पाल्पा तानसेनमा भिषण आत्रमण, सीडीओ सम्पर्क वाहिर, एक दर्जन सुरक्षाकर्मीको मृत्यु
माओवादीले पाल्पा सदरमुकाम तानसेनमा मंगलवार रातभर गरेको आत्रमणमा परी एक दर्जन सुरक्षाकर्मीको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापा र पाल्पा प्रहरी प्रमुख सम्पर्क वाहिर रहेका छन्।
प्रारम्भिक जानकारी अनुसार तीन सैनिकको मृत्यु भएको पुष्टि सुरक्षाफौजले गरेको छ। माओवादीले राति ११ बजेर पाच मिनेट जादा देखि तानसेनमा आत्रमण शुरु गरेका थिए।
विहान ६ बजे सम्म माओवादीले तानसेनमा विष्फोट गराइरहेका थिए। माओवादीले तानसेनको शिलेखानामा दुइ र बतासेडाडामा गस्तीमा गइरहेको एक सैनिकको हत्या गरेको वुभिएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार, दुर संचार लगायतका कार्यालयमा एकैपटक आत्रमण गरि माओवादीले कारागारका सम्पुर्ण कैदी भगाएका छन्।
माओवादीहरु बसमा आइ आत्रमण गरेका सुरक्षाकर्मीहरुले बताएका छन्। पाल्पाको सचार सम्पर्क विच्छेद भएकाले घट्नाको पुर्ण विवरण प्राप्त हुन सकेको छैन।
श्रोतः परेवा