साउदी अरेवियाको अवकेक प्रोजेक्ट एरियामा वम विस्फोट
हिजो दिनको करीब ३ बजे साउदी अरेवियाको प्रोजेक्ट एरिया अवकेकमा आतंककारीहरुद्धारा वम आक्रमण गर्ने कोसिस गरेको थाहा हुन आएको छ । तर यसवारे विस्तृत जानकारी भने हुन सकेको छैन । कारण एक त यो देश आफैमा कडा सुरक्षा व्यवस्था भएको देश मानिन्छ ।मुस्लिम कानुन अनुसार चल्ने देश संगसंगै राजत्रन्तात्मक व्यवस्था वोकेर एक्कासौं शताव्दीमा पनि आपनो पहिचान छुट्टै राख्न चाहने भएकोले पनि होला यहाँ स्वतन्त्ररुपमा पत्रकारिता गर्ने अनुमति कसैलाई छैन । त्यसमाथि पनि यस्ता घटनाहरुको त झन जानकारी सरकार तथा सम्बन्धित पक्षबाट लुकाइने गरिन्छ । जे होस् उक्त विस्फोट पछि सुरक्षा व्यवस्था कडा गरिएको छ । हुनत यस्ता व्लाटिङहरु यसभन्दा अघि पनि धेरै पटक धेरै स्थानहरुमा घटेको देखिएको छ । अवका केहि दिन सुरक्षा संयन्त्र निकै कडा हुन्छ नै तथा विस्तारै पुनः सामान्यरुपमा र्झदछ पनि।