February 20, 2006

प्रचण्ड जी को अन्तर्वार्ता बलिको बोकालाई हरियो घाँस

Filed under: News

-शेखर ढुंगेल,अमेरीका

प्रत्येक ठुला आक्रमण पछि बार्ताको पत्ता फ्याक्ने रणनितीको निरन्तर स्वरुप माओवादी अध्यक्ष प्रचण्डले पुन वार्ताको लावम तयार भएको बक्तव्य (अन्तवार्ता) निकाल्नु भएको छ। उहांको भनाइलाई सकारात्मक रुपले लिने माओबादी प्रति जनताको आकर्षण बढ्ने र राजा प्रति विकर्षण आतंकले आक्रन्त शान्ती कामि नेपाली जनताको मनस्थितीमा राजाले त्याग गरेर जनताले मिठो पीठो जे दिन्छन् मलाइस्विकार छ भनि घोषणा गरिदिएर द्धन्द समाधानमा सहयोगि बनुन भन्ने चाहाना सहजै उत्पन्न हुन गएको छ। झन संविधान सभा कम्युनिष्टको मात्र माग होइन भनेर प्रचण्ड जिले ७ दललाइ संविधान सभाको माग गर्न प्रोरसमाहित गर्नु भएको छ। तर आफूहरु रिमको सक्रिय सदस्य भएको कुरा चाहि लुकाइ दिनु भयो।

सैविधान सभा मार्फत जनताको जस्तो सुकै निर्णय आए पनि स्विकार्न तयार भएको भन्ने भनाइले अन्तराष्ट्रीय जगतलाइ आफु प्रति सकारात्मक बनाउन कोसिस गर्नु भएको दिखिन्छ। तर स्वयम -हरु० सत्तामा नजाने भनाइले चिसो कायम पहि द्धन्ख समात्तीमा विस्वस्त बन्न सकिदैन। हुदा हुदा रक्तपाल हाम्रो चाहाना होइन भनि भावुक बन्न समेत पछि पर्नु भएकोछैन तर भेट्ने हरुको अनुभवमा प्रचण्ड जि निरस देखि सक्दा पनि सो युद्ध प्रति प्रोत्साहीत बन्दै जानु भएको कुरा बिर्सन सकिन्न।
रिमको सक्रिय सदस्य नेपाल कम्युनिष्ट पार्टि (माआवादी) ले संसदिय ब्यवस्था प्रति सकारात्मक भएको भनि बिस्वास गर्नेहरुको आपनै तर्क होलान तर १० बर्षसम्मका युद्धको उपलव्धी प्रत्यक रणनितीमा अपत्यारीलो सफलता हासिल गर्दै गएको माआवादीले किन आपनो सत्ता सात दलमा समायोजन गर्दैछ- खोजिको बिषय भएको छ।

प्रचण्डजिको पछिल्लो अन्तवार्ताले राजालाई माजोर र एक्लो बनाउन प्रसस्त सहयोग पुर्याउँने छ। राजाले बिना शर्तको संबिधान सभा पनि नमान्ने दल सित समहतिमा पनि नजाने हठले बड्न जाने आतड।कले जनता राजा प्रति झनै अक्रोशित बन्ने छन र माआवादी र सात दललाई झनै उर्जा प्रप्त हुनेछ। यस्तै पूर्व मूल्यांकनकै आधारमा प्रचण्डजिले २४ भित्र यूद्ध निर्णायक हुने भन्नु भएको होला। लामो युद्ध, संधैको बन्द, सधैको संत्रान्सले सुरक्षा निकायका सदस्य, मनोरञ्जन, पारिवारिक समाजिक ब्यवहार बाट टाढा हुदै जादा सेवा प्रति बितृष्णा उत्तेजित मात्रै हौइन निरासा मानोवलमा गीरावट आइ क्षमतामा ह्रासआउनेछ। यसै पनि राष्ट्रिय अन्तराष्ट्रिय जनताले राजालाई ७ दल सीत मिल्न दिएको सुझाब बेवास्ता गरि प्रदर्शन गरेको हठ्ताले जनता बिस्तारै नकारात्मक बन्दैगएको बेला प्रचण्ड जीको आसावादी अन्तवार्ताको साहारालाइ कुटनितिक लबरले समाधान गर्ने मकाम नगरे राजालाई फाहदा नपुगने निस्चीत छ।

एक जना बरिष्ठ कांग्रेसि नेताले त माओबादी ब्यभहारिक देखिएको बताएर ७ दलको सामिप्य बनाउनु भएको छ भने राजा डेट एक्सपाएर मानसिक्ताका घेराउमा बसि अव्यावहारिक बनि सात दल बाट झनै टाढिएका छन। प्रचण्ड जिले संसदिय ब्यवस्थाप्रति आस्था देखाइ संविधानसभामा जान सवैलाई प्रोत्साहित गर्नुभएको छ। तर प्रचण्ड जि लगायत सबैलाई थाहा भएको देखिन्छ एक नया राज्यको स्थापना र दोस्रो एउटा बिशेष राजनिती अवस्थाको अन्त नेपाल न त नव राष्ट्र हो न त यहाको परम्परागत राजशंस्थाको अन्त भएको छ। संबिधान सभा मार्फत बनेको सिंवीधाननै अकाटय र पूरण हुने पनि होइन एउटा प्रजातान्त्रिक मान्यता मात्र हो। हाम्रो हालको संविधान २०४६ सालका आन्दोलन कर्ताकै बहूमतको समिती मार्फत बनेको छ। संविधान सभा मार्फत नै संबिधानले पूर्णता पाउंदछ भन्ने निस्चीतता पनि छैन। उदाहरणकै लागी जमर्नको वाइभर वा रसियाको वोल्सेभिक क्रन्तीपछि संविधान सभा मार्फतको संबिधान होस वा बृटिस साम्राज्य बाट मुक्ती पछि क्यानाडा, अष्ट्रेलिया तथा दक्षिण अप्रिmकी मुलुकमा सो पर्क्रिया सफल भएन। पाकिस्तान १० वर्षसम्म संबिधान बिहीन बन्यो। बनेको इस्लामिक गणतन्त्रात्मक सैबिधना पनि संधै सैनिक्को कब्जामा पर्यो। अमेरिकामै २६औ पटकको संरोधन्मा मौजुदा संबिधान छ भने ऐतिहासीक जनआन्दोलनले निर्माण गरेको संविधान सुधारको खाका तयार पारि जनतामा जान किन कन्सूस्याइ गर्ने ?

आतड।को कारण नियमित निर्वाचन गराउन असफल सातदल शौनिक शक्तिका राजा जन सेनाका प्रचण्ड बिचको त्रिकोणिय द्धनदको वेला प्रचण्ड जिले सोझै निशर्त संबिधान सभाको निर्बाचनको परिणम राजाको बिपक्षमा गए के राजा नागरिक भएर बस्लान- वा जय नेपाल भन्दै बिदेश पस्लान वा प्रचण्ड जि हरु स्वयम् बहा हरुको विपक्षमा गए हाथियार सिहंदरबारमा बुझाई क्रन्ती वा सँन्यास लिनु हुन्छ ? त्यसैले संबिधानसभाले जस्ले परिणम दिएपनि द्धन्द समाधनको आशा गर्ने ठाउ छैन।
संबिधान सभा मार्फत बनेको संबिधान मार्फत सबै समस्या समाधान हने भए छ दशक पार गरेको गणतन्त्र भारतमा सैयौ आतकको कुनै न कुनै रुप हुन्छ र संबिधान सभा मार्फत बनेको संबिधानले कुनै प्रकारको आतड।क निस्तेज गरेको प्रमाण छैन।
बिर्ष नहुनेकुरा के भने निरंकुश राणाकाल, निरंकुश पंचायति कालको मूर्दा शान्तिको नेपाल प्रजानन्त्रमा त्यस्तै शान्तीको कामना गर्नु नै बेकार हो। तर राजनैतिक स्थायित्व र संबैधानिक प्रक्रिया निरन्तरताको लागी राजाले ऐतिहासिक शाह बंशिय राजसत्ताको निरन्तरताको लागि जनताले मिठो पिठो जे दिन्छन त्यो मलाइ स्विकार छ भनि माओवादी सातदल लाई बार्ताकोटेबुलमा आपनै उपस्थितीमा बार्तामा आउन आहृवान गर्न ढिला गर्नु हुदैन। प्रचण्ड जिको पछिल्लो अन्तवार्ता लाइ सबैले सकारात्मक रुपले लिइ राजालाई दोष देखाउदैछन। माओवादीलाई आहृवान गरि बार्ताको कार्यक्रम लिएर आउन राज्य पक्षले ढिला गर्यो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। श्रोतः क्यानाडा नेपाल भिजन

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/20/243/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.