February 27, 2006

राज्य भंग हुनसक्छ

Filed under: News

अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले यही अवस्था रहिरहे राज्य भंग हुने खतरा औंल्याउनुभएको छ ।
‘यो राज्य भंग हुने खतरामा छ,’ उहाँले शनिबार साँझ प्रसारित कान्तिपुर टीभीको ‘फ्रन्टलाइन’ लाई दिएको अन्तर्वार्तामा भन्नु भएको छ- ‘यसभन्दा प्रस्ट म भन्न सक्दिन ।’

राजा र दलहरू बीच समझदारी नहुने हो भने अहिलेको अवस्था धेरै रहन नसक्ने दाबी गर्दै उहाँले भन्नुभएको छ- ‘राज्य भंग हुन्छ, त्यस अवस्थामा माओवादीलाई झ्वाम्मै अघि बढ्न सजिलो हुनेछ ।’

आफूसँग अन्तर्राष्ट्रिय समर्थन छैन र देश गम्भीर अवस्थामा छ भन्ने राजाबाट बुझिबक्सेको आफ्नो विचार प्रकट गर्दै मोरियार्टीले भन्नुभएको छ- ‘दल र माओवादीको सम्बन्ध मौसुफकै लागि पनि खतरापूर्ण छ भन्ने राजाबाट बुझिबक्सेको हुनुपर्छ ।’

संविधानसभा निर्वाचनप्रति आफूलाई आपत्ति नभए पनि हतियारको व्यवस्थापनबारे माओवादी प्रस्ट नभएको औंल्याउँदै उहाँले माओवादीले कस्तो राजनीतिक व्यवस्था चाहेका हुन् प्रस्ट गर्नुपर्छ भन्नुभएको छ । Source: Kantipuronline

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/02/27/265/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.