February 4, 2006

बिराटनगर नजिकै बम विस्फोट : १४ जना घाइते

Filed under: News

बिराटनगरबाट १० किलोमिटर पूर्वमा पर्ने लोहन्द्रा खोलामा राखिएको बम विस्फोट हुँदा १० जना केटाकेटी सहित १४ जना घाइते भएका छन्।
पुलमा राखिएको शक्तिशाली बम निस्कृय पार्ने क्रममा दुईजना सैनिकहरू घाइते भएका छन्। विस्फोटबाट पुललाई क्षति पुगेको छ भने बिराटनगर - रंगेली सडक खण्ड दिनभरिनै तनावग्रस्त बनेको थियो। बिहान कारखानाहरूबाट काम सकेर घर फर्कंदै गरेका मजदूर तथा गाउँबाट सामूहिकरुपमा चर्पीको रुपमा प्रयोग गर्न पुलतर्फ जाँदै गरेका केटाकेटीहरू बम विस्फोटन हुँदा घाइते भएका थिए। घाइतेहरूको कोशी अंचल अस्पताल, बिराटनगरमा उपचार भैरहेको छ। निर्वाचनको प्रचार प्रसारको समय दुईदिन मात्र बाँकिरहँदा उम्मेदवारहरूले चुनावी प्रचार प्रसार तीव्र पारेका छन्।

कडा सुरक्षा व्यवस्थाबीच फाटफुट कोणसभा र र्‌याली निस्कन थालेका छन्। तर कतिपय उम्मेदवारहरूले भने घरघरमा गई आफूलाई मत नदिन भनिरहेका छन्। गएराती बिराटनगरको वडा नं. १५ का निर्विरोध वडाध्यक्ष्य त्रिवेणी माझी सहित उनलाई बधाई दिन आएका व्यक्तिको विद्रोहीको गोलीबाट मृत्यु भएपछि बिराटनगर, राजविराज, इनरुवा लगायतका दर्जनौं उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाउँदै आफूहरूलाई मत नदिन अनुरोध गर्दै घरदैलो कार्यक्रम संचालन गरिरहेको बताएका छन्।

सातदल समर्थक विद्यार्थीहरूले निर्वाचनको विरोधमा उम्मेदवारहरूलाई कालो मोसो दलेर बजार घुमाउने, सडकमा टायर बालेर विरोध गर्ने र प्रचार प्रसार सामग्री जलाउने काम गरिरहेका छन्।त्यस्तै प्राध्यापक संघ लगायत नागरिक समाजहरूको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बिराटनगर, काँकडभित्ता, गाईघाट लगायतका ठाउँबाट दर्जनौंलाई पक्राउ गर्नुका साथै लाठीचार्ज गरी घाइते समेत तुल्याएका छन्।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/04/216/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.