July 30, 2006

ठमेलको वेश्यावृत्तिले, लाहुरेको सर्वस्व

Filed under: News

काठमाडौ । जापानबाट स्वदेश फर्केका एक नेपाली (आपनो नाम उल्लेख गर्न चाहेनन्) ले ठमेको एक होटेलमा सर्वस्व लुटाएका छन् । साँझ मोजमस्ती रात रमाइलो गरेर सुतेको मान्छे बिहान निर्वस्त्र फेला परे ।

विवरण अनुसार ११ गते साँझ सेक्सको भोक मेटाउन उनी ठमेलको भगवान बाहालस्थित होटल एम.एम. इन्टरनेशनलमा पुगे । जापानबाट पैसा कमाएर ल्याएको तुजुकमा र लाहुरेको भेषमा भित्रिएको पाहुनाले सुरूमै युवती मिलाई दिन होटेलका कर्मचारीलाई भने । एउटा सुन्दरी रात बिताउन तयार भइन् । ती युवतीले रात विताए वापत २५ सय रूपैयाँ प्रीपेडको रूपमा माग गरिन् । पैसाको कमी नभएको लाहुरेले खुरूक्क २५ रूपैयाँ गनेर युवतीलाई दिए । ‘तपाई बस्दै गर्नुस् म तयार भएर आउँछु भन्दै युवती होटेलबाट बाहिरिन् । यौनको प्यासी लाहुरेलाई छटपट भयो । निकै बेरसम्म युवती नफर्किएपछि अर्की युवतीलाई तयार गरियो । उनले पनि त्यही प्रस्ताव गरिन्, र २५ सय रूपैयाँ प्रीपेड लाहुरेले तिरे । युवतीले पैसा हातमा मात्र के पारेकी थिइन् । लाहुरेलाई आँखा झिम्क्याउँदै ]थ्या∙ यु वाई भन्दै चम्पट दिइन् ।

लाहुरे पै’सा ∕ भन्दै केही परसम्म पछ्याए, तर ठमेलको गल्ली युवती गायव । लाहुरेले होटलका कर्मचारीको झाँको झारे । ‘के हो यस्तो केटी मिलाउने ? म यो होटेलका बस्दिन भनेपछि लाहुरलाई सन्त्वना दिँदै अर्को केटी मिलाइदिने शर्तमा थामथुम पारियो । केही समयपछि रातभरको यौनकार्यको लागि एउटी युवती सम्पर्कमा आइन् । उनले पाँच हजार रूपैयाँ माग गरिन् । पाँच हजारभन्दा पनि यौनको ज्वाला दन्किएको लाहुरेले तुरून्तै स्वीकार गरे । होटेलको कोठामा खानपिन भयो । खानपिनपछि दुबै यौनकार्यमा लिप्त भए । लाहुरेले पनि पटक पटक यौनको प्यास मेटायो ।

तिनै लाहुरेको गतिविधि साँझदेखि नियालीरहेका एक अर्का ग्राहकले लाहुरे बिहान अबेरसम्म नउठेपछि कोठाको ढोका ठेलेर हेर्दा त उनी सुतिरहेका थिए । बेडमा ओछ्यानको तन्ना उनले ओढेका थिए । उनी त निर्वस्त्र, कपडाको एउटा डोटोसम्म उनको शरीरमा थिएन । उनलाई यौनकामदार युवतीले पेय पदार्थमा नशालु कुरा खुवाएको अनुमान लाहुरेले गरेका छन् । बिहान होस खुलेपछि लाहुरेले आपनो कहानी सुनाउँदै भने-’म त डुबें नि’

उक्त एम एम होटेलमात्र नभएर ठमेल क्षेत्रका होटेल, रेष्टुरेण्टहरू ‘सेक्स बजारको रूपमा विकसित हुँदै गएका छन् । स्मरण रहोस्, उक्त होटेल चिरञ्जीवी वाग्ले पुत्र देवेन्द्र वाग्लेले खरिद गरेका थिए । अवैध आर्जन गरेको सम्पति विवरण ढाकछोप गर्न उक्त होटल असनतिरका एकजनालाई बिक्री गरिएको भए पनि अप्रत्यक्ष स्वामित्व वाग्लेकै रहेको बताइन्छ । हाल उक्त होटेल पशुपति खरेलले सञ्चालन गर्दै आएका छन् ।

कोतपर्वबाट

July 29, 2006

लोकतन्त्र जिन्दाबाद

Filed under: Literature

सबैको आवाज थियो, देशमा बाल्ने नयाँ दियो
एकै दिनमा देशभर ठूलो क्रान्ति फैलियो
जनताहरु भन्छन् हजुर सबै एकै साथ
राजतन्त्र मुर्दावाद, लोकतन्त्र जिन्दाबाद ।।

हजारौ संख्यामा घाइते भइरहयो तर
जनताको मनमा कति भएन अब डर
अडिग रहयो बोल्न थाल्यो एकै साथ
राजतन्त्र मुर्दावाद, लोकतन्त्र जिन्दाबाद ।।।

शहिद भइन निदर्य नारी एकै दिनमा
सारा साही क्षेत्र भष्म गर्‍यो एकै छिन
सत्न छोडेन हडताल गर्‍यो दिन रात
सबैले भन्न थाल्यो लोकतन्त्र जिन्दाबाद ।।

रेडियोको समाचार सुनेर भए आक्रोस्
कल्पन थाल्यो सबै भोलिको कर्फु तोडन सकोस्
मजदुरले दिनरात खान पाएन उक गाँस
अनि भन्नै कर लाग्यो सबैलाई लोकतन्त्र जिन्दाबाद ।।।

कार्यालयहरुमा भयो दिनहुँ तालाबन्दी
ब्यापारमा पनि हुन थाल्यो अब मन्दी
जुलुसमा जनतामाथि गर्‍यो सेनाले लात
तर भन्न छोडेन लोकतन्त्र जिन्दाबाद ।।

मानव भएर दानव बन्न सकेन सेना पनि
जुलुस शान्ति भयो भित्र भित्र मिल्यो अनि
त्यसैले त गर्‍यो शान्ति जुलुस एकै साथ
र भन्न थाल्यो सबैले लोकतन्त्र जिन्दाबाद ।।।

यस्तै गरी धेरै दिनहरु बित्दै गयो
देशमा नयाँ शासन शुरु हुने भयो
सबैले भन्न थाल्यो राजतन्त्र मूर्दाबाद
त्यसैले सवैमा लाग्यो लोकतन्त्र जिन्दाबाद ।।

अन्तमा लोकतन्त्रको भयो बहली
तर गाह्रो भयो लोकतन्त्र राख्न समाली
देशभित्र भयो अनेक थरीका करार
तर पनि निकालेर छाड्यो पुरानो सरकार ।।।

यसरी नयाँ बिहानीको भयो उपहार
गरिब र मजदुरको भयो सपना साकार
देशमा शान्तिको दियो बाल्यो एकै साथ
अनि फेरी भने सबैले लोकतन्त्र जिन्दाबाद ।।

यौनगुरु

पुरानो डायरीबाट

Filed under: Literature

सृजना,
मीठो याद
लामै समयपछि भएपनि तिम्रो इमेल पाएँ ज्यादै खुशी लाग्यो । इमेलमा तिमी एकदम ठीक छु भनेर लेखेको रहेछौं र मेरो वारेमा पनि कस्तो छ भनेर लेखेको तिम्रो इमेलले धेरै समय अगाडि लगेर मलाई अतीतको प्रतिविम्वमा उभ्याएको छ ।
विगतका कुनै क्षणमा स्कूले नानीको जीवन विताउँदा यस्तै यस्तै भावहरु मिश्रति पत्रहरु मेरी साह्रै नजिककी साथी शोभाले पठाउने गर्दथी । हुनत हामी एउटै कक्षामा अध्ययन गर्दथ्यौं ।
उनको र मेरो भेट आठौं कक्षामा भएको थियो । हामी वीच नजिकको मित्रता थियो नै । एउटै कक्षामा पढ्ने सहपाठी भएर नजिकको नाता हुनु त स्वभाविकनै हो पनि ।
समय वित्दैथ्यो हामी नवौं गर्दै दशौं कक्षामा प्रवेश गर्‍यौं । उनको र मेरो मीत्रताले सारा स्कूल प्रभावित भएको थियो । साथीहरु माझ पनि हाम्रो वारेमा खासखुश चलिरहन्थो नै । हाम्रो असल मित्रता देखेर समाजका कुतत्वहरुले हाम्रो कञ्चन नातालाई वद्नामीको घेराभित्र जकड्न प्रयास गर्‍यो । हो, उनी मलाई चाहन्थिन र म पनि उनलाई चाहन्थे । के एउटा केटाले केटीलाई र केटीले केटालाई मन पराउनु लगत थियो - के केटा र केटी वीच आत्मीय मित्रताको कसी रह्न नसक्ने हो त ? महिला र पुरुषको वीचको सम्बन्ध केवल शारीरिक संभोग मात्र हो त - वा महिला र पुरुषको सम्बन्ध एउटा लोग्ने र स्वास्नीमा मात्र सीमित हो त रु पुरुष-पुरुष वीचको मित्रता जस्तो महिला र पुरुष वीच मित्रता हुन नसक्ने हो त - खै के सोच्यो समाजले, विस्तारै समाजको हेपाहा प्रवृत्तिबाट हार मानेर उनी म देखि टाढा हुन थालिन र म पनि के गर्न सक्थे र । उनको माया मुटुभरि पालेर पनि उनीभन्दा टाढा वस्न रुचाएँ सायद, त्यसैले होला एस।एल।सी। प्रवेशीकाको लगतै विरगञ्जमा इलेक्ट्रोनिक्स तथा कम्प्युटर टेनिङको लागि भर्ति हुन पुगें ।
कक्षाकोठामा पनि हामी एकअर्कालाई बोलाउन समेत नसक्ने हुन थाल्यौं । विस्तारै स्कूले जीवन पनि सकियो । म पास भएछु उनलाई अंग्रेजी पेपर लागेको रहेछ । केही समयपछि म उच्च शिक्षा हासिल गर्नका खातिर विरगंजतिर लागे ।
धेरै नजिकको मित्रता बोकेको हाम्रो साइनो विस्तारै विस्तारै कता हो कता शून्यतामा विलाउन लागेको महसुस हुन्थ्यो । हेर्दाहेर्दै एकदिन उनको विवाहको कुरा पनि छिनिएछ, उनले मलाई फोनमा केहिदिन अघिमात्र वताइन । उनको आवाजमा डर थियो, मनभित्र सायद मप्रतिको अथाह माया र दृण संकल्प अनि अठोट विश्वास । उनी रुदै थिइन सुक्क सुक्क गर्दै, हाँसेको अभिनयमा म पनि छात्तीमाथि ढुंगा राखेर मनलाई बाँध्ने प्रयत्न गर्दैथें, लागेको थियो उनलाई विदा गर्नु अघि एकपटक मात्र भए पनि अंगालोमा बाँधौं सायद उनीपनि चाहन्थिन । तर अफसोच् हामी त टेलिफोनमा थियौं। कतिखेर आँखाबाट खसेको आँशुले गाला भिजिसकेछ थाहै भएन ।
त्यसपछि मैले उनलाई भेट्ने प्रयत्न गरिन भनुया चाहेर पनि मबाट हुन सकेन । म उनको पारिवारिक सम्मानलाई वदनामीको धव्वा दिन चाहन्न थें । उनको बाबालाई समाजको अघि निहुरिएको हेर्न चाहन्थे । वर्तमान क्षितिजमा सायदले उनले पनि मलाई विर्सेर नयाँ जीवनको वागडोर सम्हाल्ने कोसिस गरेकी होलिन् । उनको वैवाहिक जीवनलाई धेरै शुभकामना टाढैबाट भएपनि दिएको छु । मेरो जीवन कहालीलाग्दो भए पनि उनको जीवन सधैं विहानी भइरहोस् । नाम, इज्जत र प्रतिष्ठा उनले समाजमा कमाउन सकुँन, बस् यति नै चाहन्छु ।
सृजना, धेरैपछि फेरि एकपटक उही कथा दोहोरिन खोजेको छ, सायद । खै भगवानले यस्तो सधैं मसंगै मात्रै दोहर्‍याउन खोज्छ, किन हो ।
तिमीले इमेलमा थुप्रै संझनाका अनुभूतिहरु भएर पनि नभए झैं गर्नु परेको भनेर लेखेको वाक्य को अर्थ बुझ्न सकिन । कारणमा तिमीले सानो र ठूलो भन्ने शब्द मनमा राखेको रहेछौं यो कुरा पनि मैले प्रष्ट बुझ्न सकिन । हामी त समान थियौं । एउटा असल साथी । असल साथीहरु वीच ठूलो र सानो भन्ने कुरा कहाँबाट आयो मैले बुझ्न सकिन ।
जेहोस् सृजना, जीवन भनेको यस्तै रहेछ, स्पष्ट व्यक्त गर्न पनि नसकिने, व्यक्त नगरिकन बस्न पनि नसकिने । तिमीले नयाँ फोन नं। पनि पठाएकी रहेछौं । त्यो फोनमा म तिमीलाई कतिखेर भेट्न सक्छु अथवा तिमीलाई अप्ठ्यारो हुन्छ भने ठीकै छ । म इमेल मात्र गर्नेछु । मेरो मोवाइल नम्बर त तिमीसंग छदैछ । कहिलेकाही अरुसंग रिस उठ्यो भने मेरो मोवाइलमा डायल गरि मलाई गाली गर्नु ।
पुरानो डायरीबाट

July 26, 2006

This will really touch your heart!!!

Filed under: Information

Last night you and your best friend had a fight.
You decide not to talk to her the next day.
She smiles at you.
You grind your teeth at her.
She tells her friends nice things about you.
You spread bad rumors about her.
She tries to come and talk to you.
But you push her aside.
She thinks you are a great friend.
You think she is a terrible friend.
She writes nice notes to you, telling you about the best times you shared together.
You write about all the bad times you can remember experiencing together.
Deep down you know she’s sorry.
But all you have is hate.
The next day you find a note. It reads:
Dear ————-,
I tried to tell you yesterday, but you didn’t let me speak,
I tried to tell you good things, but you were afraid to hear them.
I tried to smile at you, to take away the hate.
But now it’s time to tell you, even though it’s a bit late. That I am dying.
I have a bad condition and it is getting worse. I’m sorry to
have to tell you that I won’t be able to see you today. I wrote
this to you today in the hospital.
My time is up.
I’m sorry I should have told you sooner.
I’m really sorry about our argument; you are such a great friend.
I promise I shall watch over you,
Lots of love
————-

You run to the hospital to tell her you are sorry,
But only her mum is left.
Her hand clasped over her face.
And she was crying. Down on her knees she prays, for her daughter to come back.
You are too late.
You wish you told her sorry sooner and got to say goodbye.
All friends have their ups and downs, and sometimes you need to say sorry…
Don’t wait for the other person to do it first.
Because you never know what could happen.
If you really love your friends and would watch down on them when you pass
away, please send this on and show people that you really have a heart.
Even if you send this to 1 person only. You still have a heart.
However, if you don’t send this to anyone….I can tell you that when you
need help, no one will be there for you because they will not remember this letter.
I’m thankful you are my friend!
If you judge people, you have no time to love them.

July 23, 2006

लेबनानबाट १७ नेपालीको उद्धार भोलि ४० ले लेबनान छोड्ने

Filed under: News

काठमाडौ ६ साउन २०६३ । युद्धग्रस्त लेबनानबाट भारतीय पानी जहाजमा हिजो मध्य रात मुम्बईमा अइपुगेका ६ जना नेपाली नागरिक आज स्वदेश आइपुग्ने भएका छन् । भारतले आफ्ना ६ सय ८ नागरिकसँगै उनीहरुलाई पनि लेबनानबाट फिर्ता ल्याएको हो । ५ जना भने आजै कस्मिक एयरको उडानबाट काठमाडौ आइपुगेको बुझिएको छ। उनीहरुलाई दिल्लीसम्म आउन भारत सरकारले सहयोग गरेको भएपनि दिल्लीबाट काठमाडौ आउन दिल्लीस्थित नेपाली दूतावासले कुनै सहयोग नगरेको बताइएको छ। प्लेनको टिकटसमेत उनीहरुलाई नै किन्न लगाएको एफएन न्युज सम्वाददाताले जनाएका छन् । यता सरकारले भने लेबनानबाट र्फकने नेपालीलाई सहयोग गर्ने जनाएको थियो । त्यसैगरी इजिप्टस्थित नेपाली दूतावासले एक अधिकारीलाई नेपालीहरुको अवस्था बुझ्न लेबनान पठाएको बुझिएको छ। हाल लेबनानको बेरुतस्थित नेपाली अवैतनिक वाणिज्य दूतावासमा एक सय बढी नेपाली सम्पर्कमा आएको बताइएको छ। त्यसैगरी लेबनानस्थित नेपाली सेवा समाजका अध्यक्ष दिपेन्द्र उप्रेतीकाअनुसार भोलि ४० बढी नेपालीले लेबनानल छाड्दै छन् । अहिलेसम्म नेपालीहरु युद्धको चपेटामा नपरेको बताइएको छ। आज स्वदेश र्फकनेहरुमा सम्झना तिवारी, अञ्जु गुरुªm, श्रीप्रसाद गुरुङ, मनमाया गुरुङ, लोकबहादुर थापा र अरुणदेवी अधिकारी रहेका छन् । मुम्बई आइपुगेका सात नेपालीमध्ये ओमप्रकाश ओली भने व्यक्तिगत कामका कारण मुम्बईमै बसेको बुझिएको छ। more

July 22, 2006

महिला प्रहरी नै वेश्यावृत्तिमा, रेडलाइट एरिया तोक्न माग

Filed under: News

काठमाडौं । सामाजिक मूल्य, मान्यता र मर्यादाको संरक्षण गर्ने प्रहरी नै पार्टटाइम वेश्यावृत्तिमा संलग्न भएको सुन्दा पत्याउन सक्नुहुन्न होला, तर न्युजिल्यान्डका महिला प्रहरी आर्थिक संकटबाट मुक्त हुन पार्टटाइम वेश्यावृत्ति संलग्न हुनेगरेको रहस्य खुलेको छ ।
एजेन्सीका अनुसार सन् २००३ मा न्युजिल्यान्डमा वेश्यावृत्तिलाई कानुनी मान्यता दिएपछि डिउटी सिध्याएपछि निश्चित समयका निम्ति वेश्यावृत्तिमा लाग्ने गरेको प्रहरी प्रवक्ता जोन निलसनले स्वीकार गरेका छन् । उनले महिला प्रहरी वेश्यावृत्तिमा संलग्न भएको स्वीकार गरे पनि उनीहरू कहाँ, कतिबेला काम गर्छन् भन्ने खुलाएका छैनन् । एक र्सर्वेक्षणअनुसार न्युजिल्यान्डमा उक्त गतिविधिमा संलग्न महिलाले एक रातको ५०० डलरसम्म रकम लिने गरेको उल्लेख गरिएको छ ।
यता, पोखरामा सम्बन्धित पक्षले रेडलाइट एरिया तोक्न माग गरेका छन् । सामुदायिक प्रहरी, विभिन्न सामाजिक संघसंस्था एवम् लब्धप्रतिष्ठित प्रतिनिधिले यस्तो माग राखेका हुन् । मौलाउँदो यौन व्यवसायलाई सेक्स टुरिजमको रुपमा विकास गरी यौन व्यवसायी एवम् राष्ट्रकै आय बढाउन एक अन्तक्रिर्यामा उक्त माग अघिसारिएको हो । पोखरामा गत असार ३० गते लेकसाइड एरियाबाट तीस यौन व्यवसायी महिलालाई पक्राउ गरिएको थियो । खोजतलाशबाट






















Thank you for visiting my blog.