February 5, 2006

म त चुनाव लइने भएँ

Filed under: Literature

चिठ्ठा पर्यो एकैचोटी म त चुनाव लड्नेभए
मरे सात लाख लाशमाथि बाँचे मेयर बन्नेभए ।

दुइकउडिमा नबिक्ने म बन्नेभए नगरपिता
चाट्न अ।ए जुठोहड्डी सरकार मलाइ चुनाव जिता ।।

स्वास्नीलेनी दिन्नभोट घर जान छोडी दिए
समाज घर परिवारको सबै नाता तोडीदिए ।

छुट्नेभयो टिकट ब्ल्याकको पुर्खेउली अ।फ्नो पेशा
छाडीदिन्छु कुन्डल लाउन छोटोपारी क।ट्छु केश ।।

चिठ्ठा पर्यो एकैचोटी …………………..

कस्ले भर्दीयो फारमकुन्नी अ।योगले नाम फुक्यो
लोकतन्त्रेको बिरोधलेचै ऒठ तालु दुइटै सुक्यो ।

जीउदै किरीया गर्नथाले मेरा घर परिवारले
छाती माथी सात लाख राख्नु मरेभने सरकारले ।।

वरिपरी शेना पुलिस मन्त्री जस्तै भएकोछु
रोष्टेड सगै ह्वीस्की ब्राण्डी टन्न सग पिएकोछु ।

अस्ती देखी किन किन देब्रे अ।खा फर्फराउछ
मरण पो कस्तो हुन्छ अ।जकल दिउसै तर्साउछ ।।

चिठ्ठा पर्यो एकैचोटी ……………..
-अस्तु-

-विमल गौतम

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/05/211/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.