मेरो परिचय
पहाडमा जन्मेर तर्राईमा हुर्कियो
दुःखमा साथ दियो न कहिल्यै तर्कियो
पूर्ब, पश्चिम, उत्तर, दक्षिण दौडिरहयो
जिन्दगीको सागरमा एक्लै पौडिरहयो ।
कोही भन्छन नाम के हो ? कहाँ हो घर
जहाँ टेक्छु त्यही भन्छु मेरो आफ्नै घर
मेरो आफ्नो भन्ने केही छैन कुनै चीज
त्यसैले त एक्लै छु, दुनियाँको बीच ।
छैन मेरो कुनै स्थायी नाम र ठेगाना
कसैले सोध्द हेर्नुपर्छ मलाई जोगना
चिनेकालाई भनिदिन्छु नाम मेरो नीर
लमजुङे हुँ बर्साई मेरो चितवनतिर ।
अन्जानीले सोधे बोल्दिन्छु म हाँसेर
थाहा नहोस् मुटुमा ब्यथा राख्छु साचेर
आज भेट्छु भोलि त हुन्न एकै ठाँउ
जहाँ गएपनि त पाउछु अनेक नाउ ।
बोली मेरो छैन कुनै प्रभाबशाली
हुने भन्दा नहुने बोल्छु म खाली
दुनियाँलाई देखाउछु हजार रुप बरु
दुःख सम्झे हुन्छ आफै जलेर मरु ।
त्यसैले त खाली छ मुखमा मेरो हर्ष
कहिले काही झरीदिन्छ आशुको बर्षा
तैपनि जिन्दगीमा बाटो देखेकोछु
धेरैपछि आज दुइ शब्द लेखेकोछु ।
नीर शब्द आँशु हो झरेर नसकिने
मोति भन्छन् कसैले किन्नै नसकिने
कही सागर बनेर रहेकोछ मूल्यहिन भइ
कही खोजीरहेछन् चाहिदा झर्ने नभइ ।
अर्को शब्दमा पानी हो बगेर जाने
सबैको जीवनमा यो सधै चाहिने
मित्र गरे सधैं हुन्छ सधै राम्रो हुने
शत्रु भए पहाडै थर्काएर लाने ।
तेस्रो शब्द शान्तिको रंग हो निलो
राख्नु हुन्न सधैं यसलाई ढिलो
नीरले सेतो कपडामा हर्राईदिन्छ दाग
भन्छु सबलाई अब सपनाबाट जाग ।
यही नै हो नीर सबैले चिन्नु पर्ने
कहीले आशु बनेर दुःखलाई साथ दिने
कहिले नीर बनेर सफाई गरि दिने
तिर्खाउदा सबैलाई प्यास बुझाई दिने ।
मेरो परिचयमा केही भयो कि कमी
सधै नजिकै हुन पाउन तिमी हामी
गल्ती भए माफ पाउ अन्जानीलाई
साउदीमा नफालौ अमूल्य जवानीलाई
यही छ परिचयको पहिलो उपहार
कही कतै नबिलाओस् मनका रहर
लामो छ जीवन छैन हजुर छोटो
चाहनु भए दिनु मलाई एक फोटो ।
नीर बहादुर तामाङ, सफानिया