January 21, 2006

काठमाडौंमा विरोध जुलुस, तोडफोड र दोहरो भीडन्त हुने संभावना

Filed under: News

माघ ७ लाई लक्ष्य वनाएर चर्किरहेको दलहरुको शान्तिपूर्ण विरोध र्‍याली हिजो शुरु हुनु अगावै राज्यद्धारा उक्त कार्यक्रममा माओवादी घुसपैठ हुनसक्ने भनि कार्यक्रमलाई अवरुद्ध पार्न हिजो विहानैदेखि वेलुकीसम्म कर्फयू लगायो । हुनत विहीवार नै विभिन्न पाटीका नेता तथा कार्यकर्ताहरु करिव दुइ सयजनालाई ३ महिने पूर्जी काटी हिरासतमा लिइएको थियो । जसको कारण ७ दलले राखेको शान्तिपूर्ण विरोध र्‍याली पूर्व योजना अनुरुप माघ ७ गते हुन सकेन तर पनि क्रान्तिकारी विद्यार्थीहरुले छापामार जुलुसहरु विभिन्न स्थानमा निकाले ।


View this clip on Vimeo

आज पनि यातायात ठप्प भइसकेको कुरा नेपालबाट उमेश श्रेष्ठ वताउनुहुन्छ । अवको केही क्षणमै काठमाडौं भरी कर्फयू लाग्ने संभावना छ । आज नै UML ले न्यूरोडमा जुलुश निकालिसकेको छ भने आज १ वजे लोकतान्त्रिक संस्थाले पनि वानेश्वरमा जुलुश निकाल्नेछ ।

विभिन्न मिडायावाट प्रकाशित केहिदिन अघिसम्मका भिडियो व्लगहरु हेर्दा आज राजधानीमा जुलुश र सुरक्षकर्मीहरु वीच तोडफोड र भीडन्त हुने संभावना देखिएको छ । सरकारले कर्फयू लगाए पनि विभिन्न पाटी, संघसंस्था तथा विद्यार्थीहरुले अवज्ञा गर्दै जुलुशलाई अगाडि बढाउने संभावना तीव्र भएको कुरा जानकारीमा आएको छ ।

जनताले चाहे जस्तो परिर्वतन हुनुपर्दछ

Filed under: News

अस्ति विहीवार दिनभरिनै व्लग अपडेट गर्न निकै कोसिस गरें तर सफल हुन सकिन । व्लगसममा केहि नयाँ परिवर्तन गर्ने भनेर व्लगसमले झण्डै २४ घण्टा र्सभरमा नयाँ पोष्ट गर्न नमिल्ने वनाएको रहेछ, त्यो आज मात्र थाहा पाएँ ।

नेपालबाट उमेशजीले पडकास्ट स्वरुप न्यूज पठाउनु भएको थियो त्यो अपलोड गर्न पनि सकिन । निकै दुःख लाग्यो, हुनत म पेशागतरुपमा समाचार इडिटर होइन यो मेरो समाजप्रतिको एउटा दायित्व र सौख मात्र हो भन्दा फरक नपर्ला । देशमा भइरहेको द्धन्द्ध, सरकारको नालायकीपन, दलहरुको आन्दोलन आदिवाट प्रभावित भएर देशमा नामे परिर्वतनहरु मात्र होइन साक्षात जनताले चाहेको जस्तो परिर्वतन हुनुपर्दछ भन्ने सोच राख्ने खालको मान्छेभित्र पर्दछु क्यारे त्यसैले होला देश बाहिर वस्दा पनि नेपाल दुख्दोरहेछ । नेपाल आमाको छाती चरचरी चिरिएको वेला, देशका कर्णधार युवाहरुले क्रान्तिको ज्वाला चर्काएको बेला म पनि नेपालमै छु जस्तो लाग्छ ।

हिजो शुक्रवार पनि दिनभरि मनमा अनेकौं कुराहरु खेलिरह्यो । सात दलको कार्यक्रम के भयोहोला, सरकारले कस्तो दमन गर्‍योहोला । र्सवसाधारणमा कर्फ्यूले जनजीवन कति प्रभावित वनायो होला भनेर सोच्नु वाहेक केहि गर्ने सामर्थ्यता म मा हुन सकेन ।

प्रवासको आँगन, त्यसमा पनि साउदी अरेविया जस्तो मौखिक कानुन, र इस्लामिक दर्शनले इतिहास लेखिने राष्ट्रमा भने जस्तो तरिकाले इन्टरनेट र इमेलमा अनि न्यूज मेडियाहरुमा जानु त्यति सरल छैन । त्यसमाथि पनि म साउदी अरेवियाको मरुभूमिय क्षेत्र उधेलिया जसलाई प्रोजेक्ट एरिया भनिन्छ । यहाँ तेल र ग्याँसका ठूल्ठूला पाइप लाइन तथा प्लान्टहरु स्थापित छन् । त्यस्तो ठाउँ जहाँबाट दैनिक उपभोगका सामानहरु समेत खरिद गर्न ४० किलोमिटर टाढाको हफूप मार्केटमा पुग्नु पर्दछ । इमेल, इन्टरनेटको सुविधा अफिसमा मात्र सीमित भएकोले रुममा वसेर न्युज अपडेट गर्नु सम्भव छैन ।

जेहोस् ७ दलको शान्तिपूर्ण कार्यक्रममा माओवादीको हस्तक्षेप हुन सक्ने भनेर सरकारले दलहरुमाथि प्रतिवन्ध लगाएर २०० भन्दा बढी नेता तथा कार्यकताहरुलाई गिरफतार गरेको खवर विहीवार नै र्सार्वजनिक भइसकेको थियो । उनीहरुलाई भ्रामक कुरा गरी र्सवसाधारणलाई उत्तेजित पारी सुरक्षामा खलल पुर्‍याएको अभियोग लगाएर ९० दिनसम्म थुनामा नजरवन्दमा राख्न आदेश जारी गरी पूर्जी दिइएको छ ।

पूर्जी नमुना -श्रोत मेरो संसार
तैपनि विभिन्न स्थानहरुबाट विरोध र्‍यालीहरु छापामार शैलीमा निस्किरहेका छन् । सरकारले कर्फयू लगाएर देशमा शान्ति स्थापना हुन्छ भनेरसोच्ने हो भने देश गृहयुद्धको चपेटामा पर्ने कुरामा दुइमत छैन । सरकारले अव जनताको इच्छा आकांक्षाहरुलाई पूरा गरिदिएर एउटा असल राजामा हुनुपर्ने छवीलाई जनतासामु छल्यांङयाउने वेला आइसकेको छ । माओवादी तथा दलहरुसंग राजाको सहकार्य हुनु पर्ने माग जनताले चाहिरहेको वेला । किन सरकार संविधान सभा र गणतन्त्रप्रति उन्मुख हुन नसकेको हो त्यो भने वुझ्न निकै गारो परेको छ र्सवसाधारणमा ।

आखिर परिवर्तनका धारहरु उत्तेजित भइसकेको वर्तमान अवस्था, त्यसमाथि पनि दलहरुको आन्दोलन, र माओवादीहरुको सैन्य तथा गुरिल्ला छापामार आक्रमणहरुबाट सरकार खोक्रो भइसकेको यो अवस्थामा पनि अझैं कुवाको भ्यागुताले सानो कुवालाई नै संसार मानेर ट्वार ट्वार कराए झैं गर्ने हो भने देश, राजा संस्था र दलहरुको भविष्य राम्रो देखिदैन ।






















Thank you for visiting my blog.