चार शाही सेनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते
पाल्पा, फागुन ३ गते/ पूर्व-पश्चिम राजमार्गको सुनवलमा जनमुक्ति सेनाको हमलाबाट ठूलो पराजय भोगेको शाही सेनाले फेरि हिजो पाल्पा ज्यामिरेको वेभोखे भन्ने स्थानमा जनमुक्ति सेनाको अर्को हमलामा नराम्रो हार खानुपर्यो ।
हिजो राति ११ बजेदेखि शुरु भएको भिडन्तमा कथित रेञ्जर बटालियनका चार जना शाही सेनाको मृत्यु भएको र २ दर्जन भन्दा बढी शाही सेना घाइते भएको जनमुक्ति सेनाको पश्चिम सैन्य कमाण्ड हेडक्वार्टरले जनाएको छ । भिडन्तमा आफूहरु तर्फ २ जना जनमुक्ति सेना सामान्य घाइते भएको कुरा पनि सोही कार्यालयले बताएको छ । Source: krishnasenonline