July 10, 2006

इटालीको चौथो किर्तीमानः फान्सका जिदानलाई रेड कार्ड

Filed under: News

आफ्नो फुटबल जीवनको अन्तिम खेलमा फान्सका कप्तान जिनेदिन जिदानले अनुशासनबाहिर गएर विपक्षी टिमका खेलाडीमाथि प्रहार गर्दा रातो कार्ड पाई मैदान छाड्नुपर्ने स्थिति आएपछि अठारौं विश्वकपको गएराति भएको फाइनल खेलमा ट्राइबेकरमा फान्स इटालीसँग पराजित हुन पुग्यो ।
खेल सुरु भएको सात मिनेटमा पेनाल्टी पाएपछि त्यसलाई सफलतामा ढालेका जिदानको अभावमा ट्राइबेकरमा फान्सलाई घाटा लागेको थियो । जिदानले पेनाल्टी मिस गर्ने सम्भावना अत्यन्तै कम थियो । त्यसपछि १९ औं मिनेटमा कर्नरबाट आएको बललाई इटालीका मेतरात्सीले हेडबाट गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।
निर्धारित समय र अतिरिक्त आधा घन्टाको खेलमा समेत थप गोल हुन नसकेपछि पेनाल्टी सुट आउटमा खेलाइँदा इटालीले ५-३ को नतिजामा फान्सलाई पराजित गर्‍यो । एक सय १० मिनेटमा जिदानले मेतारात्सीलाई रिसले टाउकोद्वारा छातीमा प्रहार गर्दा रेडकार्डको सिकार भई मैदान बाहिरिँदा फान्स १० खेलाडीमा मात्र सीमित भएको थियो । यसपटकको जितसँगै इटाली चौथोपटक विश्व च्याम्पियन भएको छ । सुरुको केही समय आक्रामक रुपमा प्रस्तुत भए पनि गोल गर्न नसक्दा दोस्रोपटक विश्व च्याम्पियनको उपाधि हात पार्ने सपना चकनाचुर भयो । ६० औं मिनेटमा इटालीका टोनीले गोल गरे पनि सहायक रेफिरीले अपसाइडको संकेत गरेपछि निर्धारित समयमा खेल नटुंगिएर लम्बिएको थियो । १९ औँ विश्वकप सन् २०१० मा दक्षिण अप्रिmकामा आयोजना हुनेछ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/07/10/worldcup-final/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.