गजल एक टुक्रा
न दोष तिम्रो न मेरो थियो
माहोल नै पुरै अंधेरो थियो ।
जवाफ एउटै पाउन सकिन
सवाल लगनको फेरो थियो ।
के आँशु पिएर प्यास मेट्नु
न बालुवा बिच पंधेरो थियो ।
मैले आफ्नो मर्यादा तोडिन
निर्दयी समाजको घेरो थियो ।
को सुन्थ्यो, विनीतको पुकार
संसार नै सारा अटेरो थियो ।
विकाश