प्रेस बिज्ञप्ति
स्थानीय निर्वाचनको निम्ति नेपालभाषा मंकाः खलः यलको स्थान प्रयोगमा ल्याउन लागेकोमा नेपालभाषा मंकाः खलः यलको ध्यानाकर्षा भएको छ । मंकाः खलः बिशुद्ध भाषिक र जातिय संस्था भएकोले बर्तमान चुनावसंग यस संस्था संस्थागत रुपमा निरपेक्ष छ । चुनावको लागि यस संस्थाको ठाउँ प्रयोग गर्न आवश्यक कुनै पनि आधिकारिक सूचनासम्म पनि नदिई एकैचोटी मतदान केन्द्रको सामग्री ल्याई संस्थाको सभा भवन प्रयोगमा ल्याएकोमा यस नेपालभाषा मंकाः खलः यलको कुनै पनि किसिमको सहमति नभएको कुरा प्रस्तुत गर्न चाहन्छौं । संस्थाको भौतिक पूर्वाधारमा कुनै पनि किसिमको असर परेमा सम्बन्धित निकाय नै क्षतिपूर्तिको निम्ति सम्पूर्ण रुपमा जिम्मेवार हुनेछ ।
शाक्य सुरेन, सचिव
नेपालभाषा मंकाः खलः यल