सपना र बुल्काहरु…
क्षितिजको विशाल छातिमा टेकि
मग्न बहेको सुमधुर हावाको बहावसंग
रमाएर…
जव बादल खेल्दछ…
खुशीले हाँस्दछ…
अनि,
खुल्ला गगनमा हृदय फिजाई…
बादल र हावाको सुमधुर मिलनमा
तब इन्द्रेणी…
आफ्नो सप्तरंङ्गी प्वाँख फिजाई
मयूर झै छमछम नाच्न थाल्दछ ।
तर
त्यहि हँर्साई र नचाईको
मनोरम दृष्य देखि…
इर्स्यालुहरु…
असय हुंदै…
क्रोधित बन्दै
निष्ठूरी बन्दै…
तिनको मिलनमा…
तिनिहरुको खुशीमा…
चट्याङ्ग भई बषिर्न…
मेघ झै गर्जिन थाल्दछ…
र बादललाई लछार लुछुर पार्दै
प्रियसी संग छुर्टाई अलपत्र पार्दछ…
निर्बल… अत्ति निर्बल…
विचरा बादल…
आफ्नो प्रियसीको विछोडमा
गहं भरि आँशु बगाउँदै…
पुनरमिलनको आशै आशमा…
पिडीत हुंदै धर्तिमा र्झछन्…
र तिनिहरु बिच साँचेका
लाखौं सपनाहरु केबल…
केबल मौन धर्तिमा…
एउटा बुल्का भएर फुल्छ…
फुट्छ… र विलिन हुन्छ
-निलन कुमार थेच्वमि