February 6, 2006

बन्दले जनजीवन ठप्प

Filed under: News

बुटवल ६ फेब्रुअरी २००६ । नगर निर्वाचन विरुद्ध माओवादीले आह्वान गरेको एकहप्ते नेपाल बन्दको पहिलो दिन आइतबार देशभरको जनजीवन पूर्णरुपमा ठप्प भएको छ ।


नगर निर्वाचन बिथोल्ने उद्देश्यले माओवादीले आव्हान गरेको नेपाल बन्दका कारण राजधानीमा पर्यटकहरुले यसरी नै रिक्सा प्रयोग गरे । राजधानीमा आज निकै पातलो मात्रामा सावारी साधन चलेका थिए ।
बन्दका कारण यातायात, उद्योग-कारखाना, बजार, शिक्षण संस्था सबै पूर्णरुपमा बन्द रहे । सुरक्षाकर्मीका सवारी साधन, एम्बुलेन्स, रिक्सा, साइकल बाहेक सडकमा अन्य सवारी साधन गुडेनन् । बन्दको प्रभाव होटल औषधि पसल र पान टंकिमा पनि परेको थियो ।

बन्दले नेपाल भ्रमणमा आएका भारत तथा तेस्रो मुलुकका पर्यटकहरु भने सीमाक्षेत्रबाटै फर्किएका थिए । बन्दका कारण बुटवलबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनहरु आइतबार चलेनन् । माओवादीले रुपन्देहीको नयाँमिल-मणिग्राममा क्षेत्रमा रुख ढालेर तथा शंकास्पद वस्तु राखेर सडकमा अवरोध पुर्‍याएका थिए । सुरक्षा निकायले आइतबार साँझ बुटवलमा माइकिङ गरी यातायात पूर्ववत् सुचारु गर्न र बजार खोल्न आग्रह गरेको थियो । माओवादीले पूर्वतर्फो महेन्द्र राजमार्गमा पनि विभिन्न ठाउँमा अवरोध पुर्‍याएका छन् । तानसेन जाने राजमार्गमा पनि ढुंगा थुपारिएको छ । बन्दका कारण यात्रुहरु गन्तव्य स्थलसम्म पैदल जान वाध्य देखिन्थे ।

यसैगरी नगर निर्वाचन विफल बनाउन व्रि्रोही माओवादीले आइतबारदेखि आह्वान गरेको एक साता लामो नेपाल बन्दका कारण कपिलवस्तुको जनजीवन पूर्णरुपले प्रभावित रह्यो । सदरमुकाम तौलिहवा लगायतका अन्य बजारहरुका पसल, उद्योग धन्दा र कल कारखाना पनि बन्द रहेका छन् । जिल्ला भरि नै यातायातका साधन चलेका छैनन् । शिक्षाण संस्थाहरु पनि सबै बन्द रहेका छन् । सरकारी कार्यालयमा पनि र्सवसाधारणको निकै कम उपस्थिति रहेको छ । बन्दका क्रममा जिल्लामा हिंसात्मक घटना नभएको सुरक्षा स्रोतले बताएको छ ।

यसैगरी चितवनका व्यवसाय उद्योग, शिक्षण संघसंस्था खोल्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार माइकिङ गरेको छ । अघिल्लो दिन नियन्त्रणमा लिएका टेम्पोको नम्बर प्लेट छोपेर सुरक्षाकर्मी सवार टेम्पोबाट सुरक्षाको व्यवस्था आफूहरुले गर्ने जनाउँदै बन्द भएका सबैै व्यवसाय संचालन गर्न आग्रह गरिरहेको थियो । बन्दका कारण चितवन दिनभर सुनसान रहेको थियो ।

पाल्पामा नेपाल बन्दको पहिलो दिन तानसेनको जनजीवन प्रभावित बन्यो । कुनैपनि राजमार्गमा सवारी चलेनन् भने औषधी पसल मात्र खुलेका थिए । सडक खेल मैदान बनेको थियो । केही दिन अघि माओवादीले आक्रमण गरेपछि त्रस्त बनेको तानसेनमा सुरक्षा गस्ती पनि देखिएन भने पहिलेका बन्दमा जस्तो सुरक्षाकर्मी पसल खुलाउँदै पनि हिंडेनन् ।

श्रोतः एफ एन न्यूज

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/06/218/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.