प्रवासवाट व्लग माथि संघातिक हमला
प्रवासवाट व्लगसम डट कमले पाठकहरु माझ दिइरहेको सूचना, मनोरंजन तथा अन्य खुराकहरुको विरुद्धमा विवश उपनामक व्यक्तिबाट शब्दवाणरुपी संघातिक हमला यही २८ Feb मा गर्यो जवकी मैले मेरो नेपाल र्फकने क्रममा सानो नोट लेखेको थिए आज अफिसमा मेरो अन्तिम दिन।
विवशजी कसैलाई पनि यस्ता कुशब्द प्रयोग गर्नु अघि राम्ररी सोचेर मात्र शब्द वाण गर्नु भए उचित हुने थियो । यदि तपाईलाई मेरो वारे केही कुराहरु भन्नु छ भने सिधै मेरो इमेल अथवा मोवाइल सर्म्पर्क गर्नुस् होइन भने मेरो अनुपस्थितिमा यस्ता नाजायज कमेन्ट लेखेर तपाई आफैंले आफ्नो नालायकीपन सिद्ध गर्नु भएको छ । भनिन्छ नि “फूलको आँखामा फूलै संसार, काँडाको आँ खामा काँडै संसार”। सक्नुहुन्छ भने फेस टु फेस आउनुस् होइन भने नालायकीपनको पराकाष्ट नाघ्नु तपाइकै लागि अभिषाप सिद्ध नहोला भन्न सकिन्न।
प्रवासवाट सूचना तथा समाचारहरु लगायत मनोरंजनको खुराकहरु पस्कने व्यक्तिगत साइटमा हो, यसमा इडिटरले आफू खुशी सूचना तथा समाचार संप्रेषण गर्ने गर्दछ । यदि तपाई पनि साँचै नै देशभक्त हो र नेपाल र नेपालीको लागि केही गर्ने जमर्को राख्नुहुन्छ भने कमसेकम केही गरेर देखाउँनुस् । होइन भने ठूला भषाणहरुले केही हुनेवाला छैन ।
अपशब्द प्रयोग गरी जुन कमेन्ट लेख्नु भएको छ त्यसबाट हजुर कस्तो मान्छे हो भन्ने कुरा त प्रवासबाटको पाठकहरुले मूल्यांकन गर्नु भइसकेको छ ।
ल त समय छदै आफूमा परिवर्तन ल्याउनुस् नत्र पछि पछुताउँनु सिवाय अरु विकल्प नरहला।
प्रवासवाट