February 14, 2006

जसका नाममा प्रसिद्ध छ भ्यालेन्टाइन डे

Filed under: News

-सन्तोष प्रजापति

निश्चय नै माया, प्रेम र यससँग सम्बन्धित वस्तुहरू भने पक्कै पनि नराम्रा होइनन् । संसारमा कोही पनि अमर छैनन् । तापनि प्रेमको माध्यमबाट अमर गाथा कोरी संसारमा युग युगान्तरसम्म बाँचिरहेका जोडीहरू वेगम मुमताज-शाहजहाँ, नुरजहाँ-जहाँगीर, वाजीराव-मस्तानीका नामहरू अग्रपंक्तिमा आउँछन् । यी वास्तविक प्रेम गाथाहरूभन्दा मुना-मदन, मालती-मंगले, रोमीयो-जुलियट, हिर-रांझा आदि नाटकीय पात्रहरू पनि प्रेमकै माध्यमबाट अमर भएका हुन् ।
‘भ्यालेन्टाइन डे’को सुरुवात यकिन नभएपनि यसको प्रमुख देन सेन्ट भ्यालेन्टाइनलाई गएको छ । रोमका तत्कालीन शासक क्लाउडियस द्वितीयले आफ्ना सेनालाई प्रेम तथा विवाहमा बन्धनमा बाँधिन प्रतिबन्ध लगाएका थिए । विवाह बन्धनमा बाँधिदा सैनिकहरूको शारीरिक क्षमता र आत्मबल घट्ने तथा सुरक्षा नीतिमा कमजोरी देखा पर्ने हुनाले विवाह तथा प्रेममिलापमा प्रतिबन्ध लगाएको विश्वास गरिन्छ । तर त्यहाँका पादरी भ्यालेन्टाइनले त्यस प्रतिबन्धलाई लत्याएर धेरैलाई विवाह बन्धनमा बाँधिदिए । जुन कुरा सम्राट क्लाउडियसलाई असह्य भयो । फलतः सन् २६९ फेब्रुवरी १४ का दिन उनलाई मृत्युदण्ड दिइयो । मर्नुअघि उनले जेलरकी अन्धी छोरीलाई एक सन्देशमा ुँचom थयगच ख्बभिलतष्लभु भनी पठाएका थिए जुन सन्देशलाई आजपनि पवित्र मानी सोही सन्देशका कार्डहरू एकअर्कामा बाँड्ने चलन छ । अर्को पक्ष भने धर्म र प्रेममा कट्टर पादरी भ्यालेन्टाइनको हत्या सन् २७० फेब्रुवरी १४ मा इर्साई नरसंहारको समयमा भएको मान्छन् । यसरी उनको सम्झनामा हरेक फेब्रुवरी, १४ का दिन ठाउँ-ठाउँमा शोकसभा आयोजना हुन थाले । यसै भेलामा युवायुवतीहरू नजिकिने अवसर पाउँथे अनि प्रेममा रमाउँथे । सेन्ट भ्यालेन्टाइनको इतिहास पनि विवादबाट अछुतो छैन । कोहीले सेन्ट भ्यालेन्टाइनलाई सैनिकहरूको विवाह गरिदिने लमीको रूपमा लिए र भ्यालेन्टाइनलाई प्रेम दिवस भन्दा विवाह सुत्रमा बाँधिने दिवसको रूपमा मनाउनु पर्ने विचार पोखे । यसै प्रकारले प्रसिद्ध साहित्यकार विलियम वर्डर्सवर्थले ‘भ्यालेन्टाइन डे’ लाई अर्कै अर्थमा परिभाषित गरेका छन् । फेब्रुवरी, १४ का दिन सबैजना एकै ठाउँमा भेला हुने गर्दथे । त्यस दिन कसैले कसैलाई गाली गर्न नहुने भएकाले युवायुवतीहरू एक अर्कामा प्रेम प्रस्ताव राख्थे । त्यहाँ उपस्थित हुनेहरूमा धेरैको मायाप्रीति बस्ने र वैवाहिक जीवनमा बाँधिने काम हुन्थ्यो । तर, हाल आएर फेब्रुवरी, १४ मा सेन्ट भ्यालेन्टाइनको श्रद्धा भन्दा मायाप्रीति गाँस्ने दिन हुन पुग्यो र यस दिनलाई प्रेम दिवसको रूपमा चिनिन थाल्यो । सोही बहानामा मौलाएको यो दिवस आज आएर प्रायजसो सम्पर्ूण्ा विश्वले मनाउने मुख्य चाड भएको छ ।
पुरातन् इर्साई धारणाअनुसार यस दिन चराचुरुङ्गीहरू पनि प्रणय सूत्रमा बाँधिने विश्वास गर्छन् । ‘भ्यालेन्टाइन डे’ अहिले इर्साई धर्मावलम्वीको चाड मात्र नभई आधुनिक युवायुवतीहरूको नौलो फेशनको रूपमा चर्चा पाएको छ । प्रणय दिवसमा विकृति छाएकोले यसलाई पूर्वीय समाजद्वारा विरोध पनि नगरिएको होइन । कट्टरपन्थी हिन्दूहरू यसलाई आधुनिक युवायुवतीलाई धर्म परिवर्तन गराउने षडयन्त्र मान्छन् । उनीहरू यस्तोखाले चाडले धार्मिक अतिक्रमण गरेको र युवाहरू आफैं सचेत भई आफ्नै धार्मिक रीतिरिवाज र संस्कारलाई निरन्तरता दिनुपर्ने कुरा बताउँछन् । बरु ‘भ्यालेन्टाइन डे को साटो श्रीपञ्चमी -यसदिन भगवान कृष्णलाई रुक्मिणीले प्रेमपत्र पठाएकी थिइन्) लाई प्रेम दिवस अनि विवाह पञ्चमी -राम र जानकीको विवाह भएको दिन) लाई प्रणय दिवसको रूपमा मनाउनुपर्ने कुरामा आवाज उठाउँछन् । अझ श्रीपञ्चमीदेखि वसन्त ऋतुको आगमन हुने भएकोले नै यो दिन विषेशतः प्रेमी-प्रेमिकाहरूका माझ रोमान्सका लागि अझ महत्वपर्ूण्ा मानिन्छ ।
आजकाल शहरका प्रायजसो गिफ्ट शपहरू आकर्ष कार्ड तथा गिफ्टहरूले झकिझकाउ भएका देखिन्छन् । किशोर किशोरीहरू कार्ड छान्न व्यस्त छन् । कसैको मुहारमा डर त कसैको मुहारमा कौतुहलता र रोमाञ्चकताको भाव प्रष्ट झल्किरहेका छन् । विद्यार्थीहरूदेखि लिएर नव दम्पतिहरू समेत फेब्रुवरी १४, अर्थात् प्रेम दिवसका लागि तयारीमा देखिन्छन् । हरेक वर्षफेब्रुअरी १४, मा पर्ने ‘भ्यालेन्टाइन ड’े लाई युवा युवतीहरू प्रेम दिवसका रूपमा मनाउँदै आइरहेका छन् । यस विशेष दिनमा युवायुवतीहरू एक अर्कालाई कार्ड, उपहार या अन्य माध्यमबाट प्रेमलापका सन्देशहरू आदान-प्रदान गर्छन् भने विवाहित जोडीहरू आफ्नो प्रेमको दर्ीघायू र गाढापनको कामना गर्दै एक आपसमा शुभेच्छा साटासाट गर्छन् ।
यसरी ‘भ्यालेन्टाइन डे’ को लोकप्रियतालाई साथीभाइको देखासिकी र पत्रपत्रिका -विशेषगगरी इन्टरनेट) ले अझ उकासेको प्रष्ट हुन्छ । इन्टरनेटबाट जोडी भेट्टाइदिने ‘लमी वेभसाइट’ हरू यस दिनलाई प्रमुख दिन मान्छन् । त्यस्तै शहरतिर खोलिएका डान्स रेष्टुराँ र डिस्कोथेकमा यस दिनका लागि भनी विशेष कार्यक्रमको आयोजना गर्छन् । युवा वर्गमा लोकप्रियता पाएको ‘भ्यालेन्टाइन डे’ हाल आएर एउटा विकृतिको रूपमा देखिन थालिएको छ । पहिलो भेटको आकर्षालाई नै प्रेमको संज्ञा दिनु र प्रेम प्रस्ताव आइहालेमा पनि तत्काल सकारात्मक निर्ण्र्ाागर्नु उचित हँुदैन । प्रेम योजना बनाएर गरिने कुरा पक्कै पनि होइन, तर भ्यालेन्टाइन डेमा युवायुवतीहरूको योजना प्रष्ट झल्कन्छ । प्रेम र आकर्षालाई नबुझ्नु नै विछोड र पीडाको संकेत हो । जीवनलाई प्रेममय बनाउनका निम्ति योग्य प्रेमी/प्रेमिका चिनेर भविष्यमा हुने धोकाप्रति र्सतर्कता अपनाउन सकिन्छ । नबिराउनु, नडराउनु भन्ने उक्तिलाई आत्मसात् गर्दै ‘भ्यालेन्टाइन ड’े लाई फेशनको रूपमा नलिई विकृति हटाउनुपर्ने कुरा आजका पिढींले बुझ्नुपर्छ । तर, भ्यालेन्टाइन डेको नाममा विदेशी संस्कृतिलाई मात्र प्राथमिकता दिनु हुँदैन र हाम्रो आफ्नै संस्कृति बचाउन पनि आजका युवाहरू अग्रसर हुनैपर्छ । काभ्रे टाइम्सबाट

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/14/235/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.