नेपाल आमालाई तिम्रो खाँचो छ अहिले
देशको माया मुटुमा बोकेर बिदेशीन बाध्य देश प्रेमी नेपालीहरु हो
हाम्रो देश त फटाहाको जालमा परिसक्यो अरे
मानवता र सच्चाई त देशबाट बाहिरी सक्यो अरे
निर्दोश हाम्रा आफन्तहरुलाई आंशुका भेलले बगाउन लाग्यो अरे
अन्याय, अत्याचार र कुरितीहरुले देश नै निली सक्यो अरे
क्रान्ति गरी देश बनाउछु भन्नेले गरीवका झुपडी भत्काई दिए अरे
सत्तामा बसी आफुलाई भगवान ठान्नेले पनि गरीवका लास यत्र तत्र विछाए अरे
नेपाल आमा पिंडा सहन नसकी रुंदै हामीलाई पुकार्दै छिन अरे
र्फक र्फक हे विदेशीएका देश प्रेमीहरु हो नेपाल आमालाई तिम्रो खाँचो छ अहिले
निजी श्वार्थ पूरा गर्ने आशामा विदेशीको गुलामी उचित देखिन मैले ।
-अनिल आचार्य