January 30, 2006

नगर निर्वाचनमा ६०० को उम्मेदवारी फिर्ता

Filed under: News

साढे तीनहजार भन्दाबढीले उम्मेदवारी दिएकामा ६०० ले आफ्नो नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। जम्मा पदहरू भन्दा उम्मेदवार कम भएको, सयौं पदमा उम्मेदवारी नपरेको र अरू सयौं पदहरूमा निर्विरोध उमेदवारी परेको नेपालको चुनावी इतिहासमा यो पहिलो घटना हो। उम्मेदवारीको दावी, विरोध र नाम फिर्तालिने म्याद सकिएपछि अब प्रस्तावित नगरपलिकाको चुनावी प्रकृयमा मतदानको अन्तिम चरण मात्र बाँकी रहेको छ। माघ २६ गते हुने भनिएको उक्त मतदानका निम्ति उम्मेदवारी दिनेहरूको संख्या कम रहेकोले मतदाताहरूलाई धेरै विकल्प हुने छैन।

निर्वाचन आयोगले १,००० भन्दाबढी पदमा उमेदवारी नै नपरेको र ति मध्ये अधिकांश वडाध्यक्ष र वडा सदस्य पदहरू रहेको जनाएको छ। त्यस्तै २२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरी सयौं पदहरूमा एकभन्दाबढी उम्मेदवार नभएकाले चुनाव निर्विरोध हुनपुगेको छ। सात प्रमुख दलहरूको सकृय बहिष्कार अभियान र माओवादी विद्रोहीहरूको ज्यानलिने धम्कीकाबीच नगरपालिकाको चुनाव प्रभावित भएको देखिएको छ। सुरक्षाको कारण दर्शाइ कतिपय उम्मेदवारहरूलाई कडा सुरक्षाका साथ विभिन्न जिल्लाका सरकारी भवनहरूमा एकसाथ राखिएको छ।

कम उम्मेदवारी र मनोनयन फिर्तालिनेह‌रूको ठुलो संख्या चुनाव बहिष्कार गर्नेहरूको सफलता हो भन्ने आलोचकहरूको दावी छ।






















Thank you for visiting my blog.