जव जव यस धरतीमा अन्याय र अत्याचारले जरा गाड्छ तव तव देशले शहीदको वलीदान माग्दछ ।
हाम्रो देशको सर्न्दर्भलाई नियाल्दा हरेक दश दश बर्षमा साना ठूला परिवर्तन भइराखेका छन् । देशका सुपुतहरुले खोक्रो शान बोकेर वसेका साढेहरुको नाङगो नाँच उदांग पारिदिएको पनि छ, २००७, २०१७, २०३६, २०४६……….। आज २०६२ को यो प्राङग्णमा पनि उनै दुःख र आतंकका दिनहरु नेपाली जनताले भोगिराखेको छ्न । आजसम्म जे जति परिवर्तनहरु भए केवल ठूलावडाका लागि, जो साना र गरिवीको रेखामुनि अवस्थित छन् तिनको दिन हिजो पनि थिएन र आज पनि आएको छैन ।

दलका नेताहरु पनि फाटेको झोला र चुडिएको चप्पल लगाएर भित्रिएका थिएँ उनले पनि २०४६ देखि २०५६ को वीचमा निकै आफूलाई माथिल्लो लाइफ स्टाटसमा धकेले । आजको यो युद्धमा जनताको सपोट दलहरुले पाउँदैनन् भने पनि अनौठो मान्नु पर्ने केही कुरा छैन । जुन जोगी आएपनि कानै चिरेका ………………… आन्दोलन र विपक्षमा बस्ने दलका नेताहरु जहिले पनि सत्तामा जान दीलोज्यानले लागि परिरहे । कति पाटीहरु सत्तामा जान र मन्त्री खानकै लागि वारम्बार टुक्रिरहे ।
अवत पहिलो जस्तो दिनहरु पनि रहेन, जनताले आफ्नो अधिकार सुरक्षित राख्न हात माथि हात र काँधमाथि काँध मिलाउन लागि परेका छन् । २०६२ साल माघ २६ को शाही सरकारले गराउँन खोजेको नगरपालिकाको चुनाव पनि हाँस्पयास्पद ढंगबाट भर्खरै समाप्त भएको छ । २० प्रतिशत मात्र मतदान हुँदा पनि सरकारले चुनाव निकै रौनतकताका साथ सम्पन्न भएको दावी गर्नु कति लज्जास्पद कुरा हो । ८० प्रतिशत जनताले भोट नहाल्दा पनि शाही सरकारले जनताको इच्छा बुझ्न नसकेको हो या बुझ्न नचाहेको हो ।
यिनै विषयसंग सम्बिन्धत रहेर माओवादीले चुनावको समय पारेर ७ दिन लामो नेपाल वन्द वीचमै फिर्ता लिइ वन्द सफल रहेको भने । चुनावकै प्रसंगमा रहेर दलहरु तथा विद्यार्थी संगठनहरुले चुनावको विपक्षमा व्यापक जुलुश तथा सरकार प्रति आपत्ति जनक शब्द प्रयोग गर्दा पनि शाही सरकार दलहरुसंगको समझदारीमा आउनु भन्दा प्रतिपक्षमा बस्न रुचायो, सायद ।
चुनावको प्रसंगले देशभर दंगा र झडपहरु निकै भए। अहिलेसम्मको जानकारीमा घटनास्थलमै शहीद हुनेको संख्या (यो निर्वाचनमा) एक मात्र देखिए पनि घाइते हुने र सुरक्षा निकायको यातानामा निकै विद्यfर्थी आन्दोलनकर्ताहरु परे । कयै ठाउँहरुमा दिउँसै कर्फु लगाउनु पर्ने स्थिति रहयो । हालको चुनावमा सवैभन्दा बढी मत गौर नगरपालिकामा ७१% खस्यो भने सवै भन्दा कम लेखनाथ नगरपालिकामा मात्र १% खसेको कुरा निर्वाचन आयोगले जानएको छ । समग्ररुपमा नेपाल अधिराज्य भरी करिव २0% मत खस्यो ।
जे होस्, समय परिवर्तन भएको पक्कै हो, पंचायती व्यवस्थालाई २०४६ सालमा श्री ५ वीरेन्द्रबाट दाहसंस्कार गरिए पनि वहुदलीय व्यवस्था २०१७ साल तिर झुकेको सवै सामु लुक्न सकेन । जनता त्यतिवेला पनि मर्माहत थिए, आज पनि छन् नै ।
ke ho bro, mero photo use garne, ani credit chahin nadine ?
;)
+======================================+
धन्यवाद उमेशजी,
हजुरहरुको सुझाव, सहयोग र विश्वासले नै त यो व्लग चलिरहेको छ । वास्तवमा हिजो अलि हतारमा पोष्ट गर्दा फोटोको तल श्रोत खुल्न नगएको रहेछ, अनि अफिसिसियल व्यस्ताले गर्दा रिभिउ गर्न पाएको थिइन ।
Anyway, thanks a lot for your kind information.
Chij Kumar Stha
Comment by umesh — February 11, 2006 @ 10:06 pm