मन्त्री ज्यु को भाषण
कुनै नेता पहिलो चोटि मन्त्री भएछन्, भोली पल्ट उनको पहिलो भाषण रहेछ, त्यसैले पि ए लाइ बोलाएर भनेछन्-”भोली मेरो पहिलो भाषण छ, त मेरो पछाडि बस्नु, अनि केही मिस्टेक भयो भने पछाडि बाट मेरो शर्ट बिस्तारै तान्नु, अनि म सच्च्याउला।” पि ए ले हवस् भनेछ।
भोलि पल्ट भाषण सूरु भयो, मन्त्री ज्यु भन्न थाले- “हाम्रो गाउ धेरै बिकाश गर्नु छ, म सत्ता मा छऊन्जेल् हाम्रो गाउ बिकाश हुनेछ, चाहे यसको लागि मलाइ १०लाख् खर्च गर्न किन नपरोस्? ” पि ए ले पछाडी बाट शर्ट तानेछ, अनि मन्त्री ज्यु ले सच्याएर भने” कहा १० लाख् मात्र म तपाइहरु को लागि २० लाख् पनि खर्च गर्न सक्छु,” फेरि पि ए ले पछाडि बाट शर्ट तान्यो, फेरि मन्त्री ज्यु भन्छन्- “त्यती मात्र काहा हो र? म तपाइ हरुको लागि ५० लाख् सम्म खर्छ गर्न सक्छु।” तर त्यती भन्दा पनि पि ए ले पछाडि बाट शर्ट तानेको देखेर रीस् ले चूर हुँदै मन्त्री ज्यु भन्नुहुन्छ- “ह्य्या, त्यो भन्दा बढी त म खर्च गर्न सक्दिन,बरु मेरो शर्ट नै च्यतियोस्!!!!!!!!!!!!