February 15, 2006

नवलपरासी भिडन्तमा तीन सुरक्षाकर्मी, कयौं माओवादी मारिए

Filed under: News

पाल्पाको बहादुरपुर र नवलपरासीको मणिपुरको सिमामा पर्ने बिबिके इलाकामा भएको सुरक्षाफौज र विद्रोही माओवादी बीच भएको भिडन्तमा परि तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । भिडन्त राती १२ बजे देखि विहान ४ बजेसम्म भएको बुझिएको छ । शाही नेपाली सेनाको जनसर्म्पर्क निर्देशनालयले माओवादीतर्फपनि ठूलो क्षति भएको छ, तर पूर्ण विवरण प्राप्त भइसकेको जनाएको छ ।
नवरपरासीको सुनौलमा सुरक्षाकर्मीमाथि आक्रमण गरेर भागेका माओवादीको खोजतलासको लागि गएको सुरक्षाफौज र माओवादी बीचमा त्यस इलाकामा भिडन्त भएको बताइएको छ । त्यस क्षेत्रमा अहिले पनि सेनाले हवाई र स्थल कारबाही गरिरहेको बुझिएको छ । सेनाको नाइटभिज हेलिकोप्टरले बिहान २ बजेदेखि भिडन्तस्थलमा गस्ती गरेको बताइएको छ । तर विद्रोही माओवादीले भने आफ्ना तर्फभएको क्षतीका बारे केही उल्लेख गरेको छैन ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/15/238/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.