एकसाल अरु धैर्य गर
दुई गाँस साँझ विहान सिस्नो खोले जसो होला
दुःख सुख सरोवरी, वाँडि चुँडि खाउँला प्रिय ।
मौलिकता नै भुलाउने मन्जुर छैन विदेशीपन
नयाँ नौलो चाँहिदैन, दौरा चोलो लाउँला प्रिय ।
पराइको गुलाम बनि, कति वस्नु भो प्रवासमा
हिउँद वर्षा आपनै माटो, गैरी खेतमा धाउँला प्रिय ।
मरुभूमिको मृग तृष्णा, मनमा रहर कति पाल्नु
र्स्वर्ग जस्तो घर हाम्रो, वनकै खरले छाउँला प्रिय ।
एकसाल अरु धैर्य गर, अनि फर्कि आउँला प्रिय
देउरालीमा बसि, संगै गित गाउँला प्रिय ।
-विनित