January 26, 2006

नेपाली भाषामा व्लगको बाढी

Filed under: Article

चिज कुमार श्रेष्ठ, के.एस.ए.

वास्तवमा व्लग नियमित रुपमा इलेक्ट्रोनिक्स अक्षररुपी सामग्री प्रस्तुत गर्ने एक प्रकारको वेवसाइट हो । व्लग एउटा यस्तो वेभ फर्म्याट पनि हो जसलाई शुरुवातमा सामान्यरुपमा इमेल एकाउन्ट खोले सरह रजिष्ट्रेसन गरी संचालनमा ल्याउन सकिन्छ ।

यसको शुरुवात सन् १९९४ मा एक अमेरिकी कलेज विद्यार्थी जस्टिन हलले गरेको भनिए पनि नेपालमा भने सन् २००३ देखि मात्र प्रयोग हुन थालेको पाइयो । तर नेपाली भाषामा युनिकोड फन्टको प्रयोग गरी २०६१ चैत्रबाट मात्र “मेरो संसार” भन्ने व्लगले शुरुवात गरेको कुरा व्लगर उमेश श्रेष्ठ दावी गर्दछन् । उनले सो व्लगको शिर्षकमा नै लेखेका छन् “नेपाली भाषाको पहिलो व्लग मेरो संसार” । त्यसपछि विस्तारै नेपाली भाषाको व्लगहरुको संख्या वढ्न थाल्यो ।

धेरैको संख्यामा नेपाली भाषाका व्लगहरु नेपालभन्दा वाहिरबाट संचालन भएको देखिन आएको छ । यस्ता व्लगहरुमा हङकङबाट कलमवीरका कलमहरु, पेरिसबाट नेपाल इन्फो, कतारबाट साहित्य सम्बन्धी व्लग सयपत्री, साउदी अरेवियावाट लाली गुराँस, प्रवासवाट, साउदीवाट, निलनको व्लग, नेपाल गल्फ न्यूज, मेरो नेपाल, राजको व्लग, चौतारी, अनेसास साउदी, अनुराग साहित्य, विनित सानु, अनेसास ज्ञान, मेरो दोमुखा आदिको व्लगिङ भइरहेको छ ।

विगत केही समयदेखि झरीमा उम्रिएको च्याउ सरह व्लगहरु यति विध्न खुलिरहेका छन् कि अव त कम्प्युटरमा बस्ने जो कोहीले व्लगलाई प्रयोग गरिहेको छ भन्दा फरक नपर्ला । अहिलेको स्थितिमा व्लग इमेल खाता जस्तो भइसकेको छ । विश्वमा हरेक २ सेकेण्डमा एउटा व्लग रजिष्टर हुन्छ रे । अझ साउदी अरेवियामा त यसको फेसन नै चलेको छ । एक दुइ हुँदाहुँदै दर्जन भन्दा माथि यसको संख्या पुगिसकेको छ । कति व्लगर साथीहरु त एक जनाले ३ भन्दा वढी व्लग रजिष्टर गरेको पनि नदेखिइएको होइन । कतिले सिक्दासिक्दै व्लग खोले र वन्द पनि गरे । कतिले व्लग साइट नाम नै मन परेकोले होला अर्को व्लग तयार पारे ।

व्लगिङ वर्ड पेष्ट भएकोले जो कोहीले यसलाई सजिलै प्रयोगमा ल्याउन सक्छन् । यिनै कारणले होला नेपाली भाषामा पनि व्लग निकै जन्मदै छ तर यसको निरन्तरता माथि भने शंका गर्ने थुप्रै ठाउँहरु छन् । एक त आफैंमा यो शंकास्पद छ । मतलव यो निःशुल्क सेवा भएकोले गर्दा यसमा धेरै समस्याहरुको मुकावला गर्नुपर्ने हुन्छ । यस्ता समस्याहरुमा आफूले भने सरह ठूलो साइजका तस्विर अपलोड गर्न नसक्नु । त्यस्तै भिडियो फाइल अपलोड नहुनु । तस्विरको साइज पनि ३०० केवी भन्दा माथिको अपलोड गर्न नसक्नु । कतिपय हेडिङलाई कलरफुल वनाउँन एच टि एम एल कोड प्रयोग गर्नुपर्ने हुन्छ । जसलाई एच टि एम एल ज्ञान छैन । उसले अक्षरको कलर, साइज, तथा अन्य आफूले चाहेको फर्म्याटमा बदल्न सक्क्तैन ।

अन्य प्राविधिक कारणहरुमा यसका एडमिनिस्ट्रेटरहरुले समय समयमा विभिन्न समस्याहरु थप्ने गर्दछन् । कहिले नयाँ र्सभर अपडेट गर्ने भनेर २४ औं घण्टा व्लगमा अपडेट गर्न नमिल्ने गरी राखिदिन्छन् भने कहिले व्लग नै नखुल्ने गरी ३, ४ दिनसम्म पनि वन्द हुने गर्दछ । यसरी व्लग नै अपडेट गर्न नसक्दा र ३, ४ दिनसम्म बन्द हुँदा निकै समस्याहरु आउँनु स्वभाविक नै हो ।

जे होस्, व्लगले आजको दुनियाँमा तहल्का पिटिरहेको कुरा निर्विवाद छ अझ भन्नु पर्दा साउदी अरेविया जस्तो कठोर शासन र मुस्लिम मौखिक, मुतुवाको आदर्शमा चल्ने कानूनन देश साउदी अरेवियाबाट पनि वर्तमान परिवेशमा हेर्दा व्लगको वाढी उर्लेको छ । यस्ता व्लगहरुमा प्रवासवाट निकै चर्चाको शिखरमा छ ।। “प्रवासवाट” “व्लगको सचित्र वैकल्पिक पत्रकारिताः व्लग” शीर्षकमा माघ १-१५, २०६२ हिमाल पत्रिकामा समेत तस्विर चर्चाको विषय वन्यो, जसका लेखक मेरो संसारका व्लगर उमेश श्रेष्ठ हुनुहुन्छ । अन्य व्लगहरु लाली गुराँस, साउदीवाट, निलनको व्लग, नेपाल गल्फ न्यूज, मेरो नेपाल, राजको व्लग, चौतारी, अनेसास साउदी, अनुराग साहित्य, विनित सानु, अनेसास ज्ञान, मेरो दोमुखा आदि छन् ।

साउदी अरेवियावाट अपडेट हुने पहिलो व्लगको रुपमा निलनको व्लगलाई विर्सन सकिदैन । त्यसभन्दा अघि साउदी अरेवियाबाट व्लगको अपडेट हुने गरेको देखिइएन तर हाल निलनको व्लग केहि समय अघि देखि संचालनमा छैन/खुल्दैन । त्यसपछि उमेरको हिसावले लाली गुराँस पर्न आउछ । जसको हाल भिजिटर संख्या १५,००० पुगेको छ । यसका व्लगरहरु रविन वानियाँ, वलराम गिरी तथा पदम अर्याल हुन् ।

साउदी अरेवियावाट निकै चर्चाको शिखरमा पुगेको व्लग भने “खाडी मुलुकबाट प्रवासी नेपालीहरुको आवाज प्रवासबाट” नै हो । यसको व्लग ठेगाना http://chij.blogsome.com हो भने सजिलोको लागि www.prawaasbat.cjb.net मा गएर पनि हेर्न सकिन्छ । यसभित्र न्यूज, आर्टिकल, समसामयिक विषयवस्तु तथा साहित्यलाई समेत सजाएर राखिएको छ । यो व्लग अक्टोवर २००५ बाट शुरु गरिए पनि पाठकहरुको निकै माया यसले पाएको छ जसको फलस्वरुप करिव ४ महिना भित्र नै यसको भिटिजर संख्या ५०,००० भन्दा माथि पुगेको छ ।

व्लग आजकल निकै चर्चाको विषय भएको छ, यसले वेभ साइटको दुनियाँमा नौलो आयाम थपेको छ । अन्य अविछिन्नरुपमा चल्ने गरेका वेभ म्याग्जिन तथा संचारीक श्रोतहरुलाई समेत यसले प्रत्यक्ष असर पारी पछाडी छोडेको हो कि भन्ने भान हुन्छ ।
यिनै सन्दर्भमा व्लगर उमेश श्रेष्ठ लेख्नुहुन्छ “कतिपय अवस्थामा मूलधारका सञ्चार माध्यमलाई समेत ब्लगले पछाडि छाडिदिएको हुन्छ र मूलधारका सञ्चार माध्यमको समाचार स्रोतसमेत ब्लग बन्नसक्छ । नेपालमा पनि मूलधारका सञ्चारमाध्यमहरूले दिन नसकेका कतिपय कुराहरूलाई ब्लगले अगाडि ल्याएका छन् । विशेषगरी अडियो र भिडियो ब्लगका कारण नेपालमा हाल जारी आन्दोल नका दृश्यहरूलाई विदेशमा रहेका नेपालीहरूले प्रत्यक्ष हेर्ने र सुन्ने मौका पाएका छन् । स्रोत साधन र प्राविधिक ज्ञानको अभाव तथा ब्लगिङलाई अरू देशमा जस्तो पेशा बनाएर जानसक्ने स्थितिमा नभएकै अवस्थामा पनि नेपालमा अडियो-भिडियो ब्लग समेत सञ्चालन हुन सक्नु महत्त्वपूर्ण मान्नु पर्दछ ।

यसको कारण के हो भन्दा व्लग कुनै संस्थागतरुपमा अथवा फाइदा कमाउने उद्देश्य स्वरुप नभइ पत्रकारिताको धर्म निभाउँने हिसावले खुलेका हुनाले यो स्वच्छ, सत्यतामा अडिग पाइएको छ । व्लग युवा पुस्ताहरुको हातमा भएकोले पनि होला । देशको राजनैतिक, आर्थिक तथा सामाजिक परिवेशलाई यसले प्रत्यक्ष असर पारेको छ । जस्तो परिवेश र आतंक वीच राज्य निसासिएको छ त्यो परिवेशलाई व्लगरहरुले प्रत्यक्षरुपमा भिडियो अडियो तथा अक्षरहरुको व्लगिङद्धारा तुरुन्तै संसार सामु राखिदिएको छ । काठमाडौंमा कर्फयू लाग्छ, पूर्वमा दोहरो भीडन्त हुन्छ, विविसीले समाचार भन्नु पहिले व्लग अपडेट भइसकेको हुन्छ ।

व्लगको दुनियाँ यति विध्न वढिसके कि अव त नेपाली भाषाका व्लगरहरुको पनि एउटा संस्था हुनु पर्ने आवश्यकता महसुस हुन लागेको छ । विदेशमा व्लगरहरुको संस्था होलान तर नेपालमा भने यसको कुनै थालनी भएको छैन ।

नेपालको परिपेक्ष्यमा व्लगिङ सेन्सरसीप वा कानुनी अड्चनबाट टाढै रहेर व्यक्तिगत डायरी लेखे जस्तो स्वच्छ पत्रकारितामाथि विश्वास गरी लेखिने गरिएको पाइएको छ । हुनत विदेशमा थुप्रै व्लगरहरु जेलमा परेको कुरा सुनिन नआएको होइन । तैपनि समग्ररुपमा व्लगीङ गर्ने व्यक्ति प्रायः त एक्लो नै हुने गरेको हुँदा आफैं न्यूज लेख्ने, वाचन गर्ने, भिजियुल खिच्ने, मिक्सिङ गर्ने र सम्पादन गर्ने भएकोले पनि यसको एकुरेसी शुद्ध भएको हो । व्लग वास्तवमा जस्तो देखियो त्यस्तै लेखिने भएकोले पनि यसको लोकप्रियता बढेको छ ।

साउदी अरेवियावाट प्रकाशित हुने नेपाली भाषाका व्लगहरु
http://chij.blogsome.com प्रवासवाट, चिज कुमार श्रेष्ठ
http://laliguras.blogsome.com लाली गुराँस, रविन वानियाँ
http://damudd.blogsome.com साउदीबाट, दामोदर ढुंगाना
http://nilan.blogsome.com निलनको व्लग, निलन कुमार थेच्वमि
http://nepalgn.blogsome.com नेपाल गल्फ न्यूज, खेमनाथ पौंड्याल
http://sdhl.blogsome.com मेरो नेपाल, लेख बहादुर श्रेष्ठ
http://rajtamu.blogsome.com राजको व्लग, युवराज गुरुङ
http://ksachautari.blogsome.com चौतारी खवरपत्रिका, चौतारी समूह नेपाल
http://inlssaudi.blogsome.com अनेसास साउदी, अनेसास साउदी अरेविया च्याप्टर
http://inls.blogsome.com अनेसास ज्ञान, अनेसास साउदी अरेविया च्याप्टर
http://romankhawas.blogsome.com मेरो दोमुखा, लिला कुमार खवास
http://binit.blogsome.com अनुराग साहित्य, बिकास मगर
http://sanu.blogger.vu/
http://nepalgulfn.blogsome.com
http://meronepals.blogsome.com

नेपाली भाषाका केही ब्लगहरू
http://merosansar.blogsome.com
http://www.bloggernepal.com.np
http://www.nepalblogs.com
http://www.hknepal.com/wp
http://nepalinfo.civiblog.org
http://ratnapark.blogsome.com
http://ramdahal.blogspot.com
http://sayapatri.blogsome.com

ब्लग खोल्न सकिने केही साइटहरू
http://www.blogsome.com
http://www.blogger.com
http://www.wordpress.com
http://www.livejournal.com
http://www.myspace.com
http://www.blogeasy.com

अडियो/भिडियो
http://www.youtube.com
http://video.google.com
http://video.download.com
http://www.blastpodcast.com
http://www.podomatic.com
http://www.vimeo.com
http://www.podbazaar.com






















Thank you for visiting my blog.