२०६२ सालको एसएलसीको परिक्षाफल प्रकासित
नियमित विद्यार्थीहरु
Distinction
First Division
Second Division
Third Division
Withheld
Subject Cancelled
Exampted
Eligible for Suplementary Exam
Result of Retotaling 2062
Total Students
Result Summary
उच्च शिक्षा अध्ययनका लागि फलामे ढोका मानिएको एसएलसी परीक्षाको परीक्षाफल बुधबार राति अबेर प्रकाशन गरिएको छ। प्रकाशित परिणाम अनुसार कूल ४६.५१ प्रतिशत उत्तीर्ण भएका छन् भने यस पटकदेखि बोर्ड टप टेनको व्यवस्था हटाइएको छ।
बोर्ड टप टेनको व्यवस्था हटाइए पनि कसैले माग गरेमा कुनै विषय वा क्षेत्रगत रुपमा सर्वोत्कृष्ट हुनेहरुको सूचि उपलब्ध गराइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
यस पटक नियमित तर्फ २ लाख २५ हजार ३२ जना परीक्षार्थी सहभागी भएकोमा ४ हजार जना विशिष्ट श्रेणीमा, ४१ हजार ९ सय ८३ जना पहिलो श्रेणीमा, ५३ हजार ७७७ जना दोस्रो श्रेणीमा र ४ हजार ८ सय ९४ जना तेस्रो श्रेणीमा गरी कूल १ लाख ४ हजार ६ सय ५४ जना उत्तीर्ण भएका छन। यस पटक ग्रेस अंक ५ राखिएको छ भने २ विषयसम्मलाई यस्तो अंक दिइएको छ।
राती १२ बजे परीक्षाफल प्रकाशित हुने परम्परा तोड्दै यो पटक परीक्षा नियन्त्रण कार्यलयले साँझ नै परीक्षाफल प्रकाशित गर्ने भनिएको थियो। सानो ठिमीमा रहेका परेवा सहकर्मी मणि दाहालका अनुसार राति सवा १० बजेसम्म पनि परीक्षाफल प्रकाशित गरिएको छैन। कार्यालय परिसरमा सञ्चारकर्मी र जिज्ञासुहरुको ठूलो भीड देखिएको छ।
०६२ चैत १४ देखि भएको यो पटकको एलएलसी परीक्षामा ३ लाख ३२ हजार १ सय ८१ विद्यार्थी सामेल छन्। विद्यार्थीले धेरै झन्झट व्यहोर्नु परेका कारण यो पटकको एलएलसी परिणाम साँझतिरै सार्वजनिक गर्न लागिएको भनिएको थियो।
गोरखापत्रमा मात्र परीक्षाफल आउँदा विद्यार्थीहरुले झन्झट व्यहोर्नु परेको गुनासो आएपछि वेबसाइटमा परीक्षाफल राख्ने व्यवस्था गरिएको हो। यो पटकको परीक्षाफल गोरखापत्रमा आउनुभन्दा पहिला वेबसाइटमा राखिँदैछ।
Tips ; ( SMS and IVR)
SMS
Type slc
Example :- Type SLC 0123456A and send it to 1400
PSTN and CDMA phones (IVR)
Dial 1600 and follow the instructions