मलाई धिक्कार छ
दियो र टुकिमा जन्मेको मलाइ बिजुलि के हो थाहै थिएन
चुरोटको बट्टामा मोटर छाप देखेको हवाइजहाजको ज्ञानै थिएन
परिस्थिति बदलियो अब मोटर र हवाईजहाज पानि पंधेरो भएको छ
जु न देशको सेवा गछु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
त्यसैले मलाई धिक्कार छ
सबैलाइ प्रभाब पारेको थिए देश भक्तिको कबिता र गित गाएर
सानो छदा भन्ने गर्थे देशको सेवा गर्ने डाक्टर र इन्जिएर भएर
रोगिलाइ औषधि गर्ने र गाउमा मोटर ल्याउने खहरेमा पुल हालेर
तर यहा आए पछि कुरा अर्कै भयो
पढाइ अगाडि बढाए ग्यास स्टेसन र रेष्टुरामा काम गरेर
उच्च शिक्षा त प्राप्त भयो तर राख्यो त्यसैले यहि बाधेर
अब म संग धन दौलत इज्जत सबै छ
जुन देशको सेवा र्गर्छु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
देश र आफ्न्तर्लाई ढाटेको हुँदा मलाइ धिक्कार छ
अब त ठुला बढासंग संपर्क बढेकोछ
२,४ हजार डलर र्छन सक्ने औकात भएकोछ
२,४ वटा संस्थामा हैकम पनि चलेकोछ
यता आउने नेतालाइ स्वागत गरिन्छ
उता जादा पत्रिका रेडियो र टेलिभिजनलाइ अन्तरवार्ता दिइन्छ
सब चिज छ तर परिचित पराय भएका छन् देश प्रदेश भएको छ
त्यसैले मलाई धिक्कार छ
देश फर्कि हाल्ने योजना नभए पनि नेपालको प्रजातन्त्र र मानबअधिकार जिव्रोमै झुन्डिएको छ
उताको आन्दोलनलाइ र्समर्थन गरेकै छ यता पनि फाट्ट फुट्ट परदर्शनमा भाग लिएकै छ
त्यसैले पटक पटक संसद भंग गर्ने र संसद अबरोध गर्ने भ्रष्ट नेताहरुको र्समर्थन गरिया छ
नेताकै कारण नेपाल सिक्किम भुटान वा सो सरहनै किन नहोस आफु त यतै बसिया छ
जु न देशको सेवा र्गर्छु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
देश र आफन्तलाई ढांटेको हुंदा मलाइ धिक्कार छ
उता जागिरे थिएं यता ब्यापारि भइएको छ उता कार्यकर्ता थिए यता नेता भइएको छ
उता जनवादि थिएं यहाँ सुबिधाका खातिर प्रजातन्त्रवादि भइया छ
त्यसैले शान्ति र प्रजातन्त्रको लागि गणतन्त्र भन्ने नाराको स्वागत गरिएको छ
तर आफ्नै होश हराएर हो कि क्याहो अरुको मात्रै दोश देख्ने रोग सरेको छ
त्यसैले आफ्नो बिचार नमिल्नेलाइ भारतिए दलाल, बामे, मण्डले, दरबारिया भन्ने गरिन्छ
बाहिर जतिनै फुर्ति गरेपनि मन भित्र भित्रै आजकाल किन हो किन असन्तोश बढेको छ
सब चिज छ तर परिचित पराय भएका छन् देश प्रदेश भएको छ
जुन देशको सेवा र्गर्छु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
देश र आफन्तलाई ढांटेको हुंदा मलाइ धिक्कार छ
निरञ्जन मान सिंह रेग्मी