February 8, 2006

परदेशमा वस्ने नेपालीप्रति समर्पित

Filed under: Literature

केही भयो कि जस्तो लाग्छ भूइंमा पात खस्दा पनि
घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि

कस्तो भयो होला अचेल म हुर्केको गाउँ मेरो
साथी संगी लिंदा होलान कहिलेकांही नाउँ मेरो

मै फक्र्यो कि भन्दा होलान् गाउंमा कोही पस्दा पनि
घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि

परदेश बस्ने रहर हैन कहर मैले काटी रा’ छु
आँशु हाँसो जिन्दागीको सुख दु:ख साटी रा’ छु

भक्कानिन्छ मन मेरो जति सुकै कस्दा पनि
घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि

रमेश पौडेल
. . . .. . . . . . . . . .. . . . . . . . .

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/08/220/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.