काठमाडौंमा विरोध जुलुस, तोडफोड र दोहरो भीडन्त हुने संभावना
माघ ७ लाई लक्ष्य वनाएर चर्किरहेको दलहरुको शान्तिपूर्ण विरोध र्याली हिजो शुरु हुनु अगावै राज्यद्धारा उक्त कार्यक्रममा माओवादी घुसपैठ हुनसक्ने भनि कार्यक्रमलाई अवरुद्ध पार्न हिजो विहानैदेखि वेलुकीसम्म कर्फयू लगायो । हुनत विहीवार नै विभिन्न पाटीका नेता तथा कार्यकर्ताहरु करिव दुइ सयजनालाई ३ महिने पूर्जी काटी हिरासतमा लिइएको थियो । जसको कारण ७ दलले राखेको शान्तिपूर्ण विरोध र्याली पूर्व योजना अनुरुप माघ ७ गते हुन सकेन तर पनि क्रान्तिकारी विद्यार्थीहरुले छापामार जुलुसहरु विभिन्न स्थानमा निकाले ।
आज पनि यातायात ठप्प भइसकेको कुरा नेपालबाट उमेश श्रेष्ठ वताउनुहुन्छ । अवको केही क्षणमै काठमाडौं भरी कर्फयू लाग्ने संभावना छ । आज नै UML ले न्यूरोडमा जुलुश निकालिसकेको छ भने आज १ वजे लोकतान्त्रिक संस्थाले पनि वानेश्वरमा जुलुश निकाल्नेछ ।
विभिन्न मिडायावाट प्रकाशित केहिदिन अघिसम्मका भिडियो व्लगहरु हेर्दा आज राजधानीमा जुलुश र सुरक्षकर्मीहरु वीच तोडफोड र भीडन्त हुने संभावना देखिएको छ । सरकारले कर्फयू लगाए पनि विभिन्न पाटी, संघसंस्था तथा विद्यार्थीहरुले अवज्ञा गर्दै जुलुशलाई अगाडि बढाउने संभावना तीव्र भएको कुरा जानकारीमा आएको छ ।