July 29, 2006

लोकतन्त्र जिन्दाबाद

Filed under: Literature

सबैको आवाज थियो, देशमा बाल्ने नयाँ दियो
एकै दिनमा देशभर ठूलो क्रान्ति फैलियो
जनताहरु भन्छन् हजुर सबै एकै साथ
राजतन्त्र मुर्दावाद, लोकतन्त्र जिन्दाबाद ।।

हजारौ संख्यामा घाइते भइरहयो तर
जनताको मनमा कति भएन अब डर
अडिग रहयो बोल्न थाल्यो एकै साथ
राजतन्त्र मुर्दावाद, लोकतन्त्र जिन्दाबाद ।।।

शहिद भइन निदर्य नारी एकै दिनमा
सारा साही क्षेत्र भष्म गर्‍यो एकै छिन
सत्न छोडेन हडताल गर्‍यो दिन रात
सबैले भन्न थाल्यो लोकतन्त्र जिन्दाबाद ।।

रेडियोको समाचार सुनेर भए आक्रोस्
कल्पन थाल्यो सबै भोलिको कर्फु तोडन सकोस्
मजदुरले दिनरात खान पाएन उक गाँस
अनि भन्नै कर लाग्यो सबैलाई लोकतन्त्र जिन्दाबाद ।।।

कार्यालयहरुमा भयो दिनहुँ तालाबन्दी
ब्यापारमा पनि हुन थाल्यो अब मन्दी
जुलुसमा जनतामाथि गर्‍यो सेनाले लात
तर भन्न छोडेन लोकतन्त्र जिन्दाबाद ।।

मानव भएर दानव बन्न सकेन सेना पनि
जुलुस शान्ति भयो भित्र भित्र मिल्यो अनि
त्यसैले त गर्‍यो शान्ति जुलुस एकै साथ
र भन्न थाल्यो सबैले लोकतन्त्र जिन्दाबाद ।।।

यस्तै गरी धेरै दिनहरु बित्दै गयो
देशमा नयाँ शासन शुरु हुने भयो
सबैले भन्न थाल्यो राजतन्त्र मूर्दाबाद
त्यसैले सवैमा लाग्यो लोकतन्त्र जिन्दाबाद ।।

अन्तमा लोकतन्त्रको भयो बहली
तर गाह्रो भयो लोकतन्त्र राख्न समाली
देशभित्र भयो अनेक थरीका करार
तर पनि निकालेर छाड्यो पुरानो सरकार ।।।

यसरी नयाँ बिहानीको भयो उपहार
गरिब र मजदुरको भयो सपना साकार
देशमा शान्तिको दियो बाल्यो एकै साथ
अनि फेरी भने सबैले लोकतन्त्र जिन्दाबाद ।।

यौनगुरु

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/07/29/fdhs/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.