January 17, 2006

जताततै कर्फ्यूको आदेश, देश अन्यौलग्रस्त

Filed under: News

देशको वर्तमान स्थिति निकै नै नाजुक अवस्थाबाट गुज्रदै गएको यो अवस्थामा एकातिर सरकार चुनाव गराउँछु भन्दै अगाडि बढेको छ । अर्कोतर्फ राजनैतिक दलहरु चुनावमा भाग लिन्न भन्दै वहिष्कारको लागि शान्तिपूर्ण आन्दोलन र्‍याली माघ ७ लाई पर्खेर वसेका छन् । यिनै परिवेशमा भूमिगत माओवादीहरु विभिन्न रणनिति प्रयोग गरेर काठमाडौंलाई लक्ष्य गरी ठूल्ठूला आक्रमण गर्दै अघि बढिरहेको छ ।

चुनाव हुन नदिने माओवादीको रणनीति अनुसार अस्ति शनिवार काठमाडौंको मुख्य नाका मानिने, काठमाडौंलाई देशको हरेक भागसंग जोड्ने थानकोट नाका माथि भिषण माओवादी आक्रमण हुदाँ धेरै संख्यामा सुरक्षा फौजको विभत्स हत्या तथा हातहतिहारहरु लुटेर लग्नु कदापि सानो कुरा होइन । सरकारले माओवादी रणनीतिलाई कसरी विश्लेषण गर्ने हो त्यो वेग्लै कुरा हो तर नेपालको मुटु राजधानीमा हुने यस्ता आक्रमणले पक्कै पनि सरकारलाई फुङ्गा भने वनाएको छ नै ।

यिनै घटनाबाट प्रभावित भएर श्री ५ को सरकारले काठमाडौं तथा ललितपुर एरियामा बेलुकी ११ देखि विहान ४ बजेसम्म कर्फयू आदेश जारी गरिसकेको छ । हुन त यस्ता कर्फ्यूहरुले नेपालमा पुरानै अनुभवहरु वटुल्न मद्धत नगरेको पनि होइन । यस्ता कर्फ्यूहरु पहिले पनि धेरै प्रयोग भैइसकेको छ । यसबाट सुरक्षा व्यवस्थामा केहि हल होला भनेर सरकारले सोच्नु वेग्लै कुरा हो तर यसबाट आम नेपाली जनताहरुलाई दुःख हुन बाहेक अरु केहि उपलव्धी हिजो पनि हुन सकेको थिएन, आज पनि छैन र भोलि पनि नहोला । राजनैतिक दलहरुले शान्तिपू्र्ण र्‍यालीको लागि माघ ७ लाई लक्ष्य गरि बनाएको कार्यक्रममा समेत सरकारले प्रतिवन्ध लगाएपछि माघ ७ मा के हुने हो त्यो भन्न सकिने स्थिति छैन । ठूला वडा राजनैतिक पाटीका भनाउँदाहरुको चरित्र पनि माघ ७ ले उदांग पार्ने छ नै ।

यस्तै गरी कर्फ्यूको आदेश विराटनगर तथा अन्य जिल्लाहरुमा समेत अनिश्चित कालको लागि जारि भइसकेको छ । वास्तवमा कर्फ्यूले साधारण जनतालाई सवैभन्दा वढी प्रभाव पार्ने गरेको छ । साधारण जनताहरु जसले प्रत्येक दिन कमाएर वेलुकीको छाक टार्ने गर्दछन् तिनको लागि यो कर्फ्यू निकै घातक सिद्ध हुनेछ ।

कारखानामा रात्री सिफ्ट काम गर्ने मजदुरहरुको लागि पनि भयावह स्थितिको सृजना भएको छ । त्यस्तै रात्री वस सेवाहरु अव ठप्प रोकिने छन् । जसको प्रभावले दैनिक उपभोग्य वस्तुमा सिधा असर पर्नेछ । मूल्य वृद्धि भइ आकाश भन्दा माथि पुग्नेछ । जनताहरु उपभोग्य वस्तुको सेवन गर्न नसकेर त्राही त्राही हुनेछ । तव भने पक्कै पनि र्सवहाराले क्रान्ती गर्नेछ। त्यतिवेला न श्री ५ को प्रभुत्व रहला न त दलहरुको अस्तित्व ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/17/194/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.