काठमाडौंमा फष्टाइरहेको यौन व्यवसाय एक चर्चाः
जनवरी १७, २००६ नेपाली टि भि लण्डनबाट प्रसारित यौनकर्मी महिलाहरुसँग सम्बन्धित कार्यक्रम “संघर्ष” हेर्ने मौका पाएँ । नाम देख्ने वित्तिकै अनेकौं प्रश्नहरु दिमागमा खेल्न थाल्यो, मेरो । कार्यक्रम निकै सार्न्दभिक रुपमा निर्माण भएको रहेछ । यसमा कार्यक्रम संचालिका तथा यस संघर्षका टिमहरुको बारेमा भने मैले जानकारी लिन सकिन । जव टि भि को अगाडि बसे तव कार्यक्रम शुरु भइसकेको थियो ।
देश त्रिकोणात्मक द्धन्द्धबाट पीडित भएको बेला, हजारौं मानिसहरु बम गोला वारुदबाट लालायित र तहसनहस भइरहेको बेला देशभित्रै नासुर वनेर फष्टाइरहेको यो सवैभन्दा पुरानो व्यवसाय देह व्यापारलाई वर्तमान अवस्थाले कसरी हेरिरहेको छ त ? भविष्य यसको कस्तो छ त ? वर्तमानसम्म आइपुग्दा कसरी यो व्यवसाय चलिरहेको छ ? के कारण यो व्यवसायमा नाम इज्जत र समाजको प्रतिष्ठा नपाइकन पनि यस्तो व्यवसायतिर मानिसहरु आकषिर्त छन् त ? यसको जिम्मेवार को हो त ? आदि प्रश्नहरुको उत्तर खोज्न तपाई तलको भिडियो क्लीपभित्र छिर्न सक्नुहुन्छ । यो भिडियो क्लीप मैले माथि जनाए अनुसारको कार्यक्रमबाट लिएको हुँ । उक्त भिडियो कुनै अभिनय नभइ प्रत्यक्ष खिचिएको भिडियो हो ।
हाम्रो देश एक त सानो त्यसमा पनि गरीव राष्ट्र त्यति मात्रले नपुगेर होला त्रिकोणात्मक शक्तिहरुको बेमेलका कारण राष्ट्र धुजा धुजा भइ मान्छेहरु गाउँबाट शहरतिर विस्थापित भइरहेको बेला, समस्याहरु वढ्नु कुनै नौलो कुरा होइन ।
र्सर्भेक्षण् अनुसार ज्यादातर पूर्वको झापा, इलाम जिल्लाहरु आदिबाट विस्थापित भएर यौन व्यवसायमा लागेको देखियो । के कारण यो पेशा आउनु भयो भनेर जानकारी लिन खोज्दा उनीहरुले प्रत्यक्षरुपमा क्यामराको अगाडि परिवारिक समस्याका कारण तथा विस्थापित हुनुको कारण, राजधानीमा आएर काम नपाउनु, गाउँमा बस्न नसक्नु, छोराछोरीको उज्जवल भविष्यको लागि यस्तो कार्यमा हात हालेको कुरा वताउन लजाएनन् भने कतिले यस्तो काम गर्न परेकोमा निकै दुःख मानेर रोए पनि ।
सिधै कति पैसा दिने, कहाँ लाने भनेर सोधेको पाइयो । केटाले रु १००, २०० हुँदै ३०० सम्म दिएको अनि अरु खर्च आफैं गर्ने तर रातभर वस्नु पर्दछ भनेर गरेको वार्ता हेर्दा लाग्थ्यो कुनै चलचित्रमा लिइएको दृश्य जस्तो तर त्यो चलचित्रको नभइ प्रत्यक्ष वार्ता थियो जसलाई प्राविधिक कारणले गर्दा यहाँ मैले प्रस्तुत गर्न सकिन ।
यौनकर्मी महिलाहरुमा १७ देखि ४५ बर्षसम्मको पाइएको छ । यौन शुल्क रु. ४० देखि हजारौंसम्म देखिन आयो । यौन सर्म्पर्कमा आउने केटाहरु ९८ प्रतिशत शिक्षित भएको कुरा पनि कार्यक्रममा जनाइएको छ ।
आजको पुरुषवादी समाजले महिला माथि मात्र दोष थोपारेर सयौंसंग यौन सर्म्पर्क गर्ने पुरुषलाई छुट दिइएको तर यस्तो पेशामा लाग्ने महिलालाई भने समाजले कुदृष्टिले हेर्ने गरेको कुरामा यौनकर्मी महिलाहरु निकै दुःखी छन् ।
यस पेशामा लागेका महिला चाहन्छन् उनीहरुको पेशाको पनि सम्मान होस् । यस व्यवसायलाई सुचारु रुपले चलाउँन सरकारको पनि सहयोग आवश्यक देखिएको छ ।
परापूर्वकालदेखि चलिरहेको देह व्यापार अझ भनु भने सवैभन्दा पुरानो व्यवसायको रुपमा देखिने यो पेशालाई श्री ५ को सरकारले पूर्ण त वन्द गर्न सम्भव छ त ? कि यसलाई सुरक्षित तरिकाबाट व्यस्थित गरेर अगाडि वढाउँनु बुद्धिमानी हो त्यो सोच्ने वेला आइसकेको छ ।
we shoud feedom for sexworkers because it is onli samaj le lukakoo,but sexbusiness kahile panee lukeko china nepali samaj maa since many years.why gov.is not alloud to open (besyalaya)..many nepali womens can stop to go overseas like india…..
Comment by Rajesh Chaudhari. — January 18, 2006 @ 5:16 am
तलको क्लीपमा एउटी यौनकर्मी महिलाले ग्राहकसंग गरेको कुराकानीलाई देखाइएको छ । यो कुनै अभिनय होइन ।
hoo ra??
Comment by Rajesh Chaudhari. — January 18, 2006 @ 5:17 am