February 16, 2006

चिसोले कठाङ्ग्रिने देश साउदी अरेवियाः एक अनुभव

Filed under: News

-चिज कुमार श्रेष्ठ

सुन्दा अचम्म लाग्ला, साउदी अरेविया जस्तो पचास डिग्रीभन्दा माथि तापक्रम रहने देशमा कठाग्रिने कुरा सुन्दा । हो, यहाँको वातावरण अचम्म लाग्दो छ । चार प्रकारका सिजनहरु यहाँ हुने भएता पनि मुख्य गरी २ प्रकारका मानिन्छन्, गर्मी र जाडो । गर्मीमा अत्यन्त तापमान हुने गर्दछ भने जाडो सहन गर्न मुश्किल पर्दछ ।


रियादलाई साँझ नियाल्दा

यसपाली पनि जाडोको सिजन शुरु भइसकेको छ । सामान्यतया नोभेम्बरको आधाआधीबाट जाडोले आफ्नो प्रभुत्व जमाउने यस क्षेत्रमा डिसेम्वरबाट भने जाडोको अत्यधिक चाँप बढ्ने गर्दछ । जाडोको समयमा प्रचुर मात्रामा चिसो सिरेटो चल्नु तथा झरी पर्नुले वातावरणलाई अझ निरस बनाउने गर्दछ ।
अफिसियल समय विहान सात देखि दिनको साढे तीन वनेसम्म सामान्यरुपमा चल्ने गर्दछ । अव अलिकति प्रसङवश मेरो बारेमा कुरा गरौं-म कतिसम्म अल्छी थिएँ भने कलेजका दिनहरुमा समेत दोस्रो, तेस्रो परियडमा मात्र कलेज पुग्ने गर्दथे । विहान सवेरै उठ्नु मेरो लागि सगरमाथा चढ्नु भन्दा सानो कुरा थिएन । तैपनि अफिस त जानै पर्‍यो । बेलुकी नै मोवाइलमा ५:३० बजेको आलाम सेट गर्ने गरेको छु । विहान साढे ५ मा आलाम कानमा पर्दछ । म पुनः मोवाइलको आलाम बन्द गर्दछु र फेरि अल्छी मानेर पुनः निदाउँछु केहीबेर । साथीहरु पहिले नै तयार भैसेका हुन्छन् । टि.भि.मा मीठो नेपाली पप धुन बजिरहेको छ, ठ्याक्क ठ्याक्क । साथीले घच्घचाएपछि आँखा भित्तामा झुण्डिराखेको भित्तेधडीमा गएर अड्किन्छ, घडीले पनि साथ छोडिसकेछ, ६ बजाएर । हतार हतार ट्वेल, ब्रस र ….लिएर वाथरुम पुग्दछु । अचम्म लाग्ने कुरा कहिलेकाही बाथरुममा नै मस्त निदाउँदो रहेछु । साथीले बाहिरबाट चिज भनेपछि झसङ्ग व्यूझिन्छु र हतार हतार नित्यकर्म सिध्याएर रुममा पुग्ने गर्दछु । सवै साथीहरु वस स्टेसनमा पुगिसेका हुन्छन् म भने चिया होइन विहान विहान खाना खाने जमर्कोमा लागेको हुन्छु । किनकी म अफिसमा खाना खान चाहन्न भनुया मलाई अप्ठयारो महसुस हुन्छ । हुनत अफिस विल्डिङमा खाना खाने अनुमति छैन भन्दा पनि हुन्छ । क्याटरिङ सेवा त छ नै तर त्यहाँको खाना हामीले एफोड गर्न नसक्ने हुन्छ भन्दा गलत नहोला । विशेष गरी त्यहाँ व्रिटिश, अमेरिकन, जापनीज लगायत साउदीको नागरिकता बोकेकाहरुका लागि प्राथमिकता दिएर खडा गरिएको छ । जसमा एक कप चियाको मूल्य साउदी रियाल १ देखि ५ सम्म पनि पर्दछ यसलाई नेपालीमा रुपान्तरण गर्ने हो भने रु. २० देखि १०० सम्म सामान्य कुरा हुन् । कफी, व्रेड आदि पनि एउटै रेटका अथवा अझ माथिका छन् । त्यसैले हरेक नेपालीले आफ्नो व्यवस्था कम्पनी मेस अथवा आफै तयार गरेर ल्याएमा उपयुक्त हुन्छ र प्रायतः सवै कन्टाक्टर नेपालीहरुले यसै गर्दछन् । सामान्यतया भन्नुपर्दा माथिल्लो तहका अफिसहरुमा चिया, कफी तथा सामान्य व्रेड, खजुर आदि जस्ता चिजहरुको व्यवस्था गरिएको हुन्छ तर साइटका अफिसहरु लगायत युनिटहरुमा भने यस्तो सुविधा कमै हुने गर्दछ ।
त्यसैले म सधै सवेरै खाना रुममा नै खाने गर्दछु । मध्यान्हको समयमा व्रेड, टि, कफी आदि भोजन गर्दछु । हुन त कतिपय साथीहरुले खाना लगेर खाने गर्दछन् पनि तर म भने खाना रुममा खान नै बेश सम्झन्छु ।
जाडो महिनाको समय भएपनि यहाँ हरेक वस्तु एयर कन्डिसनबाट प्रभावित हुने भएकोले अफिस तथा वस भित्रको वातावरण सामान्य रहने गर्दछ । साउदी अरेविया मरुभूमिय देश भएको कारण थोरै पानी परेपनि जमीनमा ताल वन्ने गर्दछ र सुक्न हप्तौ लाग्ने गर्दछ । यहाँ सामान्यतया जाडो महिनामा पानी पर्ने गरेको मेरो अनुभवले वताउँछ । पानी परेको समयमा कति सडकहरु पानीको भलले अवरुद्ध हुने हुँदा नेपालको झझल्को नल्याउने पनि होइन । यहाँ नेपालको झैं रोडलाई भलले बगाउने सामार्थ्यता भने भलले देखाउन सक्तैन कारण क्वालिटीयुक्त सडक तथा समथर जमीन हुनु पनि एउटा विशेष कारण होला ।
आज विहान बाक्लो हुस्सु लागेको थियो । नजिक आइरहेको अर्को बसलाई समेत ड्राइभरले देख्न सकेन । झण्डै दुर्घटनामा परिणत भएको थियो । हुनत यहाँको सडकको विशेषता नै वेग्लै छ । चौडा सडक हुनु त्यसमा पनि वान वे व्यवस्था भएकोले दुर्घटनाको संख्यालाई निकै कम गरेको छ तर पनि वेलावेलामा सडक दुर्घटनाहरु हृने गर्दछन् नै त्यसको प्राथमिक कारणमा मुख्यातया ओभर स्पिड नै प्रमाणित हुने गर्दछ । । हाइवेमा रेडार प्रयोग गरिएको हुँदा अधिकतम वेग १२० कि.मि. प्रतिघण्टा भन्दा माथि निषेध गरिएको छ । यसभन्दा माथिका वेग बढाएमा रेडारले पक्रने र जरिवाना तथा जेलको जीवन पनि हुन सक्तछ । तैपनि यहाँ यो भन्दा बढी वेगमा डाइभिङ गरिदैन भन्ने चाहि होइन ।
यी यावत नीति नियमहरु एकातर्फछदैछ । डाइभिङ पेशामा लाग्नेहरु तथा निजी कार हुनेहरुले १८० देखि २४० सम्म पनि कुदाउने गरेको भेट्न सकिन्छ । कुरा यतिमात्र हो तिनीहरुले रेडारको क्षमताभन्दा बाहिरका क्षेत्रहरुमा गर्ने गर्दछन् । कतिपयले त रेडार एरियामा समेत गरेको पाइए पनि “आना साउदी” मतलव “म साउदी हुँ” भने पछि साउदी प्रहरीले छोड्ने गरेको पाइएको छ तर विदेशीहरुको हकमा भने कुनै छुट छैन ।

यहाँ सडक दुर्घटनाको प्रवल सम्भावना एकै दिशामा चल्ने वाहनहरुमा हुने गर्दछ । अगाडिको वाहनको गल्ती भएपनि पछाडीबाट ठोकिने वाहन चालकको गल्ती मानिने हुनाले पछाडीभन्दा अगाडि हेरेर डाइभिङ गर्दा फाइदा हुने गर्दछ । दुर्घटनाको प्रमुख कारणहरुमा ओभर स्पिड हुनु मुख्य कारण मान्न सकिन्छ भने कहिलेकाही ब्रेक फेल हुनु, हुस्सुको कारण बाटो नदेखिनु, नजिकैको वाहन नदेख्नु, सामान्य झरी पर्दा रोड चिप्लो हुनु, ट्राफिक लाइटको नियँत्रणमा रहन नसक्नु अथवा ज्ञान नहुनु आदि हुन् । यस्तो समस्याहरुको निराकरण गर्न साउदी सरकारले विभिन्न प्रकारका टेनिङ, सेफ्टी इन्सपेकसन कार्यक्रमहरु वारम्वार चलाउने गर्दछन् । तलको सूचनालाई हेरौं, यो साउदी आरामको कम्पनीले कर्मचारीहरुलाई दिइएका सेफ्टी प्रिकसन हो ।
Driving In Rainy Weather
Driving in rain can be very dangerous, especially during the first few minutes of a rain. The rainwater mixes with oil and dirt on the road to make the road surface slippery. As a result, it can be difficult to control your vehicle.

Here are some safety precautions to follow when you drive during the rainy season:

In rainy season, check your wiper blades for wear and test wiper mechanism.

When it’s raining turn on your headlights low beam. High beams cause glare in heavy rain. In order to improve visibility. Turn on your windshield wipers to clean water and mud off the windshield.

On wet roads, allow more than the normal distance between you and the vehicle ahead.

Slippery roads greatly reduce tire traction. Any sudden movement, such as turning the wheel quickly, braking, or rapid acceleration, can cause your vehicle to skid or hydroplane. At lower speeds a tire in good condition can grip safely on wet roads.

If your vehicle does go into a skid, stay calm and take your foot off the accelerator gently. Do not apply the brakes. Try to correct the skid by turning your steering wheel gently in the direction the rear end of the vehicle is moving. Straighten your wheel and proceed normally once the skid is corrected. You should be able to gain control of your vehicle if you were not going too fast.

वाहन चलाउँदा हरेक चाहे अघिल्लो सिटमा बस्ने होस् या पछिल्लो सवैले सेफ्टी वेल्ट बाँध्नु आवश्यक छ । विना बेल्ट कोही समातिएमा जरिवानाको भागीदार रहने गर्दछ । यहाँ जाडोको प्रभाव नोभेम्बर देखि करिव मार्चसम्म रहने गर्दछ । त्यसपछि गर्मीको सीजन शुरु हुन्छ । जुन सम्झदा ज्यादै कठीन लाग्नु स्वभाविक नै हो । तर पनि गर्मी नेपालको जस्तो पसिनाले बाफिने नभएर छुट्टै मज्जा बोकेको हुन्छ । यसको मतलव गर्मी मज्जा हुन्छ भन्न खोजिएको भने होइन । गर्मी हुनुको मुख्य कारण मध्ये तातो हावा प्रचुर मात्रामा बहनु पनि एक हो । यहाँ अफिसभन्दा बाहिर काम गर्नेहरुले शीरदेखि पैतालासम्म बाक्लो कभर अल नामक कपडा पहिरिने गर्दछन् । टाउकोको सुरक्षाका लागि हेल्मेट, खुट्टाको सुरक्षाको लागि सेफ्टी सुज जसको अगाडिको भागमा कडा वस्तु प्रयोग गरी वनाइएको हुन्छ ।

सेफ्टी सुज नेपालको आर्मी वुट जस्तो मान्न सकिन्छ तर यसमा अगाडिको भागमा ज्यादै बलियो स्टिल प्रयोग गरिएको हुन्छ । हुनत आजकल यो विभिन्न आकर्ष डिजाइनमा पनि पाउन सकिने भएको छ । क्यालक हेरि आफूलाई मन परेको जुत्ता अर्डर गर्न सकिन्छ । यो जुत्ता माथि सामान्य कारको पाङ्ग्रा चढेपनि उक्त व्यक्तिलाई कुनै असर पर्दैन भन्ने मान्यता छ ।
पुरै शरीर कभर अलले ढाकिएर पचास डिग्रीभन्दा माथिका तापक्रममा काम गर्दा पनि पसिना नगण्य मात्रामा देखा पर्नु आर्श्चर्यको कुरा हो । यो किन हुन्छ भन्दा यहाँको हावामा आद्रताको कमी हुनु मुख्य कारण हो । अफिसियल स्टाफहरुको निम्ति भने गर्मी अथवा जाडोको सिजन सामान्य नै हुन् भन्दा गलत नठहर्ला ।
सामान्य परिवर्तनहरु रुघाखोकी, सामान्य ज्वरो, गला बस्नु, आँखा रातो हुनु, टाउको दुख्नु, पेटमा सामान्य गडबडी हुनु जस्ता लक्षणहरु त नेपालमै सिजन परिवर्तन हुँदा पनि देखिने सामान्य लक्षणहरु हुन् । यहाँ पनि हुनु स्वभाविक नै हो । यस्ता लक्षणहरु विश्वकै हरेक ठाउँमा हुने गर्दछ नै ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/16/240/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.