएर तपस्या गरे उहाँलाई अपेक्षित सिद्धि प्राप्त हुनसक्छ नत्रभने यो भिडहरूको मनोरञ्जन बाहेक केहीपनि नहुन सक्छ । ) -तामाङ्स् डट कम

- फोटोग्राफरका लागि एउटा फोटोले कतिसम्म प्रभाव पार्छर् भन्ने प्रमाण भएकी छिन् न्युयोर्क निवासी जेसीका डिमार्क । बारामा तपस्यारत तपस्वीको फोटो लिनका लागि उनी सात समुद्रपार अमेरिकाबाट आइतबार यहाँ आइपुगेकी छन् । ‘मैले गत सोमबार न्युयोर्कबाट प्रकाशित हुने स्थानीय पत्रिकामा तपस्वीबारे समाचार पढें,’ शक्तिशाली लेन्सजडित क्यामराको कभर खोल्दै उनले भनिन्- ‘त्यसपछि मैले आफूलाई रोक्न सकिन ।’ ‘बेलायतबाट प्रकाशित हुने टेलिग्राफ दैनिकबाट साभार गरिएको उक्त समाचारमा उल्लेखित तपस्वी साँच्चै रहरलाग्दोे थियो,’ बाराको रतनपुरीमा तपस्यारत तपस्वीको तस्वीर न्युयोर्कबाट प्रकाशित हुने ‘पिपुल्स अमेरिका’ का लागि खिच्न आएकी उनले थपिन्- ‘अहिले त्योभन्दा कैयौं गुना आश्चर्यमा परेकी छु ।’तपस्वीबारे समाचार पढेपछि आफू एकाएक तनावमा आएको बताइन् । त्यसपछि बिहीबारको ठूलो पारिवारिक पर्व छाडेर राति १० बजे नेपालतर्फ हानिएँ,’ उनले बताइन् ।

यो तपस्या हो कि नाटक ? साभार गोर्खापत्र

निर्मल कुमार आचार्य
एक नेपाली किशोर यतिखेर राष्ट्रिय, अन्तर्राष्टिय चासो र कौतुहलका विषय बनेका छन् । धेरैजसोका दृष्टि उनीप्रति अविश्वास, आशङ्का र सन्देहयुक्त रहेको छ भने कतिपयले उनलाई अगाध श्रद्धा र विश्वासको फूल चढाएका छन् । अहिलेको समयमा ‘तपस्या’ केवल पौराणिक कथामा अथवा ढोँग, देखावटीमा मात्र सीमित रहेका बेलामा छ महिनादेखि विना अन्न, जल तपस्या गरेर बस्नुलाई सबैले आर्श्चर्यसाथ हेरेका छन् । बारा जिल्लाको रतनपुरी गाविस वडा नं.५ बङ्जोरनिवासी वीरबहादुर बम्जन र माया तामाङका छोरा रामबहादुर बम्जन लालबकैया खोलाको किनारमा रहेको बाक्लो जङ्गलभित्र विगत छ महिनादेखि यसरी तपस्यामा बसेका छन् ।

पाँच दाजुभाइ र दुइ दिदीबहिनीमध्ये साहिँला छोराका रूपमा रहेका रामबहादुरका पछिल्ला नाम ‘पाल्देन दोर्जे लामा’ तथा ‘दोर्जे छिरिङ’ पनि रहेको छ । स्थानीय श्री ने.रा. प्रा.वि.मा चार कक्षामा पढ्दादेखि नै उनलाई बौर्द्धदर्शनप्रति विशेष झुकाउ भएको, तिब्बतीभाषामा प्रवीणता प्रमाणपत्रतहसरह बुद्धशिक्षा प्राप्त गरेको र यसरी शिक्षा पाएपछि उनको पुरानो नाम फेरी पाल्देन लामा राखिएको बताइन्छ । उनका आफन्तजनका अनुसार रामबहादुरले यसअघि पनि तपस्या गरेका थिए । बोधगयामा एकमहिना जति तपस्या गरेर फर्किएपछि २०६२ जेठ ३ गते राति ८ बजेतिर घर छाडी जङ्गलतर्फलागेका हुन् । आफन्तजनका अनुसार घर फर्काउनखोज्दा उनले पात दिएर ६ वर्षपुगेपछि सो पात हराएमा उनी अदृश्य पनि हुनसक्ने बताएका थिए । यसरी सोह्रवर्षो रामबहादुर -पाल्देन लामा) चारकोशे झाडीको एउटा पीपलको फेदमा तपस्या गरेर बसिरहेको खबर फैलनथालेपछि वरिपरिबाट सुरु हुनथालेको भीड वल्लो जिल्ला, पल्लो जिल्ला गर्दै पर-पर नि पुग्नथाल्यो र मानिसहरू बस रिजर्भ गरेर समेत यहाँ ओइरिनथाले । भारतका विहारलगायत विभिन्न ठाउँबाट आउनेको सङ्ख्या पनि कम रहेन । ‘नमोबुद्ध’ भन्दै दर्शन गर्नजाने बढ्दो भीडलाई व्यवस्थित गर्न स्थानीय सक्रियतासमेत अघि बढाइयो र यसै क्रममा नमोबुद्ध तपोवन संरक्षण समिति पनि गठन गरियो । त्यहाँ चढाइएका दानदक्षिणालाई पनि व्यवस्थित पार्न निजगढस्थित राष्ट्रिय वाणिज्य बैँकमा खाता खोली रकम जम्मा गर्नथालियो भने दर्शनार्थ त्यहाँ जानेका लागि बाटोघाटोको निर्माणसमेत हुनथाल्यो । यत्ति मात्रै होइन, सधैँ साँझ नपर्दै जाँडरक्सीमा डुब्ने रतनपुरीमा रामबहादुरको तपस्याको सकारात्मक प्रभाव परी दर्ुर्व्यसन कम हुँदैगयो र यसको लक्षण वरिपरिका अन्य गाविसमा पनि देखापर्दै आउनुलाई र्सवत्र प्रशंसाकै दृष्टिले हेरिनु अस्वाभाविक होइन ।

रामबहादुरको तपस्याको चर्चा जति-जति फैलँदै गयो, उति-उति मानिसमा अविश्वास, विश्वास, आशङ्का र ऊहापोहले ठाउँ जमाउँदै गयो । त्यहाँ पुग्नेमध्ये पनि ७५ प्रतिशतको दृष्टि संशयात्मक रहेको र २५ प्रतिशतले मात्रै आँखा चिम्लिएर विश्वास गर्नेगरेको बताइन्छ । विश्वास, अविश्वासका जे जस्ता दृष्टि रहे तापनि यसै हो भन्नसक्ने आधार चाहिँ अझै फेला परिसकेको पाइँदैन । शङ्का, उपशङ्का आदिको वातावरणमा रामबहादुरको तपस्याको वास्तविक जानकारी अगाडि आउनुपर्ने माग पनि यसबीच नआइरहेको होइन । प्रशासनबाट नै यसको यथार्थ परीक्षण हुनुपर्ने अपेक्षा पनि राखियो । तपस्या अति नै संवेदनशील पक्ष भएकाले तपस्वीको ध्यान भङ्ग नहुने किसिमले परीक्षण गर्नुपर्ने आग्रह पनि यसबीच अगाडि आयो भने यस सम्बन्धमा नेपाल तामाङ घेदुङ सङ्घले प्रस्ट भाषामा अन्यथा परिणाम नसिर्जिनेगरी धार्मिक परिपाटीअनुसार नै यसको परीक्षण हुनुपर्ने आवाज उठायो ।

आधुनिक शिक्षा, आधुनिक विज्ञान र आधुनिक पद्धतिलाई आत्मसात् गर्नेले यसलाई ठाडै उपेक्षा नगरेका होइनन् तर समयको अन्तरालमा पनि रामबहादुरको तपस्या –) जस्ताको तस्तै रहेकाले धेरै प्रश्न अनुत्तरित रहेको देखिन्छ । यसकारण पनि धेरैजसोले यसबारे द्वयार्थीभाषा प्रयोग गरेको पाइन्छ । चिकित्साकर्मी तथा विज्ञानका विद्यार्थीका निम्ति यो सहजै विश्वास गर्न गाह्रो विषय बनेको छ भने खण्डनका निम्ति पनि उपयुक्त आधार फेला पर्नसकेको छैन । रामबहादुरको चर्चा बढ्दै जानेक्रममा बेलायतमा समेत यो चर्चा, परिचर्चाको विषय बनेको देखिन्छ । त्यहाँको ‘गार्जियन’ पत्रिकाको अनलाइन संस्करणले हालै प्रकाशित गरेको यससम्बन्धी समाचारले पनि यसको पुष्टि गर्छ । त्यहाँ पनि धेरैको मस्तिष्क यसैले खेलाउनपुगेको छ । सम्बद्ध विशेषज्ञहरू भने अन्न, पानी विना मान्छे लामो अवधिसम्म बाँच्नै नसक्ने ठोकुवा गर्छन् । पश्चिमा जगत्मा पनि कतिपयले विना अन्न, पानी केही अवधि बिताएको उदाहरण पनि नरहेका होइनन् । आफ्ना विभिन्न क्रियाकलापद्वारा दुनियाँलाई अचम्मित पार्दै आएका जादुगर डेभिड ब्लेन पनि विना अन्न, जल ४४ दिनसम्म चाहिँ टिक्नसकेका थिए तर उनको शारीरिक तौल भने निकै कम हुनपुगेको थियो । सन् १९७६ मा गरिएको एक परीक्षणमा पनि मोटा मानिस खानपिन नगरिकन ४० दिनसम्म बाँच्नसकेका थिए । यस्ता विभिन्न उदाहरण तेर्स्याइएको अवस्थामा रामबहादुरले छ महिनादेखि विना अन्न, जल बिताइरहेको उदाहरण सबैतिर अविश्वास र विश्वासको माझमा झुत्ती खेलिरहेको देखिन्छ ।

यसबीच भारतको ‘आजतक’ समाचार च्यानलले पनि रामबहादुरको तपस्यासम्बन्धी समाचार प्रसारण नगरेको होइन तर यसको प्रसारणमा उल्याउने किसिमको प्रस्तुतीकरण भएको ठहर धेरैले गरी त्यसको विरोधसमेत प्रकट गरेको देखिन्छ । ‘नेपालमा अर्को बुद्ध बनाउने कोसिस’ जस्ता दृष्टिकोण व्यक्त गरी केवल यसलाई बहुलट्ठीपनको संज्ञा दिने उद्देश्य मात्रै सो च्यानलको रहेको देखिन्छ । नेपालमा कुनै पनि पक्षमा केवल नकारात्मक प्रचारप्रसार गर्ने शैली बोकेका भारतीय कतिपय सञ्चारमाध्यमबाट यस सम्बन्धमा पनि विना आधार आफ्नै डम्फू बजाइनु कुनै आर्श्चर्यको विषय होइन । भगवान् बुद्धको जन्म तथा जन्मस्थल नेपालमा भएको यथार्थसमेत पचाउन नसकेका कारण बेलाबखत त्यहाँका कतिपय दर्ुर्बुद्धिवान्बाट भ्रमपर्ूण्ा अभिव्यक्ति आउने नगरेका होइनन्, त्यहाँका कतिपय पाठ्यपुस्तकमा यससम्बन्धी भ्रमपर्ूण्ा पाठ्यांश रहेकै देखिन्छ । सारा दुनियाँले भगवान् बुद्धको जन्मस्थल नेपाल भएको पर्ूण्ा जानकारी पाइसक्दा पनि खोचेपारा निकाल्नखोज्नेबाट नेपालमै वास्तविकताको खोजी गरिनुपर्ने आवश्यकता देखिएको रामबहादुरको तपस्याबारे अनर्गल प्रलाप कुनै नौलो पक्ष देखिँदैन ।

यस्ता गलत प्रचारप्रसारका विरुद्ध सही जानकारी अगाडि ल्याउने उद्देश्यलेे हालसालै निजी तवरबाट ‘म बुद्ध होइन’ नामक ३१ मिनेटको वृत्तचित्र पनि तयार गरिएको छ । जनमानसमा उब्जिएका शङ्का, उपशङ्का हटाउन यो वृत्तचित्र निर्माण गरिएको भनाइ सम्बद्ध व्यक्तिहरूको छ । रामबहादुरले आफूलाई बुद्ध नभनेको र उनका आफन्तजनले पनि उनलाई बुद्ध भनेर नढोग्नू भनिएका हिसाबमा पनि कुनै आग्रह राखिहाल्नुपर्ने देखिँदैन । उनको तपस्याको यथार्थ कसैलाई थाहा नभएकाले यसै हो भन्न गाह्रो परेको धेरैको ठहर छ । सुरु-सुरुमा नौटङ्की बताउनेहरू पनि यतिखेर केही न केही त अवश्य रहेको धारणा व्यक्त गर्नथालेका छन् । अरू केही नभए तापनि यस्तो खेल्ने, कुद्ने उमेरमा पलेंटी कसेर बसिरहनु पनि ठूलो कुरो भएको टिप्पणी पनि रहेकै छ । यसबीच उनलाई र्सपले डसेको तर ठीक भएको समाचार पनि आएको हो । रामबहादुरको तपस्या सम्बन्धमा निश्चय नै यसै हो भन्नसकिने प्रस्ट आधार छैन । आधुनिक विज्ञानको सोचलाई नै यसले चुनौती दिएको जस्तो अवस्था देखिन्छ । यसको वास्तविकता विभिन्न कारणले बाहिर आउनु जरुरी बनेको छ । उनको यो कुनै नौटङ्की हो भने धेरै दिन चल्नदिनुभएन, किनभने यो विषय अब अन्यत्र पनि चर्चा, परिचर्चाको पक्ष बन्नथालेकाले यसको मान, अपमान र उपहासको अंशियार सबैले हुनैपर्ने अवस्था बनेको छ । होइन, साँच्चै तपस्या नै हो भने यो आजको मानवसभ्यताकै निम्ति गौरव र उल्लेखनीय बिन्दु बनेको हुँदा यसको यशका भागिदारमा नेपाल र नेपालीको शिर गर्वले माथि उचालिने निश्चित छ । त्यसकारण के कस्ता तरिका अँगालेर यसको यथार्थ पत्ता लगाउनसकिने हो, त्यसको एकिन गरी जनमानसमा भएको आशङ्का समाधानका दिशामा सम्बद्ध पक्ष एकोहोरिनुपर्ने देखिएको छ । खासगरी धार्मिक सङ्घसंस्थाहरू यसबारे खासै बोलिरहेको नदेखिनुले पनि यथार्थ खुलस्त हुन नसकिरहेको देखिन्छ । यसको यथार्थ बाहिर ल्याउने कामलाई राष्ट्रिय आवश्यकताकै विषय ठानी सम्बद्ध सबैको निःस्वार्थ र इमानदार प्रयास अहिले नभई नहुने कुरो बनेको छ ।

Thousands flock to see meditating boy ‘Buddha’

Randeep Ramesh
Thursday November 24, 2005
The Guardian

A teenage boy who has been meditating under a tree in the verdant forests of southern Nepal is attracting thousands of pilgrims who are convinced the youth is another Buddha.
Devotees flock daily to catch sight of Ram Bahadur Banjan, who sits cross-legged and silent with his eyes shut beneath a tree in the jungle of Bara, 100 miles south of the capital, Kathmandu.

It is claimed that the 15-year-old has not eaten or drunk anything since he sat down at his chosen spot on May 17. He also has not relieved himself in six months, claim devotees. Some say they have seen light emanating from the teenager’s forehead.

Ram Bahadur’s fame grew after he appeared to shake off the effects of being bitten by a poisonous snake. He is said to have told onlookers that “a snake bit me but I do not need treatment. I need six years of deep meditation.”

The boy also told crowds that he was not a Buddha but a lesser divine spirit known as a rinpoche. “I don’t have the Buddha’s energy.”

Buddhism teaches that correct thinking and self-control can enable people to reach peace and release themselves from worldly distractions and desires.

The Buddha was born 160 miles from Bara in 540BC and found enlightenment under a pipal tree. Ram Bahadur is sitting under a pipal tree.

A reporter for the Kantipur newspaper, Sujit Mahat, told Associated Press that he had spent two days at the site, and that about 10,000 people are believed to visit every day.

He said pilgrims can catch a glimpse of Ram Bahadur from a roped-off area about 25 metres away between dawn and dusk. But the boy is screened from observers at night.

“We could not say what happens after dark,” Mr Mahat said. “People only saw what went on in the day, and many believed he was some kind of god.”

A thriving market has developed in the once-pristine forest, supplying pilgrims with everything from tobacco and bicycle repairs to incense and sacred amulets.

Police are seeking to verify the claims about the boy’s fast.

“We have a team … investigating the claim on how anyone can survive for so long without food and water,” police inspector Chitra Bahadur Gurung said. Officers have not directly questioned the boy, who appears to be meditating deeply.

Buddhism has about 325 million followers, mostly in Asia.

9 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/15/192/trackback/

  1. i was wondering if that guy ram bahadur is still meditating?

    Comment by जे. पुन — January 22, 2006 @ 8:52 pm

  2. Hi
    are u know that news?

    Comment by anisha gubhaju — January 25, 2006 @ 8:58 am

  3. It is really surprising things because of 21th century.Wish him all the best to success his meditation .

    I have to say great thanks to Chij Kumar who process all the matter to be published in this site. It made me took the real place of Bara district. I heard all the matter found teh reality what was heard.
    Once again thank for Chij.

    Comment by Yamanand Tiwari — January 26, 2006 @ 6:09 am

  4. I wish all the best to his meditation. He will be success and we are proud of our Nepalese and Nepal all over the world.

    Comment by D.N.Bhatta — February 18, 2006 @ 7:23 pm

  5. Hi, everybody membar of nepalarab link.im ‘netra’ from K.S.A.[haradh] i will see first time this link, and fill verry happy because this is the great chanse for us.actually this link is verry nice in this nepalarab link every think site is great.so i want to say best of luck………

    Comment by Netra Regmi — October 5, 2006 @ 11:07 am

  6. hey!!! its relly amazing !!!!
    15 yrs old boy>>…. such young man meditating withot his daily needs.. its really strange for we the ordinary people to hear tat…
    any way’s all the best for his meditation…
    hope tat he gets suscess very soooon…

    priyanka regmi….
    plumstead , london…

    Comment by rpiyanka regmi — October 15, 2006 @ 11:02 am

  7. This web page is really very very useful to those who are breathing in the Gulf region, but not less useful,for all Nepali.Having visited this web page,No one can remain, without thanking to those who have constributed for it.
    Regular update is its’ soul and popularity,So especially, this video clip “Ma Buddha Hoina” is to be updated or Delected as soon as it possible, b’coz it is totally myth

    Comment by sapnil maden — November 12, 2006 @ 7:11 pm

  8. hi its me sabin from japan.we all the frens along with my japnese korean chinese fren were very much surprised to hear this news. my several japnese frens went nepal jus to see our new meditator.

    its really a great and dificult task. i wish him all the best for his meditation
    at least not the last this meditation is really a challing task to every one in this moders era

    Comment by sabin gairel — May 19, 2007 @ 12:10 am

  9. so good

    Comment by buddha statue — June 19, 2009 @ 6:25 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.