February 23, 2006

साउदी अरवको मुद्रा साउदी रियाल

Filed under: News

परिवेश सुहाउँदो र वर्तमानमा बाँच्ने मानिसहरुको जमात वस्ने एउटा छुट्टै संसारिक दुनियाँ जहाँ मुस्लिम पारिवारिक क्षितिजभित्र मानिसहरु रमाउँने गर्दछन् । विशेषत केटा मान्छेहरु माथिदेखि तलसम्म ढाकिने एउटै सेतो रंगको कुर्ता पहिरने गर्दछन् भने आइमाईहरु कालो वस्त्र लगाउँदछन् । यतिसम्म कि आँखामात्र देखिने गरि पूरै शरीरसंग मुहार र टाउको समेत ढाकेर हिड्ने गर्दछन् ।


बुर्का भित्र साउदी नारी


दिनको ५ पटक अल्लाहको यादमा सला [प्रार्थना] गरी २१ औं शताव्दीलाई पनि चुनौति दिने देश हो, साउदी अरेविया । हुन त संसारमा अरु पनि थुप्रै मुस्लिम राष्ट्रहरु नभएका होइनन् तर मुस्लिम धर्मको शुरुवात तथा मुस्लिम धर्मको ठूलो तिर्थ स्थल मक्का, मदिना पनि यसै राष्ट्रमा पर्ने हुनाले पनि यो देश अन्य मुस्लिम राष्ट्रहरुभन्दा पृथक भएको हुनसक्दछ ।

खाडी मुलुकहरुमा सवैभन्दा ठूलो क्षेत्र ओगट्ने राष्ट्र पनि यही हो । मौद्रिक विश्लेषण गर्ने हो भने यहाँको मुद्रालाई रियाल भनिन्छ जुन नेपालको मुद्राको तुलनामा लगभग २० गुणा फरक पर्दछ ।

साउदी अरेवियाको मुद्राहरुमा १ रियाल, ५ रियाल, १० रियाल, २० रियाल, ५० रियाल, १०० रियाल, २०० रियाल र ५०० रियालका नोटहरुमा प्रचलनमा छन् ।


१ रियाल

५ रियाल

१० रियाल

२० रियाल

५० रियाल

१०० रियाल

२०० रियाल

५०० रियाल

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/23/246/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.