August 12, 2006

अनौठो मेरो देश

Filed under: Literature

-यौनगुरु

फेरी नयाँ लाश देखियो देशमा शान्तीको खोजिमा
एउटा छोरा बिदेशियो पैसा नहुदा उसको गोजीमा
देशमा सधैं छ सानो तिनो लर्डाई र मारा मारी
नेपाल आमाले काख रित्ताउने भयो यस्तै गरी

दुइ ढुङ्गा बीचको तरुल हो हामी नेपाली जनता
अरुको लर्डाई हुदा मर्छन बढी बिदेशी भन्दा
बिश्वको शान्ती देशबासी भयौ हामी बिचल्ली
शान्ती नहुदा घुमीरहेछन् परदेशको गल्ली गल्ली

अरुको देशमा आतंकले गर्दैन केही दुर्गति
अरु भन्दा हामी नेपाली किन मर्नु पर्‍यो अति
इराकमा मार्‍यो बाह्रा जना नेपाली कीरासरी
आ“खा अघि मृत्यु आउदा सहे तिनले कसरी

हेर्न सकिएन हामीले उनीहरुलाई मारेको
खाली हैन उनीहरुको पेट थियो गोलीले भरेको
न बोल्न सक्यो देश बासी न त सरकार
बिदेशमा बस्ने हामी पनि भयौ हहाकार

त्रास र डरमा बस्ने हाम्रो थियो अर्कै कथा
उनीहरुको परिवारमा कसले बुझ्ने ब्यथा
सरकारले गरेन रे उनीहरुको रति भर वास्ता
के बिश्वास दियौ नेताले सतामा बस्दा

तैपनि जनता लाचर छन सक्दैन सोच्न
कहिल्यै सकेन देशमा राम्रो नेता रोज्न
यही कथा भएकोछ सबको यादगार बनी
अझैपनि हुदैछ लेबनानमा अर्को युद्ध अनि

न सरकारमा कुनै प्रमाण छ तिनको बिबरण
कति भए होला बिचैमा उनीहरु अपहरण
देशले सक्दैन बचाउन भने गर्नु नै के छ र ?
लाग्छ अब देशबासीको मनमा छैन भर

हुन त शान्तीको नाममा दशै छ अशान्ती
दिनमा कतिको पलयान छ जनता छैन गन्ती
झुटो श्रमको तिनले कागज साथ लएर
जान्छन घरबार बेची सबै पैसा दिएर

देशमै बसेका जनताले गर्‍यो ठूलो क्रान्ती
अझै पनि पाएको छैन तिनले शान्ती
उन्नाइस दिनको लामो थियो बलिदान
नया“ शासन नल्याई भयो झगडा झन

यो देशको के होला यस्तो दर्भाग्य पनि
गर्‍यौ अन्दोलन नया“ शासन आउला भनी
तर छैन केही जनतार्लाई अझै फाइदा
जनतालाई झुक्याउने भएको छ काइदा

लाग्छ अब सरकार बनाउन सकेन यिनले
जनताको त्याग गयो भन्छ सबको मनले
बार्ता र टेबुलको मात्र भयो धेरै हल्ला
सकेन दिन निर्णय गर्छन बेकारको सल्लाह

शान्ती त ल्याउन खोज्छन् भरेर खल्ती
दिनु हुन्न दोहोर्‍याउन पुरानो सबै गल्ती
देशले पस्केकोछ घीउको लडडु थालमा
को खान्छन् कुन्नी दुइटा छन् लडेका हालमा

ज्यानै नधान्नेलाई दिन्छन् देश समाल्न
कसरी हुन्छ देशमा शान्तीले अब अंगाल्न
आफ्नै छैन शरिर थाम्न योग्य जसको अब
जुर्मुराउन थाल्छ देशको सत्ता पाउछ जब

कोही हल्ला गरे ढल्ने हुन्छ उनको डर
लाग्दैन बिचरा उनलाई बिपक्षको भर
त्यसैले त पछि लाग्दैछ टाउको उर्ठाई
नया“ बिहानी ल्यायो सबै जनता जुर्टाई

फेरी पनि खोज्दैन यी नेताहरु केही सोच्न
ब्यस्त छन सबै अरुलाई मात्र घोच्न
हेरौ हामी पनि आफ्नो समत्छ कि कट्टु
या खान सक्छन् देशले पस्काएको लड्डु

यस्तै छ यहा“को अनौठो चलन पनि
पैसा कमाउन फेछन अनेक भेष अनि
देशले अब खोज्दैछ केही नया“ चीज
पाउला र नया“ शासक पूरानो कै बीच

तैपनि हेर्नु छ हामीले सधैं जस्ता चाल
चाहिएकोछ यहा“ नौलो बिचार वाला
बा“चेर आफू अरुलाई सकुन बचाउन
उल्टो घुमेको देशको गति सकुन मचाउन

यही छ मेरो देशको निम्ती केही आश
बा“च्न पाउन मेरै देशमा हुनु जेल सास
नदेखोस् देशमा फेरी एउटा नौलो लाश
उदाउन नयाँ बिहानी सामन्ती जति मास ।।

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/12/d-2/trackback/

  1. Ramro Prayas……………………………………….

    Abiralyatri
    Saudi Arabia

    Comment by Abiralyatri — August 12, 2006 @ 3:58 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.