राष्ट्र संघको शान्ति अभियानप्रति नेपाल प्रतिवद्धः श्री ५
श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट संयुक्त राष्ट्र संघबाट विश्व शान्तिका लागि गर्ने सबै प्रयासमा नेपालको तर्फाट अटुट प्रतिवद्धता रहने हुकुम भएको छ।
शान्ति स्थापना कार्यका लागि अप्रिmकी मुलुक बुरुण्डी जान लागेको शान्ति सेनालाई आज वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा मौसुफबाट बक्स भएको सन्देशमा सो कुरा उल्लेख छ । मौसुफबाट सो बुरुण्डी जाने चौथो डफ्फाको आज निरीक्षण पनि गरिबक्स्यो । मन्त्रिपरिषदका उपाध्यक्ष किर्ती निधि विष्टले श्री ५ को सन्देश पढेर सुनाउनुभएको थियो । सो अवसरमा रक्षा सचिव, प्रधान सेनापतिलगायत अन्य उच्च पदस्थ सैन्य अधिकारीहरुको उपस्थिति रहेको थियो । Source: Freenepal