मेरा साथीभाईहरु
मेरा लुम्रे, लाम्रे र झुम्रे साथीभाईहरु
किन कराउने विदेशमा बसेर ।
अरुको सुनौला ढोकाहरु बाहिर
आफ्नो बा ले खानदिएनन् भनेर
सिंहले मारेर ल्याएको शिकार देखेर ।
राल काटेर बसेको स्यालहरुले झै गरेर
ख्याउं ख्याउं कराएर मुखभरी रालचुहाएर ।
हामी कतिन्जेल बस्ने विदेशमा अरुको भतुवा भएर
यदि हामीले आफूलाई सामर्थ्यावान ठान्छौं भने ।
किन नजाने आफनो देशमा अन्यायसंग लड्न ?
किन नजोत्ने आफ्नै बांजो बारी
फुरके र माले गोरुहरुलाई नारेर ?
किन नबढाउने उरबर शक्ति
पाखो भित्ताहरुलाई कुटो कोदाले खनेर ।
किन नबाउने ठुल्ठूला बांधहरु
हिमालबाट बग्ने अपार पानीलाई थुनेर ।
डिग बहादुर तामांग, मेरिल्याण्ड